१) मुक्तक
हान्नै नपर्नेलाई तिमीले खुबै हानेका छौ,
मान्नै नपर्नेलाई पनि देखें खुबै मानेका छौ।
हुने/नहुने सबै काम गरेर साथी तिमी,
आफ्नो लागि मात्रै बाँच्न खुबै जानेका छौ।
२) मुक्तक
देखे पनि नदेखेझैं गर्छौ किन?
छिनछिनमै डेरा सर्छौ किन?
आफ्नो स्वार्थ पूरा गर्नलाई,
मान्छेको नजरबाट झर्छौ किन?
३) मुक्तक
आफ्ना मान्छे पर सार्छौ,
परका मान्छे नजिक पार्छौ
अवश्य आउनेछ त्यो दिन,
आफ्ना सम्झेर आँसु झार्छौ।
४) मुक्तक
बोलाउँदा पाइला अन्तै मोड्यौ,
पैसा फल्ने खेत मात्रै गोड्यौ।
बल्ल बुझ्दैछु तिम्रो चालामाला ,
जहिले पनि प्रयोग गर्दै छोड्यौ।
५) मुक्तक
प्रेम एकोहोरो होइन दोहोरो हुनुपर्छ,
एकोहोरो मात्र मायाले धेरै रूनुपर्छ।
सम्बन्धलाई फूलजस्तै फुलाउन त,
एकको आत्माले अर्कोलाई छुनुपर्छ।
६) मुक्तक
जहाँ म जान चाहन्न थें त्यहाँ तिमीले लग्यौ,
कहिले सुल्टो नदी बन्यौ कहिले उल्टो बग्यौ।
भरोसामा परें म थाहा थिएन चाल तिम्रो,
विश्वासघात गरी मलाई ठग्नसम्म ठग्यौ।
७) मुक्तक
मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,
मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ।
भित्रभित्रै कैची चलाई बस्छन् मान्छे किन,
मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।
८) मुक्तक
आफू चौटा खान सदैव कनिका छर्नेहरू,
सानो स्वार्थ पूरा गर्न नि पवित्र मन हर्नेहरू।
अवश्य नाङ्गिने छन् समाजमा एक दिन,
अरूलाई दुख दिएर अफ्नो सौख पूरा गर्नेहरू।
९) मुक्तक
भएसम्म हाँस्दै मेरै खल्ती लुट्यौ,
भएनभएको कुराले दिमाग भुट्यौ।
आज जब म रित्तो भएँ, केही भएन,
तिमीले नै वचनको लठ्ठीले कुट्यौ।
१) मुक्तक
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,
मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।
सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,
सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ।
२) मुक्तक
जून चुपचाप छ, ताराहरू चुपचाप छ्न्,
बग्दो जुलुस छ, नाराहरू चुपचाप छन्।
अनन्त अविरल बगिरहेको छ जीवननदी,
उदास उदास किनाराहरू चुपचाप छ्न्।
३) मुक्तक
तुलसी थिएँ उपेक्षित झार बनायौ,
सत्तालाई स्वार्थको आधार बनायौ।
निरन्तर अस्तित्वको खोजीमा थिएँ,
हरेक उत्साहलाई निस्सार बनायौ।
४) मुक्तक
मीठो बोल्दै आउँछन् र एकछिन रोक्किएर जान्छन्,
स्वार्थ पूरा नभएपछि बिनाकारण झोक्किएर जान्छन्।
यस्तै हो कलियुगको जमानामा चित्त बुझाउनुपर्छ,
पुतलीहरू आउछन् र बत्तिमा ठोक्किएर जान्छन्।
५) मुक्तक
जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ,
त्यहाँ आँसुले रुझेको एउटा, फूल हुन सक्छ।
जब धमिलिन्छ, सम्बन्धको शान्त र सङ्लो नदी,
त्यहाँ विश्वास भत्किएको पुल हुनसक्छ।
६) मुक्तक
भोकाहरू भोकै छन्,अघाएकालाई कोच्नुपर्छ,
कुम्भकर्णलाई ब्युँझाउन, पटकपटक घोच्नुपर्छ।
आकाङ्क्षाको खोला तर्न कहाँ हुन्छ भने जस्तो,
जिन्दगी हो बाँच्न यहाँ, धेरै कुरा सोच्नुपर्छ।
७) मुक्तक
कहिले चिसो चुल्होमा हुन्छु, कहिले चुहिने छानामा हुन्छु,
कहिले पानीले अक्षर मेटिएको, अनाम ठेगानामा हुन्छु।
ओठमा क्षणिक मुस्कान देख्दैमा खुसी छु भन्ने नठान्नू,
अचेल म हरेक पुस्तकका आँसुले रुझेका पानामा हुन्छु।
८) मुक्तक
विश्वास बोकेको मुटुमा चोटहरू फल्न थालेपछि,
संयमित बस्तीमा भोकको आगो बल्न थालेपछि।
थाहा पाउनेछौ विस्फोटित मनहरूको मौन विद्रोह,
मुर्दाघाटमा अनायास मसानहरू चल्न थालेपछि।
९) मुक्तक
पूजा गर्न पनि यहाँ, विचरा भगवान् किन्न पर्छ,
अनैतिकताको पसलमा स्वाभिमान किन्न पर्छ।
अचेल साँच्चै नै जमाना बदलिएछ कि क्या हो,
निर्लज्ज यहाँ, पुरस्कार र सम्मान किन्न पर्छ।
१०) मुक्तक
विश्वासको भित्तो भत्किएपछि, टाल्न सकिन्न,
कठोर ढुङ्गा भएपछि मुटु ,पगाल्न सकिन्न।
बाँसका जरा हुँदा रहेछन् कुनैकुनै सम्बन्धहरू,
कमलो झारजस्तो फुत्त उखेलेर फाल्न सकिन्न।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।