माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए
२० जेष्ठ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए

बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको  छ ।  

सदरमुकाम चरिकोटमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित अस्पतालका रुपमा २०७२ माघ देखी व्यवस्थापन गरेर सञ्चालन गर्दै आएको न्याय हेल्थ नामक गैरसरकारी संस्थाले बजेट अभावको कारण देखाउदै १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी निकाल्ने निर्णय गरेको हो । माहामारीका बिच निकालिनेमा प्राय दोलखाका स्थानिय नै छन् ।  

बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुबाट वैदेशिक सहयोग लिएर निशुल्क स्वास्थ्य सेवा दिने शर्तमा स्वास्थ्थ्य मन्त्रालय संग सम्झौता गरी साढे ४ बर्ष अघि न्याय हेल्थले लिएको यो अस्पतालले माहामारीका बिच ठुलो संख्यामा एकाएक स्थानिय कर्मचारी र स्वास्थ्यकर्मी हटाएको भन्दै जिल्लामा अस्पताल व्यवस्थापन प्रति असन्तोष बढेको छ । अस्पतालमा एनजिओ र प्रथासिामक स्वास्थ्य केन्द्र तर्फका सरकारी दरबन्दीका गरेर दुईथरी कर्मचारी काम गर्छन् ।    

हटाईएका कर्मचारीमा प्राय नर्स, हेल्थ असिस्टेन देखी तल्लो तह सम्मका छन् । यस्तै एनजिओ तर्फको व्यवस्थापन समुहमा कार्यरतहरु समेत हट्ने सुचीमा परेका छन् । अस्पताल स्रोतका अनुसार व्यवस्थापनबाट हटाईएकामा सरसफाईका ७ जना, सुरक्षाका १ जना, प्रयोगशालाका २ जना, फार्मेसीका १, नर्सिङ सेवाका ४ जना, आकस्मिक सेवाका ३ जना, सामुदायिक स्वास्थ्य कार्यक्रमका ९ जना, स्टोर र मानव संशाधन विभागका ५ जना, बिरामी सहयोगी ३ जना र प्रविधि शाखाका २ जना छन् ।  

अस्पताल सञ्चालन गर्न बजेट अभाव भए अस्पतालका अन्य अतिरिक्त खर्च घटाउनुपर्ने वा तलब समायोजन गरिनुपर्नेमा आफुहरुलाई भेदभावपूर्ण तरिकाले विना कारण निकालिएको भन्दै कर्मचारीले संघर्ष समिति गठन गरेर सोमबारबाट आन्दोलन शुरु गरेका छन् ।  

‘अस्पतालका एनजिओ तर्फ काम गर्ने एउटै चिकित्सकले ३ लाख ८० हजार रुपैंया सम्म तलब खान्छन, आवास, खाना र यातायातबाट बार्षिक करोडौं खर्च निस्किन्छ’ समितिका संयोजक सन्तोष पोखरेलले भने, ‘बजेट अभाव भए हो त्यस्ता खर्च घटाउनुपर्नेमा १८ हजार रुपैंया तलब खाएर परिवार पाल्ने कर्मचारीलाई अन्यायपूर्ण तरिकाले छानी छानी निकालिएको छ’ । उनले व्यवस्थापनको अन्यायपूर्ण निर्णय तत्काल नसच्याए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने सम्मको आन्दोलनमा आफुहरु उत्रिन बाध्य हुनुपर्ने चेतावनी दिए ।  

कर्मचारीले विदेशी दातबाट निशुल्क उपचारका लागी आएको सहयोग पारदर्शी समेत नभएकाले छानविन माग गरेका छन् । उनिहरुले बिना मापदण्ड स्वार्थ राखेर कर्मचारी हटाएको र तल्लो तहका कर्मचारीलाई विभेद र दुब्र्यबहार गरेको भन्दै न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख समेत रहेका अस्पतालका मेडिकल निर्देशक बिनोद दंगालको राजीनामा समेत मागेका छन् ।  

प्रस्तावित मै सिमित भो अस्पताल

न्याय हेल्थले सदरमुकाम चरिकोटको यो प्रथामिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पताल प्रस्ताव गरेर निशुल्क सेवा दिने भनेर स्वास्थ्य मन्त्रालय संग सम्झौता गरेपनि अस्पताल बन्ने प्रक्रिया मन्त्रालयमा त्यसै थन्किएको छ । स्रोतका अनुसार अस्पताल बनाउदा स्वास्थ्य मन्त्रालयबाटै दरबन्दी सिर्जना भएर कार्यालय प्रमुखका रुपमा माथिल्लो तहका डाक्टरको दरबन्दी आउन सक्ने कारण अस्पताल सञ्चालनको नेतृत्व आफ्नो हातबाट फुत्कीएर सरकारी डाक्टरको हातमा जाने डरले न्याय हेल्थका पहुँचवाला कर्मचारी नै अस्पताल बनाउने प्रक्रिया अगाडी बढाउन खोज्दैनन् । ‘नत्र एउटा अस्पताल ५ बर्ष देखी प्रस्तावित मात्र भएर किन बस्छ?’ एक कर्मचारीले प्रश्न गरे ।  

यता न्याय हेल्थ चरिकोटका प्रमुख समेत रहेका अस्पतालका मेडिकल निर्देशक विनोद दंगाललाई प्रतिक्रिया माग्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । नागरिकन्युजल पटक पटक फोन र म्यासेज गर्दा समेत उनी सम्पर्कमा आउन नचाहेका हुन् । एक स्थानिय रेडियो संगको प्रतिक्रियामा भने दंगालले लकडाउनका कारण अस्पताललाई सहयोग गर्दै आएको अन्तराष्ट्रिय दातृ निकायको सहयोग रोकिएका कारण बजेट अभाव भएकाले संस्थाको केन्द्रिय स्तरको निर्णय अनुसार संस्थाले काम गर्दै आएका देशैभरीका संस्थामा मापदण्ड बनाएर कर्मचारी कटौती गरिएको बताएका छन् ।

अर्को समाचार
बढैयाताल गाउँपालिकामा व्यापक आर्थिक अनिमियतता
१३ असोज २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
बढैयाताल गाउँपालिकामा व्यापक आर्थिक अनिमियतता

कर्मचारीको तलब भत्ता भुक्तानी हुने गरी अमृत श्रेष्ठलाई तीन लाख ३५ हजार र कानुनी सल्लाहाकारका रुपमा धुर्व प्रसाद बश्याललाई मासिक २० हजारका दरले २ लाख ७० हजार बढैयाताल गाउँपालिका भुक्तानी गरेको छ। कर्मचारी भनिएका श्रेष्ठ गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठका छोरा हुन्। लुम्बिनी प्रदेश सरकारले पदाधिकारी नाममा भुक्तानी गर्ने ऐनमा व्यबस्था गरेको छैन।

स्थानीय सरकारको संचालन ऐनमा ८३(८)मा तोकिएका बाहेकका पदमा कर्मचारी पदपुर्ती गर्न नहुने उल्लेख छ। पालिकाले पदाधिकारीको मासिक पारिश्रमिक सुबिधामा १५ लाख ५७ हजार खर्च लेखेको छ। पालिकाबाट ५५ लाख १९ हजार ५ सय, अन्य सुबिधाबापत ५ लाख र पदाधिकारी बैठक भत्ताबापत दश लाख भुक्तानी भएको रेर्कडले देखाउँछ।  

महालेखाको परीक्षकको प्रतिवेदनमा खाना र विविध खर्चमा आर्थिक वर्षमा ७८ लाख ४५ हजार ३ रुपैयाँ ३० पैसा खर्च भएको छ। शुरुमा गरिएको बजेट बिनियोजनमा विविध खर्च ३९ लाख ३६ हजार उल्लेख भएपनि १९ दशमलब ३१ प्रतिशत रकमान्तर गरी बजेट भन्दा ३९ लाख ९ हजार बढी खर्च भएको छ।

आन्तरिक आयको परिधिभित्र रहेर औचित्य प्रष्टाएर खर्च गर्नपर्ने ऐनमा स्पष्ट उल्लेख छ। बढैयाताल गाउँपालिकाले कानुन नबनाई अर्थ मन्त्रालयबाट स्वीकृत नलिई आर्थिक वर्षमा प्रोत्साहन भत्तास्वरुप प्रमुख प्रशासकयि अधिकृतलाई दश हजार, अधिकृत आठौं/ सातौंलाई ७ हजार ५ सय, छैटौंको ७ हजार, चौथौं/पाचौंको ६ हजार ५ सय र कासको रु. ६ हजार गरी  २४ लाख ७८  हजार ३ सय ६६ रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिबेदनले पुष्टि गरेको छ।  

कल्याण कोषबापत जम्मा गर्ने रकमसमेत दुरुपयोग भएको पाइएको छ। अनुगमन भत्ता कर्मचारी र पदाधिकारीको नाममा २३ लाख २९ हजार खर्च भएको देखिन्छ। गाउँपालिकाले डिपिआर गर्ने भन्दै ४६ लाख ९ हजार भुक्तानी गरेको छ। तर डिपिआरका लागि खर्च भएका खोलाको आईई रिपोर्ट र बोलपत्र आव्हान नगर्दा गाउँपालिका थप व्ययभार थपिएको छ। डिपिआर गर्ने भनेर दिईने भुक्तानी रकमको ५० प्रतिशत रकम पदाधिकारी र कर्मचारीलाई कमिशनवापत कन्सल्टेन्सी दिन पर्ने व्यवहारिक कानुन स्थानीय तहमा रहेको स्रोतको दाबी छ।

सफ्टवेयर खरिद, योजना सफ्टवेयर भएको भुक्तानी समेत महालेखाले अनिमियतता औल्याएको छ। समपुरक बजेट ५० प्रतिशत गाउँपालिकाले व्यहोर्न पर्ने स्पष्ट उल्लेख भएपनि अन्जना यादव जेभिलाई रु १ करोड भुक्तानी भएको छ। गाउँपालिकाले ५० लाख व्यहोर्न पर्नेमा अनुदानबाट भुक्तानी दिएको छ। रसिद, राजश्व दाखिला, व्यावसायिक करमा लापरबाहीले अद्यावधिक नगरेको र नगद लागत सहभागीबाट जुट्ने आयोजनालाई प्राथामिकतामा नदिएको समेत प्रतिबेदनमा उल्लेख छ। बढैयाताल गाउँपालिकाको अद्यावधिक बेरुजुको स्थिति गत वर्षसम्म १६ करोड १४ लाख रहेको बेरुजु थप भएर ०७६/७७ मा २५ करोड ८६ लाख पुगेको छ। स्थानीय तहमा ठाकुरबाबा नगरपालिकामा अनिमियततामा अघि देखिएको छ। ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल र लेखा अधिकृत युवराज अधिकारीको मिलिमतोमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा नक्कली डोर हाजिर फर्म भरेको र कन्टेजेन्सीको रकम अनियमित तरिकाले खर्च गरेको आरोप छ।

नगर प्रमुख श्रेष्ठले शिक्षा शाखाका प्रमुख रिजाललाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएर आफु अनुकुल कार्य गरिरहेको नगर प्रमुख श्रेष्ठलाई लागेको अर्को आरोप हो। ठाकुरबाबाले आर्थिक वर्ष ०७६/७७ को अडिट गरेको छैन। आर्थिक वर्ष ०७५/०७६ मा ७ करोड २५ लाख ७८ हजार बेरुजु फर्छौट हुन सकेको छैन।  

जनताको करबाट जम्माको भएको रकमा अनिमियतता गरेको पाइएमा अख्तियार अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धिकरण विभागले नियन्त्रण गर्न पर्ने नेपाली काँग्रेसका युवा नेता विनु पाण्डेले बताए। ‘सर्वसाधरण खुन पसिना बगाएर तिरेको राजश्वमा ब्रह्मलुट हुनु भएन भन्ने हो,’ पाण्डेले भने, ‘जनताको घर दैलो विकास गर्न केन्द्रीय सरकारले बिनियोजन गरेको अनुदानका रकमको सही सदुपायोग गर्न सम्बन्धित निकायको ध्यान आर्कषण हुन जरुरी छ।’ स्थानीय तहमा मौलाएको अनिमियता नियन्त्रण गर्न तत्काल सम्बन्धित निकायले कारबाही गर्न शुरु गरेपछि अनिमियतता नियन्त्रणमा आउने उनको भनाइ छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस