रमितेखोलो
२१ वैशाख २०८१
११ मिनेट पाठ
संग्रह
Email
ईमेल
रमितेखोलो

रमितेखोलो

साइँली बजू उमेरले साठी कटिन्। तर, बुढेसकालले छोएजस्तो देखिंदैन उनलाई। हातमा चाँदीका बाला, गलामा प्वाँलाको माला, नाकमा डाइभरे फुली, कानमा तुर्लुङ्ग झुण्डिएका सुनका अन्ती, कम्मरमा पटुकी। छोटोछोटो गुन्यु लाउने पहेंलो वर्णकी साइँली बजू हट्टाकट्टा देखिन्छिन्। अरूलाई जतिखेरै हँसाउने, गफ गरिरहने बानी छ उनको।

एकदिन बिर्खे र भैरे हातमा ग्याँटिस बोकेर चरालाई ताक्दैताक्दै हिंडिरहेका थिए। रमितेखोलामा पुगेपछि उनीहरूले साइँली बजूलाई देखे। साइँली बजू खोलाका ठूला ढुङ्गामा मुङ्ग्राले लुगा पिटिरहेकी थिइन्। खोलाछेउमा एउटा डोको थियो। खँड्कुलो थियो। खँड्कुलोमा खरानीमा पकाएका लुगा। बजू खँड्कुलाबाट तिनै लुगा झिक्दै काठको मुङ्ग्राले ड्यामड्याम लुगा पिटिरहेकी। नजिकै तीनवटा ढुङ्गाको चुलो। केही भाँडाकुँडाहरू। अँगेनोमा धुवाँ पुत्ताइरहेको। एउटी सानी नातिनी बजूले कुटेका लुगा पर्तिर लाँदै बुटाहुँदि सुकाउँदै गरेकी।

“बजू! भात यतै खानुभको?” बिर्खेले सोध्यो।

“हो त, बुहारी बिहानै मेला गई। छोरो वस्तुभाउ चराउन गो। लुगा नधोको दुई-तीन महिना भाको थ्यो। निकै मैला भए। जुम्रा पनि पर्न थाले। त्यसैले यसो सघाउपघाउ गर्छे भनेर नातिनी लिएर आकी। घरमा भात खार त यत्रा लुगा धुन कसरी भ्याउनू? सबैले यसै त गर्छन् नि! पहिला खँड्कुलामा खरानी पानी हालेर लुगा भकभक पारो। अनि त्यही चुलोमा भात पकायो। खायो। वनभात पनि हुने। कति घरमा मात्तै खानू?”

“अनि तिमेरू हातमा ग्याँटिस बोकेर कता बरालिंदै हिंडेका? बाउआमाले मार्लान् नि तिमर्लाई।”

“चरा मार्न हिंडेका बजू!”

“चरा मार्नु हुँदैन। पाप लाग्छ।” बजूले भैरेको हातको ग्याँटिस खोस्न खोजिन्।

“मार्दौन बजू! मार्दौन। बरु, एउटा कथा सुनाउनू न त!”

“तै काम छ मेरो। तिमर्को पो काम छैन र। तेरिमा फन्टुस मरा हो।” बजूले भर्खरै पिटेको सिरकको खोल दुइटा घुँडाका माझमा च्यापेर निचोरिन्।

“हामी लुगा धुन सघाइदिन्छौं नि बजू!”

“लु आओ त! म गलें। यी लुगा पिट्देओ।”

केटाहरू खुसी भए। भैरेले लुगा पिट्न र बिर्खेले लुगा निचोरेर सुकाउन सघायो।

“यत्रो सघायौ नानी हो। खानेकुरा पनि केही छैन। चामल र नुन अलिकति रको छ। पकाइदिऊँ त?” बजूले केटाहरूप्रति माया दर्शाइन्।

“पर्दैन बजू! भर्खर भात खार आका। बरु, कथा नै सुनाउनू।”

“अबदेखि चरा मार्दौंन भनेर कान समात। अनि मात्तै सुनाउँछु।”

“मार्दौन बजू!” दुइटैले कान समाते।

खोलो कुलकुल बगिरहेको। अग्लाअग्ला उत्तिसका रूखमा घाम लुकामारी गरिरहेका। वल्लो रूख-पल्लो रूख चहार्दै केही थान चराहरू चिर्बिराइरहेका।

“के सुनाऊँ त। लु यै खोलाको कथा सुन।” साँइली बजूले ढुङ्गामाथि पलेंटी कसिन्।

“माथि देवीथानमुनि यो खोलाको शीर छ। उहिल्यै देउताका पालामा स्वर्गका अप्सराहरू यो खोलामा नुहाउन झरेछन्। अनि लुगा किनारमा राखेर सप्पै जना नाङ्गै नुहाउन खोलामा पसेछन्। त्यै बेला एकजना गोठालो रूखमा चढेछ र नुहाइरहेका अप्सराहरूको नाङ्गो ज्यान निकै रमित मानेर हेरेछ। अप्सराहरूको लाज मान्ने ठाउँ लट्ठ परेर हेर्दा हेर्दै अचानक रूखको हाँगो भाँच्चिएर भुईंमा लडेछ र ठहरै भएछ। त्यै बेलादेखि रमितेखोलाको नामले यो खोलो चिनिएको अरे।

यै खोलाको अलि तल एउटा गहिरो दह छ। सिमखर्कनेरि। तिमर्ले देखेकै हौला। तेसलाई ‘इन्द्रेनी दह’ भन्छन्। सिमखर्कमा वस्तुबाख्रा चराउनेहरू, घाँस काट्न आउनेहरू गर्मीको बेला त्यो दहमा पौडी खेल्छन्। दह कालो-नीलो र गहिरो छ। त्यहाँ केटा र केटी बराबरी पौडी खेल्छन्। कोही माथि ढुङ्गामा बसेर रमित हेर्छन्। पहिलापहिला केटा र केटी सँगै पौडी खेल्दा केटाहरूले केटीको गोप्पे ठाउँ छोइदिएर हैरान पारेपछि झगडा परेर केटा र केटी आलोपालो गरी पौडी खेल्ने न्याम बसाका छन् त्याँ।

एक बाँसै गोइरो छ होला त्यो दह। पौडी खेल्न निकै जान्नेहरू खोलामाथिको अग्लो ढुङ्गाबाट झ्वाम्मै हाम फाल्छन् र भुईको ढुङ्गो टिपेर ल्याउँछन्। त्याँ दहको फेदमा अँध्यारो कुनातिर देउता छन् अरे। घामपानी परेको बेला तींबाट इन्द्रेनी उठ्ने हुँदा ‘इन्द्रेनी दह’ भन्छन् तेसलाई। देउता रिसाए भने पौडी खेल्ने ठहरै हुन्छन्, बाहिर निस्कन नपाई भित्रै हराउँछन्। त्यै भएर पौडी खेल्नुअघि इन्द्रेनी देउतालाई ढोगेर, पुकारा गरेर मात्र दहमा हाम फाल्नुपर्छ पौडी खेल्नेहरूले।

म पनि उमेरमा साथीहरूसँग घाँस काट्न, बाख्रा चराउन जाँदा त्यो दहमा धेरैचोटि पौडी खेलेकी छु। एक चोटि त झण्डै डुबेकी। कसोकसो इन्द्रेनी देउतालाई सम्झिन भ्याइहालें र फेदबाट माथि आएर बाँचे। नभा मरेकी। सम्झिँदा अहिले पनि आङ्ग जिरिङ्ग हुन्छ।”

गोठाला

दिउँसोपख राँके पाखामा बाख्रा चरिरहेका। घाम चर्का लागे पनि हल्काहल्का बतासको लयसँगै सल्लाका अग्ला रूख र भुईंका ससाना बुटा-पोथ्राहरू नजानिंदो ढङ्गले नृत्यमग्न भएर हल्ल्रिहेका।

बाख्रा–पाठा एकाातिर ढुक्कसँग छोडिदिएर केटाकेटीहरू अलि पर्तिर मस्तले खेल्दै थिए। एकछिन सँगै खेलेपछि उनीहरू फेरि तितरवितर भए। रिट्ठे पुँडेखोला छेउको ठूलो ढुङ्गामाथि बसेर मुरली बजाउन थाल्यो। मालती अलि तल्तिर पात्लेको बुटामुनि खोपी बनाएर ढुङ्गाका देउता राख्न थाली। दर्शने र बिर्खे पर्तिर सम्म परेको चौरमा डण्डीबियो खेल्न थाले।

मालतीले निकैबेर लगाएर देउता थापी। केके जातीका फूल टिपेर चढाई। पूजा गरी। माटाको प्रसाद बनाएर सबैलाई आफ्ना छेउमा डाकी। देउतालाई ढोग्न लगाई। सबैले देउता ढोग। अनि मालतीले दिएको माटाको प्रसाद सबैले खाएजस्तो गरे।

रिट्ठे एकछिन पछि त्यही ढुङ्गामा गएर मुरली बजाउन थाल्यो।  

रिठ्ठे सानो छँदै बाउ मरे। बाउलाई पनि मुरली बजाउने ठूलो सोख थियो। बाउले बनाएको एउटा मुरली आमाले लुकाएर घरको छानामा सिउरिएको रहेछ। ऊ घाँसदाउरा, गोठाला जाँदा त्यही मुरली बोकेर हिंड्छ। सायद त्यो मुरलीमा उसले आफ्नै बाउको छायाँ भेट्छ। माया भेट्छ। सुरुमा जथाभावी फुक्दा फुक्दै अहिले भने मीठो धुन निकालेर बजाउन थालेको छ उसले।

मालती र रिट्ठे खुबै मिल्छन्। रिट्ठेको मुरलीको धुनले खुबै लट्ठिन्छे मालती। घर अलि वर्तिर-पर्तिर भए पनि बाख्रा चराउन जाँदा प्रायः ऊ रिट्ठेसँगै हुन्छे। घरिघरि अरूसँग खेले पनि प्रायः उसैको छेउनिर बसेर मुरलीको धुन सुन्छे। कहिलेकाहीं उसको हातबाट खोसेर आफैं पनि बजाउने प्रयास गर्छे।

निकैबेर डण्डीबियो खेलिसकेपछि बिर्खे परको चिलाउनेको रूखमा चढेर गीत गाउन थाल्यो। दर्शने भने त्यही चिलाउनेको फेदमा छेस्काले क-ख लेख्दै बस्यो।

दर्शने, बिर्खे, रिट्ठे, नन्दे, इन्द्रे, भैरे र मालती यी एकै गाउँका दामले हुन्। कोही महिना दिन, कोही वर्ष दिन र बढी भए दुई वर्षभन्दा फरक यी कोही पनि छैनन्।

आज राँकेपाखामा बाख्रा चराउने दर्शने, बिर्खे, रिट्ठे र मालती मात्र भएछन्।  

“ए बिर्खे! आज नन्दे र भैरेहरूले बाख्रा कता लगेछन्? ल्याएनन् त यता?” दर्शनेले भन्यो।

“सिमखर्कतिर लगे होला। लैजाऊन् मुलाहरू।” बिर्खे चिलाउनेको हाँगामा सैसैला खेल्न लाग्यो।

अस्ति भर्खर यही राँकेपाखामा बिर्खे र भैरेको लाप्पा पर्‍यो। बाउको नाम काढाकाढ गरे दुवैले। बिर्खेले दुई लात्ती हानेपछि अलि तल पुगेर भैरेले बिर्खेलाई ‘ला यो खा!’ भनेर देखाइदियो। मालतीले हाँसो थाम्न नसकेर खितिति गरी।

तीन-चार दिन भयो, त्यसपछि भैरेले राँकेपाखातिर बाख्रा ल्याएको छैन। नन्दे र इन्द्रेले पनि त्यतै लगे होलान्।

त्यसो त बेलाबेला यी केटाकेटीहरू यसै गर्छन्। कैले सानो-सानो निहुँमा झगडा गर्छन्। कोही एकतिर लाग्छन्। कोही अर्कातिर। अनि केही दिनमा आफैं मिल्छन्।

राँकेपाखामा एक्लै-दोक्लै बाख्रावस्तु चराउन केटाकेटीहरू डराउँछन्।

साँझ टरेर रात निष्पट्ट हुन थालेपछि यो पाखामा राँकेभूत खेल्न थाल्छन्। पहिला एउटा राँको बालेर निस्किन्छ। त्यसपछि अर्को। अनि त्यसपछि अर्को।

यसैगरी पाँच, दश, पन्द्र, बीसौंको सङ्ख्यामा यी फुत्तफुत्त देखा पर्न थाल्छन्। एउटाले अर्कोलाई झललल बलेको राँको दिएजस्तो लाग्छ। अनि सबै मिलेर नाचेजस्तो, दौडेजस्तो। यी एकछिन झ्याप्प निभ्छन्। फेरि बल्छन्। घरि नाच्दै, घरि दौडँदै, घरि बल्दै र घरि निभ्दै अनेक थरिका भाव भङ्गिमा देखाउने यी नाट्य शिल्पीहरू रातको निकै बेरसम्म यसैगरी खेलिरहन्छन्। एकान्त निर्जनस्थलमा जादु देखाइरहन्छन्। यिनलाई टाढाबाट मात्र देख्न सकिन्छ। नजिक गयो भने हराउँछन्। उहिल्यैदेखि राँकेभूतहरू खेल्ने गरेका हुनाले यो पाखाको नाम नै ‘राँकेपाखो’ रहन गएको हो भनी बुढापाकाहरू बताउँछन्।

खेल्दाखेल्दै घाम पारि जुरेथुम्का माथि पुगेकाले केटाकेटीहरू आत्तिंदै बाख्रा-पाठा बटुल्नतिर लागे।

यी एकै दामले केटाकेटीहरू अझै स्कूल जान थालेका छैनन्। स्कूल गाउँभन्दा टाढा छ। रमितेखोलो तरेर निकै उकालो हिंडेपछि मात्र स्कूल आउँछ। बर्खाहुँदि कहिलेकाहीं यो खोलो बौलाएर आउने हुँदा केटाकेटी सम्झेर घरकालाई डरको मारे हुन्छ। त्यसैले सात-आठ वर्ष नपुगी केटाकेटी स्कूल पठाउँदैनन्। कोहीकोही त स्कूलै जाँदैनन्। घरमा भाइ-बैनी र वनपाखातिर बाख्रा चराउँदा चराउँदै उनीहरूको बाला जोवान बित्छ।

दर्शनेका बाले अलिअलि अक्षर चिनेका। स्वस्थानी पढ्ने। कृष्णचरित्र, देवीभागवत, रामायण र गुणरत्न मालाका सिलोकहरू भन्ने। गाउँमा पर्देश गएकाहरूका लागि चिठी लेखिदिने र पर्देशीहरूले पठाएका चिठी पढिदिने हुँदा गाउँलेहरूले उनलाई ‘बैदार कान्छा’ भन्ने गर्थे। दर्शनेलाई उनले घरैमा धुलौटे पाटीमा बाह्रखरी सिकाए। अब भने सात पुगेर ठ्याक्कै आठ लागेपछि उनले दर्शनेलाई स्कूल हुलिदिए। दर्शनको अगाडि ‘सु’ थपेर सुदर्शन नाम राखिदिए।

तर, सँगै खेले-हुर्केका साथीहरू उसलाई दर्शने नै भनेर बोलाउँथे।

दर्शने स्कूल जान थालेपछि बिर्खे र नन्दे पनि त्यही साल स्कूलमा भर्ना भए।

मालतीले पनि स्कूल जान निकै कर गरी। अहिले परेको छैन भनेर बाउआमाले पठाएनन्।

रिट्ठेलाई पनि पढ्न जान मन थियो। तर, आमालाई सहयोग गर्ने कोही नहुँदा उसले स्कूल जान्छु भन्नै सकेन।

स्कूल जाने त गइहाले। नजाने केटाकेटीहरूको दिनचर्या भने उही। बिहान बेलुका घरमा भाइबैनी हेर्ने। दिउँसो बाख्रा चराउने।

जेठको महिना। राँकेपाखामा वस्तु-बाख्रा चरिरहेका। भैरे, इन्द्रे र मालती पाखाहुँदि त्यतै खेलिरहेका। रिट्ठे पुँडेखोलाछेउको त्यही ढुङ्गामाथि बसेर बाँसुरी फुकिरहेको। त्यस दिन काइँलाउ पनि वस्तु-बाख्रा चराउन त्यतै आएका। मास्तिर ठुटे सल्लाका फेदमा बसेर गीत गुन्गुनाउँदै गरेका।

काइँलाउ बहुतै रसिला मान्छे। आकाशपात्ताल जोडेर कुरा गर्न जान्ने। कुराहरूमा फूलबुट्टा भरेर रमाइलो बनाउने। घरमा जतिसुकै अभाव र गरिबी भए पनि जहिल्यै हँसिला र भरिला। दुःखको सानो छेस्को पनि अनुहारमा नदेखिने।

काइँलाउलाई देखेर केटाकेटी खुसी भए।

तिनीहरू त्यतै खेलिरहेका बेला काइँलाउले भैरेलाई बोलाए,“ए भैरे यता आइज त!” भैरे कुद्दै आयो।

“किन काइँलाउ?”

“मेरा पाठा ऊ पर पुगे। अहिले स्यालले खान्छ। जा फर्काइदे। तँलाई अहिले म कोकलेका बच्चा देखाइदिन्छु।”

कोकलेका बच्चा देख्न पाइने भो भनेर भैरे पनि कट्टु तान्दै पाठा फर्काउन गयो। पाठा फर्काएर अरूका हुलमा मिसाइदिएपछि काइँलाउ नजिकै आयो र भन्यो, ‘लु, काइँलाउ बच्चा देखाउनू!’

‘जा अरू एक दुई जना केटाहरूलाई पनि लिएर आइज।’ काइँलाउले भने। भैरेले रिट्ठे, बिर्खे र इन्द्रेलाई पनि बोलाएर ल्यायो।

काइँलाउ प्रायः दौरा र लगौंटी लाउँथे। उनले केटाहरूतिर हेरेर भने– ‘कोकलेका बच्चा हेर्छौ होइन केटा हो?’

केटाहरू हेर्न हतारिए।

काइँलाउले पहिला यताउति हेरे। अनि, कन्दनीतिर हात लगे।

केटाहरूले कुरो बुझे। त्यसपछि हाँसेर पाखै थर्काए। एकछिनमा के भएछ भनेर मालती पनि परबाट कुद्दै आई। मालती आको देखेपछि काइँलाउले हतारहतार कन्दनीमा लगौंटी अड्काए।

राँकेपाखोनेरी एउटा सानो खोलो छ। खोलो त्यति फराकिलो छैन। तर, केही गहिरो छ। छेउछाउमा कतै–कतै पात्ले र अँगेरीका बुटाहरू छन्। केही चिलाउनेका बोटहरू छन्। खोलामा पानीको थोपो छैन। कमिलाहरू हिंड्छन्। पुँडेखोलाको नामले चिनिएको त्यो खोलो ठूलो पानी परेको बेला मात्रै बौलाएर बग्छ।

दिउँसो निकै चर्का घाम लागेका थिए। अचानक दिन धमिलियो। आकाशमा गड्याङगुडुङ चल्यो। एकैछिनमा हुरी-बतास र असिना पानी पर्न थाल्यो। केटाकेटीहरू सबै काइँलाउको छेउमा त्यही ठुटे सल्लोमुनि थुप्रिए। पानीले भिजेर सबै मुसा। गाईबाछाहरू ‘बाँबा र बुँबु’ गर्न थाले। बाख्रा-पाठा पनि त्यतै कुनातिर लेपासिए।

नभन्दै पुँडेखोलामा बाढी आयो। सबै डराए।  

धन्न, त्यस दिन ठूला मान्छे काइँलाउले आफ्ना वस्तुबाख्रा त्यतै ल्याएका रहेछन् र केटाकेटीलाई निकै भरोसा भयो। नत्र, डरले आत्तिन्थे।

एकछिनमा पानी रहँदै गयो। पुँडेखोलो पनि घट्दै गयो।  

“केटाकेटी हो, अरू बेला पानीको थोपै नहुने यो पुँडेखोलो कसरी बौलायो देखेऊ? आज म नभएको भए तिमीहरूलाई पुँडेले खान्थ्यो। मैले पुँडे देउताको पर्थाना गरेर मात्रै कसैलाई केही भएन।” काइँलाउले भने।

केटाकेटी झन् डराए।

केटाकेटी डराएपछि काइँलाउ झन् हौसिए र भन्न थाले,“हेर, यो पुँडेखोलो डरमर्दो छ। उहिल्यै देउताका पालामा ऊ माथिको डाँडामा एउटा पुँडे गोरु चर्थो अरे। एक बेला पानी नपरेर गाउँमा ठूलो खडेरी परेपछि गाउँलेहरूले भगवानको दिनहुँ पुकारा गरेछन् र पुँडे गोरुले त्यही डाँडाबाट पिसाब फेरेर खोलो बगाइदिएछ। यही खोलाको पानीले गाउँलेहरूले खेती गरेछन्। त्यो खोलो यही हो। नभा, यहाँ पहिला खोलो थिएन। त्यही गोरुको पिसापबाट खोलो बगेको हुँदा यो खोलाको नाम ‘पुँडेखोलो’ भको अरे।”

“हाम्रा गोरुले खोलो बगाउँदैनन् त! मुतेको पनि एकैछिनमा सुकेर जान्छ। अनि अरू बेला याँ पानी किन नबगेको त काइँलाउ!” मालतीले सोधी।

“उहिले सत्ते जुग थियो। देउताका पालामा जे पनि हुन्थो। ऊ बेला गाईवस्तु पनि देउताजस्तै थिए। फेरि गोरु त महादेउका बाहान हुन्। पहिला-पहिला गाउँका मान्छेहरू ऊ त्यो डाँडामा निस्केर बर्खको एकचोटि पुँडे देउताको पूजा गर्थे अरे। पछि पूजा गर्न छोडेपछि खोलो पनि सुकेछ। उही बर्खा मासमा पानी परेपछि एकछिन यसैगरी गडगडाउने मात्तै हो। नभा, अरू बेला कमिला हिंड्छन्। अहिले पनि कोहीकोही भन्छन्-रातिहुँदि यो खोलामा पुँडे गोरु करायो भने त्यो बर्ख गाउँमा खडेरी पर्दैन अरे। सहकाल लाग्छ अरे।”

“लु अब हिंड नानी हो। पानी पनि रह्यो। खोलो पनि स्याप्पै भयो।”

पानीले निथ्रुक्क भिजेका भए पनि काइँलाउका कथाले मक्ख परेका केटाकेटीहरू बाख्रापाठा बटुलेर बाटो लागे।

“लौ न! हुरी बतास र पानीले केटाकेटीलाई के गरो!” घरका मान्छेहरू निकै आत्तिएर उनीहरूलाई खोज्दै यतै आइरहेका थिए।

(उपन्यासकार टङ्क भट्टराईकाे ठाँटीकाे घामबाट।)

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित्
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
खट्को १५ वैशाख २०८१ १३ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस