स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् एक मुठी घामसँगै साहित्यिक बजारमा उदाएका छन्। साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित सरित् साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सक्रिय छन्। उनै स्रष्टा सरितकाे समग्रमा पन्ध्रौं र विधागत हिसावले लघुकथाको भने पहिलो कृति ‘एक मुठी घाम’ हालै प्रकाशित भएको छ।
डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्र्स (सियाटल, अमेरिका) द्वारा प्रकाशित यस लघुकथासङ्ग्रहमा सरितका ४१ लघुकथा सङ्ग्रहीत छन्। सङ्ग्रहका अधिकांश लघुकथा समसामयिक राजनीतिक परिवेशमा लेखिएका छन्। राजनैतिक परिवर्तन, जनताका अपेक्षा, महँगी, भ्रष्टाचार, बेथितिमाथि नै अधिकांश लघुकथा केन्द्रित छन् भने देशमा विद्यमान भ्रष्ट राजनीति र भ्रष्ट नेताहरूको पनि उछितो काढिएको छ। त्यसबाहेक जनतामा देखिएको चरम निराशा र जनताले नयाँपनको अपेक्षा गरेका कथाहरू पनि छन्।
विशेषतः सरितका लघुकथाले २०४६ सालको परिवर्तनदेखि गणतन्त्रसम्मको समयावधिलाई बोलेको छ जहाँ नेपालको सन्दर्भमा विचार, आस्था, परिवर्तन, चाहना र परिणतिका विविध तस्वीर देख्न सकिन्छ।
आख्यानकारको परिचयमा स्थापित सरितकाे यस कृतिमा प्राडा गोपीन्द्र पौडेल र कथाकार नारायण तिवारीको भूमिका छ। लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा प्राडा पौडेलको गहन भूमिका छ भने नेपाली साहित्यमा लघुकथाको विकासक्रमबारे कथाकार तिवारीको भूमिकामा उल्लेख छ।
सरल भाषा, आकर्षक शैली र समसामयिक विषयवस्तुको छनौट गरेर लेखिएका कथाकार सरितका एकचालीस लघुकथाको सङ्ग्रह ’एक मुठी घाम’ लाई पाठकहरूले निकै रुचाउने लेखकीय विश्वास रहेकाे छ।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्।
भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।
त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।
यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।
उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।
वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।
शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।
लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।