१) मुक्तक
सफलताको शिखर चुम्नलाई सबैको चाह होला,
अरूभन्दा भिन्न हुन सके सबैको वाहवाह होला।
विस्तारै गए टुङ्गोमा पुगिएला हतार गरे भन्न सकिन्न,
कछुवा र खरायोको दौड सबैलाई थाह होला।
२) मुक्तक
भ्रमको खेती गर्दा भ्रमले आफैंलाई जलाउँछ,
गलत अभिव्यक्तिले आफ्नै अस्तित्वलाई गलाउँछ।
यत्ति बुझ्नूस् संकेत गर्दैछ तपाईंको कालो नियतले,
मर्ने बेलामा कमिलाको पनि पखेटा पलाउँछ।
३) मुक्तक
तिम्रो चञ्चले मनलाई मेरा कविताको भावले छोएपछि,
तिमी अकस्मात पिरोलियौ बुझाइको अभावले छोएपछि।
यस्तै हुन्छ मन र मस्तिष्कलाई काबुमा राख्न नसक्दा,
छटपटी हुन्छ समाजका हल्लाहरूको प्रभावले छोएपछि।
४) मुक्तक
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,
आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।
छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन,
मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
५) मुक्तक
आफन्तको राम्रो सुन्दा आफ्न्तलाई नै डाह हुन्छ,
जे हुँदैन आफूसँग त्यही नै खोज्ने चाह हुन्छ।
सुन ए दरबारिया स्याल र ब्वाँसाहरूका बथान,
कुनै दिन अभावको पहिरोले थिचेपछि थाह हुन्छ।
६) मुक्तक
इच्छाशक्ति, भावना र विश्वासले नजिकको नाता जोड्न सक्छ,
स्वतन्त्रता र समझदारी भएन भने समयले बाटो मोड्न सक्छ।
उज्यालोमा खोज्दा भेट्न सकिन्छ सफल जीवनको गन्तव्य,
यस्तै हो, अँध्यारोमा त आफ्नै छायाले पनि साथ छोड्न सक्छ।
७) मुक्तक
बिनासुर बिनाताल बजिरहने बाजा हुँदैनन्,
बिक्रीमा राखिएका समाचार सबै ताजा हुँदैनन्।
हरेक मान्छेको परिचय आफ्नै व्यवहारले हो दिने,
दरवारमा जन्मिंदैमा सबै जना राजा हुँदैनन्।
८) मुक्तक
चाकडीमा मौलाएको सम्बन्ध कति दिन टिक्छ होला,
अर्को रुँदा तिम्रो हाँसो कहिलेसम्म बिक्छ होला।
साँच्चै, तिम्रो व्यवहार कुरुप देख्दा यस्तो लाग्छ अचेल,
के गर्ला खै भावी पुस्ता कस्तो कुरा सिक्छ होला?
९) मुक्तक
सिंहासनमा बसेकाले मोज गरेकै छन्,
झुप्रासनमा बस्नेलाई चारो छरेकै छन्।
कृषिप्रधान देश हाम्रो क्या गजब, वा!
खान नपाई भोकभोकै मर्ने मरेकै छन्।
१०) मुक्तक
तिम्रो याद फल होइन, जुस बनी आउँछ अचेल,
एकान्तमा टोल्हाउँदा महसुस बनी आँउछ अचेल।
तिमीबिना जिन्दगी यो, रित्तोरित्तो लाग्छ किन,
समय पनि निष्ठुरी र कन्जुस बनी आउँछ अचेल।
१.मुक्तक
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,
आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।
छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन,
मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
२.मुक्तक
शृङ्गारका साधनहरूमा चुराले कति अर्थ राख्छ,
पीडामा परेको मान्छेलाई सुराले कति अर्थ राख्छ।
नपत्याए सोध्नुस् त आकाशमा उडेका जोडी ढुकुरलाई,
निकट सम्बन्धमा ससाना कुराले कति अर्थ राख्छ?
३.मुक्तक
मलाई तिमीले दिएका हरेक ऊर्जा र आत्मबल प्यारो लाग्छ,
तिमी छौ र त, जिन्दगीका प्रेमिल पल, प्रतिपल प्यारो लाग्छ।
तिमीलाई सम्बोधन गर्न मसँग कुनै शब्द छैनन् साँच्चै गरिब छु,
त्यसैले त अचेल तिम्रो प्रेम मिसिएको गजल प्यारो लाग्छ।
४.मुक्तक
आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि,
नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि।
हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल,
नसानसा यादको झंकार हुन थालेपछि।
५.मुक्तक
जिन्दगी कहिले पहाडजस्तो, कहिले खोलाजस्तो लाग्छ,
कहिले खुसीहरू चुहिने, थोत्रो झोलाजस्तो लाग्छ।
जिन्दगीलाई तिमी, फूल भन्छौ, कहिले जून भन्छौ,
सोच्छु, कहिले होइन जस्तो, कहिले होला जस्तो लाग्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।