घर,जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ!
१८ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
घर,जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ!

१) मुक्तक

छैन कतै सन्तुष्टिका मिठास फगत तिक्त छन् मान्छेका मनहरू,

जता हेर्‍यो उतै देख्छु दिक्दारीले विक्षिप्त छन् मान्छेका मनहरू।

वर्तमान यो परिवेशमा कसरी मान्छे भित्रको मान्छे जोगाउने हो,

जब कि ह्वारह्वाार्ती बले को अग्निझैं उद्दीप्त छन् मान्छेका मनहरू।

२) मुक्तक

कसैले नपत्याइकाहरू पनि उत्कृष्ट हुन सक्छन्,

कसैले ठानेका उद्दण्डहरू पनि शिष्ट हुन सक्छन्।

केही पाना पल्टाउँदैमा सबै बुझेको ठान्नु हुँदैन,

कुनै पुस्तकका केही अनुच्छेद क्लिष्ट हुन सक्छन्।

३) मुक्तक

सुखपूर्वक बाँच्ने कलामा माहिर हुनै पर्छ,

बस्नलाई एउटा घरबार आखिर हुनै पर्छ।

सिद्धान्त र विचारले पेट भरिंदैन महोदय,

दुई छाक हातमुख जोड्न जागिर हुनै पर्छ।

४) मुक्तक

सँगै पढ्ने एउटा साथी पुलिसमा हवल्दार भएको छ,

अर्को साथी मलेसियामा साहुको कामदार भएको छ।

अर्को ढुंगा हान्दै, रेलिङ भाँच्दै नेताको पुच्छर भएर,

कमिसन उठाउने चोरहरूको सरदार भएको छ।

५) मुक्तक

सत्ताभित्र जनता होइन गुण्डा फटाहा भरपूर भए,

लुटको धनमा भाग नपाई कोही रिसले चुरमुर भए।

हिजो जसलाई काखी च्यापी मनपेट दिएका थियौ,

आज तिमीलाई सखाप पार्ने तिनै भष्मासुर भए।

६) मुक्तक

घर, जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ,

जस्तोसुकै दुष्कर्म गरे पनि झोलेबाट जयगान हुन्छ।

भ्रष्टाचारमा चुर्लुम्म डुबी देशलाई टाट पल्टाए पनि,

हनुमानहरूको लागि अझै आफ्नो नेता महान् हुन्छ।

७) मुक्तक

बाघले गर्ने सिकारमा स्यालको पनि भाग हुन्छ,

गिद्ध बदनाम भए पनि सिनु चोर्ने काग हुन्छ।

स्याल, गिद्ध, काग बीचमा भागबण्डा नमिलेमा,

पोल खोलाखोल अनि देशभक्तिको राग हुन्छ।

८) मुक्तक

यौटा जँड्याहाले सोध्यो प्रश्नको जवाफ नभए के हुन्थ्यो,

गुलाबसँग काँडा र काँडासँग गुलाब नभए के हुन्थ्यो?

जँड्याहाको उत्तरमा अर्को जँड्याहाले गम्भीर हुँदै भन्यो,

सराबसँग कवाफ र कवाफसँग सराब नभए के हुन्थ्यो।

९) मुक्तक

बाँचेपछि रमाउनु जिन्दगी त्यही त हो,

आफू हाँस्नु, हँसाउनु जिन्दगी त्यही त हो।

जिन्दगीको परिभाषा त्यति जटिल छैन,

आआफैं गुन्गुनाउनु जिन्दगी त्यही त हो।

१०) मुक्तक

धेरै देख्छु अनुहारका राम्राराम्रा मान्छेहरू,

भित्र भने काला अनि निकै चाम्रा मान्छेहरू।

मीठो बोली भए के भो ठिक पालो आएको बेला,

तिनै राम्रा मान्छे छान्छन् सिर्फ हाम्रा मान्छेहरू।

(मुक्तककार श्रेष्ठ प्रिया पत्थरका  मुक्तकसंग्रह अग्नि उद्दीप्तमा सङ्गृहीत।)

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
खट्को १५ वैशाख २०८१ १३ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस