१) मुक्तक
सुरम्य आजको यो साँझ पनि उदास-उदास लागिरहेछ,
बिहानको मिर्मिरेमा मधुर पवन चिसो बतास लागिरहेछ।
मनको पीडा लुकाएरै मान्छेका सामु उभिनै कर लाग्दोरहेछ,
सबैको माझ फिस्स हाँस्छु तिमीलाई उपहास लागिरहेछ।
२) मुक्तक
मैले तिमीसँगको प्यारमा जीवनको भर खोजिरहेको छु,
हाम्राे मिलनको क्षण स्वप्निल रहर हो खोजिरहेको छु।
आजकाल टाढा-टाढा हुँदैछौ मेरो विपदमा थाहा छ,
पिइदिन्छु तिमीले दिने एक चम्चा जहर हो खोजिरहेछु।
३) मुक्तक
तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,
पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ।
विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त,
विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।
४) मुक्तक
प्रज्ञा र विवेक सरकारबाट कोसौं टाढा भएका छन्,
भूतप्रेत र मसान अनुहारका मान्छेहरू छाडा भएका छन्।
कसले पत्याउँछ र तिम्रा ढाँटका फलाकोहरू आजकाल,
अगुवाहरू नै प्रत्येक पाइलामा देशका काँडा भएका छन्।
५) मुक्तक
कहाँ गएर समाधान हुन्छ र कहर जिन्दगीको,
यसैयसै बग्दोरहेछ उमेर र रहर जिन्दगीको।
आफैंमा भाका हालेर गाउन कस्तो हुँदो हो,
वियोगान्त गजल बनाएर बहर जिन्दगीको।
१) मुक्तक
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,
मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।
सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,
सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ।
२) मुक्तक
जून चुपचाप छ, ताराहरू चुपचाप छ्न्,
बग्दो जुलुस छ, नाराहरू चुपचाप छन्।
अनन्त अविरल बगिरहेको छ जीवननदी,
उदास उदास किनाराहरू चुपचाप छ्न्।
३) मुक्तक
तुलसी थिएँ उपेक्षित झार बनायौ,
सत्तालाई स्वार्थको आधार बनायौ।
निरन्तर अस्तित्वको खोजीमा थिएँ,
हरेक उत्साहलाई निस्सार बनायौ।
४) मुक्तक
मीठो बोल्दै आउँछन् र एकछिन रोक्किएर जान्छन्,
स्वार्थ पूरा नभएपछि बिनाकारण झोक्किएर जान्छन्।
यस्तै हो कलियुगको जमानामा चित्त बुझाउनुपर्छ,
पुतलीहरू आउछन् र बत्तिमा ठोक्किएर जान्छन्।
५) मुक्तक
जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ,
त्यहाँ आँसुले रुझेको एउटा, फूल हुन सक्छ।
जब धमिलिन्छ, सम्बन्धको शान्त र सङ्लो नदी,
त्यहाँ विश्वास भत्किएको पुल हुनसक्छ।
६) मुक्तक
भोकाहरू भोकै छन्,अघाएकालाई कोच्नुपर्छ,
कुम्भकर्णलाई ब्युँझाउन, पटकपटक घोच्नुपर्छ।
आकाङ्क्षाको खोला तर्न कहाँ हुन्छ भने जस्तो,
जिन्दगी हो बाँच्न यहाँ, धेरै कुरा सोच्नुपर्छ।
७) मुक्तक
कहिले चिसो चुल्होमा हुन्छु, कहिले चुहिने छानामा हुन्छु,
कहिले पानीले अक्षर मेटिएको, अनाम ठेगानामा हुन्छु।
ओठमा क्षणिक मुस्कान देख्दैमा खुसी छु भन्ने नठान्नू,
अचेल म हरेक पुस्तकका आँसुले रुझेका पानामा हुन्छु।
८) मुक्तक
विश्वास बोकेको मुटुमा चोटहरू फल्न थालेपछि,
संयमित बस्तीमा भोकको आगो बल्न थालेपछि।
थाहा पाउनेछौ विस्फोटित मनहरूको मौन विद्रोह,
मुर्दाघाटमा अनायास मसानहरू चल्न थालेपछि।
९) मुक्तक
पूजा गर्न पनि यहाँ, विचरा भगवान् किन्न पर्छ,
अनैतिकताको पसलमा स्वाभिमान किन्न पर्छ।
अचेल साँच्चै नै जमाना बदलिएछ कि क्या हो,
निर्लज्ज यहाँ, पुरस्कार र सम्मान किन्न पर्छ।
१०) मुक्तक
विश्वासको भित्तो भत्किएपछि, टाल्न सकिन्न,
कठोर ढुङ्गा भएपछि मुटु ,पगाल्न सकिन्न।
बाँसका जरा हुँदा रहेछन् कुनैकुनै सम्बन्धहरू,
कमलो झारजस्तो फुत्त उखेलेर फाल्न सकिन्न।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।