संग्रह
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्!
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्।
बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।
न गुलाब आयो, न त मनको प्रस्ताव आयो!
न गुलाब आयो, न त मनको प्रस्ताव आयो।मात्र समयको असजिलो एक वहाव आयो। सोचेथे दुनियाँमा सच्चा मान्छे पनि त हुन्छन, अफसोस हरबार यहाँ मान्छेको नकाव आयो।
भ्रष्टलाई सधैं मोज भो जिन्दगी!
भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी।
नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ,
नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ, उज्यालो देखिएपछि त जूनलाई पनि बिर्सिदियौ।मलाई मात्रै होइन तिमीले अरु कसैलाई भेटेपछि, दुःख पर्दा मैले लगाएको गुनलाई पनि बिर्सिदियौ!
पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा!
पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा,मातले धर्तीभन्दा माथि पुर्याउँछ तिमी नजिक हुँदा।
रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!
आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।
सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।