संग्रह
नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे
नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।
Whatsapp
६ दिनमा १३६ जनाले कोरोनालाई जिते, यो संगै निको हुनेको संख्या १८३
Clock | मञ्जु गाैतम २ मिनेट पाठ
६ दिनमा १३६ जनाले कोरोनालाई जिते, यो संगै निको हुनेको संख्या १८३
पछिल्लो पटक कोशी अस्पतालबाट चार जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।
Whatsapp
पाँच दिनअघि उपचार गर्न राजधानी गएका दोलखाका वृद्धलाई कोरोना संक्रमण
पाँच दिनअघि उपचार गर्न राजधानी गएका दोलखाका वृद्धलाई कोरोना संक्रमण
उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्‍याइएका दोलखाका एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।
Whatsapp
क्वारेन्टिनमा न्युनतम सुविधा नभएको गुनासो
क्वारेन्टिनमा न्युनतम सुविधा नभएको गुनासो
न्युनतम पनि सुविधा नभएको बाँकेका क्वारेन्टिनमा बसिरहेका व्यक्तिले गुनासो गरेका छन् । बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका व्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । क्वारेन्टिन ब्यवस्थापनका लागि स्थानीय तहले फरक–फरक सुविधा दिदै आएका छन् । कतिपय क्वारेन्टिनमा न्युनतम सुविधा पनि नभएपछि गुनासो बाहिर आएको हो ।
Whatsapp
कोरोना संक्रमितलाई अस्पतालबाट फिर्ता लग्न दबाब
कोरोना संक्रमितलाई अस्पतालबाट फिर्ता लग्न दबाब
पोखरिया नगरपालिकाबाट बिहीबार यहाँ ल्याइएका ४ जना कोरोना संक्रमितको उपचार खर्चको भार आफुले उठाउन नसक्ने भनी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले पोखरियाका नगरप्रमुख दिपनारायण रौनियारलाई टेलीफोन गरेर आफ्नो बिरामीलाई फिर्ता लैजान भनेका हुन्।
Whatsapp
भक्तपुरमा कोरोना उपचार अस्पताल
भक्तपुरमा कोरोना उपचार अस्पताल
भक्तपुर अस्पतालभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । यसका लागि आवश्यक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
Whatsapp
उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी
Clock | नागरिक १ मिनेट पाठ
उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी
विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन् । आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन् ।
Whatsapp
कोरोना संक्रमित १९ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनमा
Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
कोरोना संक्रमित १९ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनमा
कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी दुई जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।
Whatsapp
कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान
कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान
देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ ।
Whatsapp
क्वारेन्टिनमा बसेका एक जनाको उपचारको क्रममा मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
क्वारेन्टिनमा बसेका एक जनाको उपचारको क्रममा मृत्यु
मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक जनाको बाटोमै मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बताईन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस