धनबहादुर श्रेष्ठ धनबहादुर श्रेष्ठ
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
न हग गरियो न प्रपोज हानियो!
न हग गरियो न प्रपोज हानियो, न किस दिइयो न रोज तानियो। लगनपछिको सिन्दुर पोते भनेझैं, भ्यालेन्टाइन डे त भर्खर जानियो।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
देश रातारात साउदी कतार हुँदैन
चुस्त, दुरूस्त गरौँ धेरै हतार हुँदैन, देश रातारात साउदी कतार हुँदैन। सत्य, त्रेता हैन कलियुग हो यो, पहिरन फेर्दैमा कुनै अवतार हुँदैन।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
गोलीले ढल्नु र आगोले जल्नु नपरोस्, रावण हैन देशले राम पाओस् नयाँ वर्षमा!
गर्न चाहनेले काम पाओस् नयाँ वर्षमा, राम्रो गर्नेहरूले नाम पाओस् नयाँ वर्षमा। गोलीले ढल्नु र आगोले जल्नु नपरोस्, रावण हैन देशले राम पाओस् नयाँ वर्षमा।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
ऋण ऋणै हो समयमै तिर्न गाह्रै पर्न सक्छ, कला हुनुपर्छ ढाँटेर भाखा सार्नलाई पनि!
सीप जरूर चाहिन्छ गोरू नार्नलाई पनि, हिम्मत चाहिन्छ हाँसीहाँसी हार्नलाई पनि। ऋण ऋणै हो समयमै तिर्न गाह्रै पर्न सक्छ, कला हुनुपर्छ ढाँटेर भाखा सार्नलाई पनि।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ!
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ। के भएको हो कुन्नि अचेल, थाहा भएन, वर्षैभित्र सम्बन्ध विच्छेदमा साइन हुन्छ।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
देश कहिले सिंगापुर, कहिले कतार हुन्छ!
यो देशमा गर्नभन्दा बोल्न नै हतार हुन्छ, देश कहिले सिंगापुर, कहिले कतार हुन्छ। प्रश्न एउटै छ हजुर, तर जवाफबिनाको, यहाँ लि क्वान युको कहिले अवतार हुन्छ।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
विडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो!
जब डिभोर्स भयो तब जार आइपुग्यो, मौरी भागेपछि मात्र घार आइपुग्यो। बिडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
भोको पेट नाङ्गो आङलाई के राष्ट्रियता, विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे!
कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे। भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता! विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।
Whatsapp
कला/साहित्य Clock | धनबहादुर श्रेष्ठ १ मिनेट पाठ
अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस