बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
१६ माघ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!

१) मुक्तक

कतिन्जेल जिउनुपर्ने आदेश उसकै मानीमानी,

उसले दिएको पीडाग्निमा कति जल्नु जानीजानी!

घरको इज्जत धान्नुपर्ने हामीले चाहिं कहिलेसम्म,

ऊचाहिं छाडा साँढे जस्तो हिंड्छ खुशी छानीछानी!

२) मुक्तक

उस्तै नै छन् धर्ती आकाश उस्तै जूनतारा,

शरद यामको घाम मीठो उस्तै हराभरा।

शहर भने सन्नाटा छ सुनसान छन् सडकहरू,

फर्किएछन् दशैं बोकी गाउँलेहरू सारा।

३) मुक्तक

शहर हुन पहिले त गाउँ हुनैपर्छ,

पाखापखेराको ढुकढुकी छुनैपर्छ।

कत्ति न म शहरीया हुँ भन्नेहरू पनि,

गाउँको माया मझेरीमा सजाउनै पर्छ।

४) मुक्तक

श्रम शिल्पी हातहरू भेटिंदैनन् शहरमा,

राम्रो लाउन मिठो खान पाए हुन्छ रहरमा।

खोजी हिंड्दा जिन्दगीको अन्तिम सत्य कुनै बेला,

स्वेच्छाको मृत्यु पनि भेटिंदैन जहरमा।

५) मुक्तक

खेत हुन्न बारी हुन्न पाखुरामा दम हुनेलाई,

सोचे जस्तो जागिर हुन्न हातमा कलम हुनेलाई।

बिस्तारबिस्तार प्रविधिको प्रतिकूल असरले,

सक्नै लाग्यो शहरका अलिकति गम हुनेलाई।

६) मुक्तक

एउटा गरीब दुःखी हुँदा अर्को गरीब हेरिबस्छ,

के दिऊँ म यो दुःखीलाई भन्ने मनमा केरी बस्छ।

मानसिकता दरिद्री ती धनीमानी भनिनेहरू,

अह्राउँछ्न तुच्छ काम विचरा त्यो टेरिबस्छ।

७) मुक्तक

ठूल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्,

बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्।

कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल,

केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।

८) मुक्तक

मुर्खहरू लिस्नो बन्छन् निस्किजान्छ धूर्त माथि,  

मीठा चिल्ला कुरा गर्दै बन्छ सबैभन्दा जाती।

पराक्रम मैले मात्र गरें भन्दै कुर्लिन्छ त्यो,

एउटा समूह छ उसलाई लगाइदिने सधैं पाती।

९) मुक्तक

हरेक मानिसको भित्र सौर्न्दर्यको खानी हुन्छ,

आफ्नो मनको निष्कर्ष आफ्नै मनोमानी हुन्छ।

तर, मान्छे अहमताले नै धरातलमा पछारिन्छ,

अक्सर यस्ता गल्तीहरू प्रायः जानीजानी हुन्छ।

१०) मुक्तक

उम्रिंदैन ह्वात्त मान्छे टेकेको यो धराबाट,

न झर्ने हो यत्रै ठूलो आकाश वा पहराबाट।

भुल्न हुन्न कहिले आफू उभिएको धरातल,

टुप्पो जति झ्याँगिए पनि उम्रिने हो जराबाट।

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस