मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव भएको छ । आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्री अभाव भएको पाइएको हो ।
प्रदेश सरकारको वेवास्थाका कारण अस्पतालमा आवश्यकता अनुसार चिकित्सक तथा स्वास्थ्य सामाग्री उपलब्ध नभएको प्रदेश १ का लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले बताए । उनका अनुसार लेखा समितिसंग गोठगाउँ स्थित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराएको सेवा सुविधा नपाएको गुनासोसमेत गरेका छन् । उनले अस्पतालमा मापदण्ड अनुसार आइसोलेसन नरहेकाले तत्कालै सुधार गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउन, प्रदेश सरकार र विश्वविद्यालयवीच भएका सम्झौता पालना गर्न लेखा समितिले निर्देशन दिने जानकारी दिए ।
सांसद लोकप्रसाद संग्रौलाले गोठगाउँमा स्थापना भएको अस्पताललाई संक्रमित थुपार्ने डम्पिङसाईड बनाउन नहुने बताए । उनले अस्पताललाई व्यवस्थित पार्न प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालय दुबै गम्भीर बन्नु पर्ने बताए । उनले संक्रमित बढेको अवस्थामा अस्पतालको पूर्वाधारमा सुधार गरी भेन्टिलेटरलगायतको व्यवस्था पनि गर्न सरकारलाई आग्रह गरे । संग्रौलाले भने‘अस्पताललाई व्यवस्थित पार्न तत्कालै सरकारले काम थाल्नुपर्छ ।’ .jpg)
जसका लागि चिकित्सकलगायतका दक्ष जनशक्ती, प्राविधिक उपकरण उपलब्ध गराउन सरकारसंग माग पनि गरे । पोखरेलले भने, ‘दक्ष जनशक्ती र मेडिकल सामाग्री अभावले उपचारमा समस्या भएकाले तत्काल जनशक्ती र मेडिकल सामाग्री उपलब्ध गराउनु पर्छ ।’ हाल अस्पतालमा २ जना डाक्टर र ३ जना स्टाफ नर्स मात्रै रहेको डिन पोखरेलले बताए । उनका अनुसार थप ३ जना डाक्टर र २ जना नर्स उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरिएको छ । अस्पतालमा १ सय २५ जना संक्रमित भर्ना गर्न सकिने क्षमता रहेको डा पोखरेलले बताए । उनले नेपाल सरकारको गाइडलाईन अनुसार नै अस्पताल सञ्चालन गरिरहेको पनि लेखा समितिलाई जानकारी दिए ।
हाल अस्पतालमा १ सय १६ जना संक्रमित भर्ना भएका छन् । यता सामाजिक विकास मन्त्रालयलका कोरोना फोकल पर्सन धरणी निरौलाले पूर्वाञ्चल विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयवीच भएको सम्झौता अनुसार अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने‘सम्झौतामा उल्लेख भए अनुसार अस्पताललाई क्रमिक रुपमा अघि बढाउँदै लगिएको छ । ’ .jpg)
एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।
उनीहरुको उपचार कर्णालीमै भयो । कालिकोट तिलागुफा नगरपालिकाका दुई जना संक्रमितको अवस्था जटिल बनेपछि कोभिड अस्पताल कालिकोटले बिरामी जुम्ला पठायो । एक जनाको मृत्यु भइसकेको छ । एक जना उपचार गराइराखेका छन् । अहिले सम्मको अवस्था हेर्दा कर्णाली अस्पताल प्रति सबैको भरोसा छ । कर्णालीले स्वास्थ्य सेवा, जनशक्ति र स्वास्थ्य क्षेत्रको अनुसन्धान पनि गर्दछ भन्ने विश्वास गर्न थालिएको छ ।
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन् ।
तत्कालिन कर्णालीको मुगु,कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन् । उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोना संग लडिरहेका बिरामीको उपचारमा संलग्न भइराखेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराई कोरोनाविरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन । उनले भने,‘कर्णाली प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ । चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन् । कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भूमिका सन्तोषजनक नै देखिएको छ । ’
उनका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।
यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।
पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ ।
प्रवक्ता डा. रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताए । उनले भने,‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रशंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसीको कुरा के हुन सक्छ । ’
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ,उनले भने,‘त्यसका लागि कर्णालीवासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । ’
प्रवक्ता डा. रमेश भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ,उनले भने,‘प्रदेश सरकार संग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ । केन्द्र सरकारसंगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ । ’
प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिँदै आएको उनले बताए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।