मध्य मनसुनमा चिनियाँको आगमनमा सुधार
मध्य मनसुनको अवधिमा पनि नेपालमा जुलाई महिनामा अघिल्लो वर्ष भन्दा केही बढि विदेशी पाहुना भित्रिएका छन्। नेपालमा हवाई माध्यमबाट मात्र यो जुलाईमा ७१ हजार ७ सय ७५ जना विदेशी पाहुना भित्रिएका छन्। जुलाईमा चिनियाँ पाहुनाको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अघिल्ला वर्ष भन्दा यो मनसुनको समयमा चिनियाँको आगमनमा वृद्धि भएको छ।
पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचना
पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।
एशिया र यूरोप घुमाउने भनेर ठगी
एशिया र यूरोपका विभिन्न मुलुकमा घुमाउन लैजाने भनेर प्रलोभन देखाएर ठगि गरेको आरोपमा कास्की प्रहरीले पोखराको ‘ओएसिस टुरिज्म इन्टरनेशनल’का संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना नेपाली र अर्का एकजना भारतीय नागरिक रहेका छन्।
गण्डकीका ६ जना आरोहीलाई सम्मान
सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए। त्यसपछि बल्ल हिमाल आरोहणको गौरवमय इतिहास सुरुवात भएको हो। हिमाल आरोहणको त्यही पृष्ठभूमिलाई लिएर गण्डकी प्रदेश सरकारले आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका प्रदेशभित्रका ६ जना साहसी आरोहीलाई सम्मान गरेको छ।
कास्कीमा बजार अनुगमन तिब्र, अखाद्य खाना बेच्नेलाई कारवाही
होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तरबारे गुनासो आएको भन्दै कास्की प्रशासनले पोखरा र यस क्षेत्रको बजार अनुगमनलाई तिब्र बनाएको छ। अनुगमनका क्रममा गुणस्तरहीन खाना र खाजा खुवाउने होटल तथा रेस्टुरेन्ट, चमेनागृह र सामान बेच्ने पसललाई प्रशासनले जरिवाना पनि तिराएको छ।
पर्यटक सवार चालकलाई नाकामै सचेतनामूलक सामाग्री
पर्यटक बाहक भारतीय सवारीलाई लक्षित गर्दै चालकका लागि सचेतनामूलक सामाग्री वितरण गर्न थालिएको छ। पोखरा भित्रिएका भारतीय सवारीका कारण भीडभाड र दुर्घटना बढेको भन्दै प्रहरीले पोखरा भित्रिने मुख्य राजमार्गको छोरेपाटन र कोत्रेमा चालकका लागि सचेतनामुलक सामाग्री वितरण गर्न थालेको हो।
प्रतिभा बिजनेस स्कुलमा बिआइटी पढाइने
पोखराको पालिखेचोकस्थित प्रतिभा बिजनेस स्कुलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी’ (बिआइटी) को अध्यापन गराउने भएको छ। पोखरामा सूचना प्रविधिको पहुँच बढाएर नयाँ जनशक्ति उत्पादन गर्नका लागि नयाँ पाठ्यक्रम अध्यापन गराउन थालेको स्कुलले बताएको छ।
रोपाईं महोत्सवः हिलोमा रमाए स्वदेशी र विदेशी पर्यटक
पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले हरेक वर्ष असार १५ मा रोपाईं महोत्सव आयोजना गर्छ। पोखरामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनका लागि हरेक असार १५ मा गरिने रोपाईं महोत्सव यो पटक भने नियमित भन्दा एकदिन अगावै आइतबार आयोजना गरियो।
रास्वपाको मतपरिणाम विवाद: मत परिणामप्रति प्रश्न उठाउँदै सर्वाेच्च गुहार्ने चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचनको मत परिणाममा निष्पक्षताको प्रश्न उठाउँदै केन्द्रीय सदस्यकी उम्मेदवार पूजा बाँस्तोलाले सर्वाेच्च अदालत गुहार्ने भएकी छिन्। आफु निर्वाचित हुँदाहुँदै पनि धाधली गरेर आफ्नो ठाउँमा अर्काे व्यक्तिलाई ल्याएको उनको आरोप छ।
Loading...