१) पीडा
जोख्न मिल्ने मानो तुलो हुँदैन,
पीडा कहिले सानो ठुलो हुँदैन।
लागेपछि दिलमा गडिरहन्छ
निको पार्ने औषधीमुलो हुदैन।
२) छडी
जीवन समय देखाउने घडी हुन सक्छ,
हौसला र प्रेरणाको कडी हुन सक्छ।
टेक्दै हिंडेको बैशाखी पनि कुनै दिन,
अप्ठ्यारोमा समाउने छडी हुन सक्छ।
३) प्रतिक्षा
हजारौंमा किन तिमी खास लाग्यो,
साँझबिहान झल्को रास लाग्यो।
यो वर्ष पनि आएनौ लिन,
हिउँद सकेर मलमास लाग्यो।
४) देश
यही देशमा बस्ने परिवेश बनाइदेऊ,
पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।
सुजरल्याण्ड बनाउनु पर्दैन सरकार?
मलाई मेरो देश बनाइदेऊ।
५) समस्या
भन्दिनुस् ज्योतिष बा! शक्तिशाली कुन प्रहर छ,
खोसेर मृत्युबाट बालाई फर्काउने रहर छ।
राखेको छु ब्रिक्रीमा मुटुकलेजो जम्मै,
भन्दिनुस् डाक्टरसाहेव! खरिद हुने कुन शहर छ।
-तारा केसी
अत्याधिक चिसो बढ्यो। चिसो बढे पनि मलाई काम गर्न र स्कुटरमा हुइँकिन आनन्दै लाग्थ्यो।
सररर रोडमा निस्किएँ। कामैले निस्किएँ। करिब तीन किलोमिटरको यात्रामा निस्किनु र, फर्किनु थियो। स्कुटर, तीमाथि स्कुटरको गतिको हावा अनि हातखुट्टा चिसो, छाती चिसो। कपडाबाटै चिसो।
करिबकरिब बाटो क्रसिङमा पुगें। एउटा चिनारी कवाडीवाला। हाफ सुइटर र सटमा थियो।
मैले उसलाई आवाज दिएँ, ‘रे बौवा, हन यी जाडामा तोरा जाड नालगयी हि? अर्थात् हैन हौ भाइ, तिमीलाई यो जाडोमा जाडो लाग्दैन?’
ऊ हाँस्यो। उसलाई जाडोको पिर थिएन। उसलाई उसको आमाबुवा र भाइबहिनीको पिर थियो। यो चिसो मौसममा कवाडीको सामान बेच्नु थियो र बेलुका घरमा सबैसँग मिलेर, केही तातो खानु थियो। ऊ आफैं मालिक थियो। आफै पारिश्रमिक अवतार।
ऊ भन्न थाल्यो, ‘मास्टरजी, हुन त हो म पहिले ट्यूसन पढाउँथें। उसलाई मेरो नाम थाहा थिएन। सबैले मास्टर भनेर चिन्थे। त्यही मास्टर नाम अहिलेसम्म उसले मुखमा झुन्ड्याएको रहेछ।’
अँ, सुन्नुस् न मास्टरजी, हामी गरिबलाई जाडोले असर गर्दैन। पेटले असर गर्छ। पेटकै खातिर भए पनि म कवाडीको काम गर्छु।
मैले सही थपें, ‘मिहिनेत गरेर खाऊँ, चोरी नगर। कुरो मोडे। म चिसिएको कारणले ऊ पनि चिसियो होला भनेर सोधे,‘चिया पिउँछौं?’
उसले पिउँदिन भन्यो। ल त बहुत ठण्डा छ ख्याल गर। यति भनेर म हुइँकिएँ आफ्नै काम रफ्तारले।
ऊ कापेन। म ज्याकेट लगाएर पनि कापिरहेको थिएँ। ऊ कवाडी ठेला पाइडल घुमाउँदै पसीना निकाल्दै थियो। म भने स्कुटरमा सरर हावासँगै चिसिदै थिएँ।
लगत्तै अफिसतिर फर्किएँ। चिया पसले दाइले दाउराको आगो बालेका थिए। तातो चिया, अनि दाउराको तातो राप एकछिन त शरीर सेक्नै पर्याे नि! अलिक तात्तिएपछि फेरि पनि यो ज्यान आखिर अफिसलाई नै त हाजिर हो नि?’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।