शरद अधिकारी शरद अधिकारी
समाज Clock | शरद अधिकारी, मञ्जु गाैतम ३ मिनेट पाठ
थप तीन जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।
Whatsapp
समाज Clock | शरद अधिकारी ५ मिनेट पाठ
पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु
पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।
Whatsapp
प्रवास Clock | शरद अधिकारी, मञ्जु गाैतम ४ मिनेट पाठ
विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए
वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।
Whatsapp
समाज Clock | शरद अधिकारी, मञ्जु गाैतम ४ मिनेट पाठ
पछिल्लो १० दिनमा ३७८६ जना कोरोना संक्रमित डिस्चार्ज
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० दिनमा तीन हजार सात सय ८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६ सय ७३ जना संक्रमित थपिएका छन् भने आठजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
Whatsapp
समाज Clock | शरद अधिकारी, मञ्जु गाैतम ५ मिनेट पाठ
मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।
Whatsapp
समाज Clock | शरद अधिकारी २ मिनेट पाठ
थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट
मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९ जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।
Whatsapp
समाज Clock | शरद अधिकारी ५ मिनेट पाठ
रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।
Whatsapp
समाज Clock | शरद अधिकारी ४ मिनेट पाठ
११ दिनमा ३ हजार २३६ संक्रमित थपिए, १० जनाकाे कोरोनाबाट मृत्यु
जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।
Whatsapp
अन्तर्वार्ता Clock | शरद अधिकारी ३ मिनेट पाठ
‘नरैनापुरबासीको घाउको खिल झिक्न सफल भयौं’
बाँकेको ग्रामिण भेग नैरैनापुर कोरोना संक्रमण जोखिम हटस्पटको रुपमा पछिल्लो समय चिनियो । समुदायमा संक्रमण फैलिँदा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । देशभरमा नै एक किसिमको नरैनापुरको बारेमा नराम्रो चर्चा भयो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस