स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन
२४ साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन

चियाले पोलेर कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी एक वर्षीया बालिकाका शनिबार बेलुका मृत्यु भएको छ । गुलाम मुसलमानकी एक वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोदन गाउपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसको छन्।  

त्यही पसलमा आमा खातुन निशाले चिया खाइरहेका बेला तान्दा छोरीको छातीमा चिया पोखिएको थियो । तातो चियाले पोले पछि घाइेते भएकी सोफियालाई तत्काल उपचारकालागि कपिलवस्तु अस्पताल लगिएको थियो । त्यही उपचार गरेको केही बेर मै छोरीको मृत्यु भएको बुबा गुलामले बताए । उपचारमा अस्पतालको ईमरजेन्सी फाटका कर्मचारीले गंभीर लापरवाही गरको उनले आरोप लगाए ।  

‘सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिजन दिइएन, मलाई औषधी लिन पठाईयो,’ उनले भने, ‘औषधी खाएको केही बेर मै छोरीको मृत्यु भयो ।’ स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरूले प्रशासन कार्यालयमा साझ बिरोध प्र्रर्दशन गरेका छन्। उनीहरुले लापरबाही गर्ने (स्वास्थयकर्मीलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग गरेका छन्। अस्पतात अघि र प्रशासन कार्यालय अघि सुरक्षाकालागि प्रहरी खटिएका छन्। उता अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडले बालिको उपचारमा स्वास्थ्यकर्मीले लापरबाही नगरको दाबी गरेका छन्। 

उनले जलेको बालिका भन्दा गंभीर अवस्थामा रहेका बिरामीहरूको स्वास्थ्यकर्मीले उपचार गरीरहेको बेला घाईते बालिका अस्पताल ल्याईएको थियो । घाईते बालिकालाई मलम लगाउने, औाषधी दिईएको र उपचारको बेला बालिका सिरियस नभएको बन्जाडेले बताए । उपचार गर्दा गर्दै बालिकाको एक्कासी मृत्यु भएको बन्जाडले बताए । ‘हामीसंग यसको सिसि टिभि फुटेज पनि छ, यसका स्वास्थ्यकर्मीको लापरबाही देखिदैन,’ उनले भने ।

अर्को समाचार
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग
१८ जेष्ठ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरुद्ध ‘गैर जमानती हिरासत कार्यान्वयन’ गर्नुपर्ने र भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै नेपालगन्जमा दिनहुँ प्रर्दशन गरिएको छ।

दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आरोप छ।  

बाँकेमा गठित संघर्ष समितिको अगुवाईमा विगत तीन दिनदेखि हरेक मौन प्रर्दशन गरिएको हो। भेरी अस्पताल परिसरमा हरेक दिन अपरान्हतिर विभिन्न अस्पतालका चिकित्सक, स्टाफ नर्स लगायतले प्रर्दशन गर्दै आएका छन्। चिकित्सक, स्टाफ नर्स लगायतले मंगलबार पनि भेरी अस्पताल परिसरमा प्रर्दशन गरे।

विभिन्न प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले सरकारले हालै जारी गरेको ऐन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।  

सरकारले हालै जारी गरेको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको ब्यवस्था गरिएकाले सो ब्यवस्था कार्यान्वयन गराउन र भेरी अस्पतालमा केही दिनअघि भएको घटनाका दोषीलाई कडा कारबाही गर्न दवाव स्वरुप मौन प्रर्दशन गरिएको नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले बताइन्।

उक्त व्यवस्था कार्यान्वयन गर्न संघर्ष समितिले एक साताको अल्टिमेटम दिएको उनले सुनाइन्। ‘हामीले सरकारलाई ७ दिनको अल्टिमेटम दिएर मौन प्रर्दशन गरिरहेका छौं,’ केसीले भनिन्।  

छानविन प्रतिवेदन बुझाईयो

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनाको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। भेरी अस्पतालमा भएको उक्त घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा एक समिति बनाइएको थियो। उक्त समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ३० पेज लामो प्रतिवेदन बुझाएको हो। समितिले घटनाका प्रत्यक्षदर्शी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्ति लगायतलाई सोधपुछ गर्नुका साथै अस्पतालमा रहेको सिसी टिभीको फुटेजको आधारमा प्रतिवेदन तयार पारेको थियो।  

अस्पताल विकास समिति सदस्य एवम् छानविन समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको जानकारी दिए। ‘समितिलाई तीनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो, तर सबै पक्षसँग सोधपुछ गर्ने क्रममा समय अपुग भएपछि एकदिन थप समय मागेका थियौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी गेलालले प्रतिवेदनका आधारमा थप कारवाही प्रक्रिया अगाडि बढ्ने बताए ।  

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही दिन मृतकका भाइ मानबहादुर रावत, लोकबहादुर रावत र भरत रावतलाई पक्राउ गरेको थियो । घटनाको बिरोध र दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै चिकित्सक, स्टाफ नर्स लगायतले आन्दोलन चर्काएपछि प्रहरीले पक्राउ परेका विरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रो’ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस