जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु
अलिकति केही त गर यसै त परिवार चल्दैन सानु,मौसम नबदलिए जीवन चल्दैन संसार चल्दैन सानु। तिम्रा केही अप्ठेरा बानी बदल्नु भन्ने आग्रह मात्र हो, मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु।
Loading...