१) मुक्तक
अक्सिजन खोज्दा कार्वन प्रवाह गर्छ, वन वेकार भो,
तिम्रै लागि कमाएको दान दिन पाइन, धन बेकार भो।
आशा बोकेर गएको तन निराश हात लाग्दा के होला?
तिम्रो सदनमा तिमी नभेटिंदा मेरो आगमन बेकार भो।
२) मुक्तक
माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो,
सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो।
माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ,
प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।
३) मुक्तक
कहिले तिमीसँग भेटहरूमा नबोलेर चित्त दुखाएँ,
बोलेको दिन पनि भित्री मन नखोलेर चित्त दुखाएँ।
तिमी बुझ्दिनौ र त यस्तैयस्तै ठान्दी हौ कारणहरू,
बुझ न प्रिय, यो छाती भत्भती पोलेर चित्त दुखाएँ।
४) मुक्तक
फूल फक्रनै छाडे, बगैंचा उजाड छ,
कोपिला नै भागे, बगैंचा उजाड छ।
आँसुको कुलोमा बग्दैछन् मालीहरू,
फुलेका फूलै माडे बगैंचा उजाड छ।
५) मुक्तक
बहुजन हित गीत गायो,
प्रेमीजनसित प्रीत लायो।
चित्त बढारी राग हटाई,
मृदुल प्रेम प्रस्ताव आयो।
६) मुक्तक
यहाँ चित्त दुखाउने दाउ नै दाउ देखिन्छ,
दुखाएपछि जुँगामा ताउ नै ताउ देखिन्छ।
अहंकार र भ्रममा बाँच्छन् पीडकहरू यहाँ,
पीडितका मुटुहरूमा घाउ नै घाउ देखिन्छ।
७) मुक्तक
जिभ्रो छ चुपचाप बस्नेले पनि बोल्न सक्छ,
हृदय तखतामा रहेका पुस्तक खोल्न सक्छ।
सधैं विपरीत कित्तामा नराख प्रिय मान्छेलाई,
सज्जन कोही भेटिए भने आशा घोल्न सक्छ।
८) मुक्तक
हजार मिनेट प्यास खपी पानी पिउँदा कस्तो हुन्छ,
तिम्रो सम्झनामा तड्पीतड्पी जिउँदा जस्तो हुन्छ।
छातीमा अदृश्य भै सुनामी चलेको पनि हुन सक्छ,
बोल्ने शब्द थाती राख्दै ओठ सिउँदा त्यस्तो हुन्छ।
९) मुक्तक
तिमी वृक्ष हाँगा सुहाइरहेको,
म भैंमा छु एक्लो कसोरी सहेको?
म खोलौं कि जुत्ता चढौं वृक्षमाथि,
जता जाउँ जैले म तिम्रै हुँ साथी।
१०) मुक्तक
फाटेको यो चित्त राख्ने ठाउँ रहेन,
करार ती च्यातौं भनेँ जोर चलेन।
बोकेर विकराल झुटको पुलिन्दा,
भाखा राख्यौ आश गरें पूरा भएन।
१) मुक्तक
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,
मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।
सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,
सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ।
२) मुक्तक
जून चुपचाप छ, ताराहरू चुपचाप छ्न्,
बग्दो जुलुस छ, नाराहरू चुपचाप छन्।
अनन्त अविरल बगिरहेको छ जीवननदी,
उदास उदास किनाराहरू चुपचाप छ्न्।
३) मुक्तक
तुलसी थिएँ उपेक्षित झार बनायौ,
सत्तालाई स्वार्थको आधार बनायौ।
निरन्तर अस्तित्वको खोजीमा थिएँ,
हरेक उत्साहलाई निस्सार बनायौ।
४) मुक्तक
मीठो बोल्दै आउँछन् र एकछिन रोक्किएर जान्छन्,
स्वार्थ पूरा नभएपछि बिनाकारण झोक्किएर जान्छन्।
यस्तै हो कलियुगको जमानामा चित्त बुझाउनुपर्छ,
पुतलीहरू आउछन् र बत्तिमा ठोक्किएर जान्छन्।
५) मुक्तक
जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ,
त्यहाँ आँसुले रुझेको एउटा, फूल हुन सक्छ।
जब धमिलिन्छ, सम्बन्धको शान्त र सङ्लो नदी,
त्यहाँ विश्वास भत्किएको पुल हुनसक्छ।
६) मुक्तक
भोकाहरू भोकै छन्,अघाएकालाई कोच्नुपर्छ,
कुम्भकर्णलाई ब्युँझाउन, पटकपटक घोच्नुपर्छ।
आकाङ्क्षाको खोला तर्न कहाँ हुन्छ भने जस्तो,
जिन्दगी हो बाँच्न यहाँ, धेरै कुरा सोच्नुपर्छ।
७) मुक्तक
कहिले चिसो चुल्होमा हुन्छु, कहिले चुहिने छानामा हुन्छु,
कहिले पानीले अक्षर मेटिएको, अनाम ठेगानामा हुन्छु।
ओठमा क्षणिक मुस्कान देख्दैमा खुसी छु भन्ने नठान्नू,
अचेल म हरेक पुस्तकका आँसुले रुझेका पानामा हुन्छु।
८) मुक्तक
विश्वास बोकेको मुटुमा चोटहरू फल्न थालेपछि,
संयमित बस्तीमा भोकको आगो बल्न थालेपछि।
थाहा पाउनेछौ विस्फोटित मनहरूको मौन विद्रोह,
मुर्दाघाटमा अनायास मसानहरू चल्न थालेपछि।
९) मुक्तक
पूजा गर्न पनि यहाँ, विचरा भगवान् किन्न पर्छ,
अनैतिकताको पसलमा स्वाभिमान किन्न पर्छ।
अचेल साँच्चै नै जमाना बदलिएछ कि क्या हो,
निर्लज्ज यहाँ, पुरस्कार र सम्मान किन्न पर्छ।
१०) मुक्तक
विश्वासको भित्तो भत्किएपछि, टाल्न सकिन्न,
कठोर ढुङ्गा भएपछि मुटु ,पगाल्न सकिन्न।
बाँसका जरा हुँदा रहेछन् कुनैकुनै सम्बन्धहरू,
कमलो झारजस्तो फुत्त उखेलेर फाल्न सकिन्न।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।