रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी २७ वर्षीय महिला हुन् । उनलाई अस्पतालमा काम गर्ने क्रममा नै कोरोना संक्रमण भएको हो ।
योसँगै हालसम्म जिल्लामा १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ । जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ । अब १ सय ६४ वटाको नतिजा आउन बाँकी छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ ।
रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी २७ वर्षीया महिला हुन्। उनलाई अस्पतालमा काम गर्ने क्रममा नै कोरोना संक्रमण भएको हो।
यो सँगै हालसम्म जिल्लामा १५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन्। कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ। जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ। अब १ सय ६४ वटाको नतिजा आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।