संग्रह
सुजरल्याण्ड बनाउनु पर्दैन सरकार,मलाई मेरो देश बनाइदेऊ!
Clock | नागरिक १ मिनेट पाठ
सुजरल्याण्ड बनाउनु पर्दैन सरकार,मलाई मेरो देश बनाइदेऊ!
यही देशमा बस्ने परिवेश बनाइदेऊ, पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।सुजरल्याण्ड बनाउनु पर्दैन सरकार? मलाई मेरो देश बनाइदेऊ।
Whatsapp
भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!
भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!
मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।
Whatsapp
चुम्बनको चोट हो,धोएर के गर्नु!
चुम्बनको चोट हो,धोएर के गर्नु!
अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।
Whatsapp
प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!
प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!
माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।
Whatsapp
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
Whatsapp
जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
Whatsapp
ढुंगालाई देउता भनी पुज्नु गल्ती थियो!
ढुंगालाई देउता भनी पुज्नु गल्ती थियो!
ढुङ्गालाई देउता भनी पुज्नु गल्ती थियो, तिमी एउटा संसारमा बुझ्नु गल्ती थियो। रोइरहेँ तिम्रा अघि, खुल्यो आँखा आज, तिमी भेट्न मन्दिरमा कुद्नु गल्ती थियो!
Whatsapp
पानी नहिंड्ने मात्रै,कागजमा खनिएको पनि कुलो हुन्छ
पानी नहिंड्ने मात्रै,कागजमा खनिएको पनि कुलो हुन्छ
तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ। विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त, विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।
Whatsapp
तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!
तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!
सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।
Whatsapp
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस