उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी
१८ जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन् । आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन् । 

स्वास्थ्य अवस्था सामान्य भएकाले धनकुटाका स्वास्थ्यर्मीले कोभिड उपचार केन्द्रका संक्रमितको उपचार र परामर्शमा अस्पतालका स्वास्थ्यकर्मीलाई सघाइरहेका छन् । धनकुटा अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीहरू कार्यक्षत्रमै कोरोना संक्रमित भएका थिए । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा थप ६ जनामा समेत कोरोना संक्रमण देखियो । संक्रमण पुष्टि भएकामध्ये धनकुटाका चार स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य संक्रमितसँगै उपचारका क्रममा छन् । 

तर आफैं उपचारका क्रममा रहे पनि उनीहरूले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएको अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको सहयोगले दुई सय रुपैयाँको सुई लगाउन ६ हजार रुपैयाँ मूल्यको पिपिई लगाएर जानुपर्ने बाध्यता हटेको छ ।’

अर्को समाचार
कोरोना उपचारमा कर्णाली भरोसा
०७ जेष्ठ २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना उपचारमा कर्णाली भरोसा

एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।  

उनीहरुको उपचार कर्णालीमै भयो । कालिकोट तिलागुफा नगरपालिकाका दुई जना संक्रमितको अवस्था जटिल बनेपछि कोभिड अस्पताल कालिकोटले बिरामी जुम्ला पठायो । एक जनाको मृत्यु भइसकेको छ । एक जना उपचार गराइराखेका छन् । अहिले सम्मको अवस्था हेर्दा कर्णाली अस्पताल प्रति सबैको भरोसा छ । कर्णालीले स्वास्थ्य सेवा, जनशक्ति र स्वास्थ्य क्षेत्रको अनुसन्धान पनि गर्दछ भन्ने विश्वास गर्न थालिएको छ ।  

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन् ।  

तत्कालिन कर्णालीको मुगु,कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन् । उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोना संग लडिरहेका बिरामीको उपचारमा संलग्न भइराखेका छन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराई कोरोनाविरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन । उनले भने,‘कर्णाली प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ । चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन् । कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भूमिका सन्तोषजनक नै देखिएको छ । ’

उनका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।  

यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।  

पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ ।  

प्रवक्ता डा. रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताए । उनले भने,‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रशंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसीको कुरा के हुन सक्छ । ’

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ,उनले भने,‘त्यसका लागि कर्णालीवासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । ’

प्रवक्ता डा. रमेश भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ,उनले भने,‘प्रदेश सरकार संग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ । केन्द्र सरकारसंगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ । ’

प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिँदै आएको उनले बताए ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस