उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्याइएका दोलखाका एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।
उपचारका क्रममा दोलखाबाट ५ दिनअघि राजधानीको सिनामंगलस्थित केएमसी लगिएका भीमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षिय ति वृद्धलाई बिहीबार बिहान कोरोना पुष्टी भएको थियो ।
गत शनिबार राति घरमै बसिरहेका उनलाई अचानक टाउको दुख्ने समस्या देखिएपछि नजिकैको दोलखा बजारमा धुलिखेल अस्पतालले सञ्चालन गरेको स्थानीय अस्पतालमा लगिएको थियो । टाउकोमा समस्या देखिएको र रक्तचाप समेत अत्याधिक भएपछि जिल्लामा सिटि स्क्यानको सुविधा नभएकोले भोलीपल्ट थप उपचारका लागि उक्त अस्पतालले बृद्धलाई राजधानी रिफर गरेको थियो ।
राजधानीमा बुधबार दुई पटक आरडिटी जाँच गर्दा पोजेटिभ देखिएको थियो । यस्तै, पिसिआर परीक्षणका क्रममा पनि पोजिटिभ देखिएपछि उनमा संक्रमण पुष्टी भएको वडाध्यक्ष बिराजमान श्रेष्ठले जानकारी दिए ।
ट्रेसिङ गरिदै
संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सुरुमा उनको उपचारमा संलग्न चिकित्स र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण थालिएको जानकारी आफूले पाएको बताए । ‘उनलाई काहाँबाट संक्रमण देखियो भनेर सुरुमा अस्पताल भित्रै ट्रेसिङ सुरु गरिएकाले पनि जिल्लामा माथिबाट कुनै निर्देशन आएको छैन’ उनलेृ भने, ‘अस्पतालका स्वास्थ्यकर्मीहरुको रिपोर्ट आएपछि दोश्रो चरणमा उनको सम्पर्कमा आएकाहरुको गरिने कारण यहाँ समेत सतर्कता अपनाएर बसेका छौं’ । प्रजिअ शर्माले संक्रमित बृद्धको घर र टोल सिल गरिने बताए ।
ति संक्रमीत बृद्ध घरमै बस्ने र बाहिर हिडडुल कम गर्ने गरेको एक छिमेकीले सुनाए । उनी भारतीय सेनाका निवृत्त समेत थिए । बिचमा एक जना आफन्त सैनिक बाहेक उनको घरमा कोही आएको थाहा नभएको छिमेकीहरुले सुनाए ।
एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।
उनीहरुको उपचार कर्णालीमै भयो । कालिकोट तिलागुफा नगरपालिकाका दुई जना संक्रमितको अवस्था जटिल बनेपछि कोभिड अस्पताल कालिकोटले बिरामी जुम्ला पठायो । एक जनाको मृत्यु भइसकेको छ । एक जना उपचार गराइराखेका छन् । अहिले सम्मको अवस्था हेर्दा कर्णाली अस्पताल प्रति सबैको भरोसा छ । कर्णालीले स्वास्थ्य सेवा, जनशक्ति र स्वास्थ्य क्षेत्रको अनुसन्धान पनि गर्दछ भन्ने विश्वास गर्न थालिएको छ ।
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन् ।
तत्कालिन कर्णालीको मुगु,कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन् । उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोना संग लडिरहेका बिरामीको उपचारमा संलग्न भइराखेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराई कोरोनाविरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन । उनले भने,‘कर्णाली प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ । चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन् । कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भूमिका सन्तोषजनक नै देखिएको छ । ’
उनका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।
यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।
पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ ।
प्रवक्ता डा. रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताए । उनले भने,‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रशंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसीको कुरा के हुन सक्छ । ’
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ,उनले भने,‘त्यसका लागि कर्णालीवासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । ’
प्रवक्ता डा. रमेश भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ,उनले भने,‘प्रदेश सरकार संग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ । केन्द्र सरकारसंगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ । ’
प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिँदै आएको उनले बताए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।