प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार
०५ वैशाख २०७८
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार

सन्दर्भ–१

भारतबाट फर्केका वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भयो । उनी एक महिना भारतको नयाँ दिल्लीमा बसेर त्यहाँ कोरोना कहर मच्चाउन थालेपछि दश दिनअघि घर फर्केका थिए ।

नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी उत्तै संक्रमित भएर फर्किएको स्वास्थ्यकर्मीहरूको अनुमान छ । घर फर्किनेबितिकै संक्रमण बढ्दै गएपछि उपचारका लागि भर्ना हुनुअघि आरटी पिसिआर जाँचमा उनी कोरोना पोजेटिभ पुष्टि भएका थिए । उपचारका लागि नारायाणी अस्पताल वीरगन्जमा भर्ना थिए ।  

सन्दर्भ–२

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय युवकको मंगलबार मृत्यु भयो । चैत २४ गते भारतको हैदरावादबाट घर फर्किएका उनको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पताल वीरगन्ज आएका उनको आरटी पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत थिए ।

उल्लिखित घटनाले कोरोनाको दोस्रो लहर युवादेखि जेष्ठ नागरिक सबैलाई सिकार बनाउन सक्ने पुष्टि हुन्छ ।

परीक्षण गराउने आधामा संक्रमण पुष्टि

शनिबार प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएअनुसार १२७ वटा नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको छ । यो दर परीक्षणको ५५ प्रतिशत हुन आउँछ । निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवकाअनुसार कूल थपिएका संक्रमितमध्ये पर्साका मात्र ५० जना छन । जसमध्ये वीरगन्ज महानगरपालिकाका ४७ जना छन् । बाँकी तीन जना पर्साकै छिपरमाई गाउँपालिका, बहुदरमाई नगरपालिका र सखुवा परसौनी गाउँपालिकाका छन्र ।

परीक्षणमा बाराका ४ जना र रौतहटका ८ जनामा संक्रमण पुष्टि भएको छ । धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि बिहीबार प्रदेश २ मा ११२ वटा नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको थियो ।  जसमध्ये नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको ७८ नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा पर्साको वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना थिए । बाराका ३ जना, रौतहटका २ जना, काठमाडौं र हेटौडाका २ जना र बाँकी जनकपुरका छन ।  

कोरोनाको दोस्रो लहर सुरु भएयता परीक्षण गरिएकामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा कोरोना संक्रमणले भयावह रूप लिन थालिसकेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।

चैत १ गत्तेसम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ थियो । पर्सामा ५, बारामा ४ र रौतहटमा २ जना संक्रमित होम आइसोलेसनमा थिए । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही जिल्लामा संक्रमण शून्यमा झरेको थियो ।

कोरोनाको दोस्रो लहर सुुरु भएयता प्रदेश २ मा ३४२ संक्रमित थपिएर संक्रिय संक्रमितको संख्या ३५३ पुगेको छ । यसबीचमा संक्रमण पुष्टि भएका ४ जनाको निधन भएको छ र मृतकको संख्या २१३ पुगेको छ ।

परीक्षणको दायरामा आएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भैरहेको छ भने परीक्षण हुन बाँकी कति अझै समुदायमै संक्रमण फैलाइरहेका होलान् । संक्रमण तीव्र गतिमा फैलिरहँदा पहिचान, परीक्षण र उपचारको अवस्था नाजुक छ । सीमापारिबाट बेरोकटोक मानिसहरू आउजाउ गरिरहेका छन स्वास्थ्य निर्देशनालयका निर्देशक झाले भने,‘पारिबाट सघन आउजाउले संक्रमणको जोखिम बढाइरहेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा मानिसहरूको लापरवाही बढ्दो छ ।’ शुक्रबार जनकपुरधाममा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रदेशमा संक्रमणको अवस्था, नियन्त्रणका उपायबारे छलफल भएको निर्देशक झाले बताए । 

मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू, मुख्यसचिव, सुरक्षा प्रमुखहरू सामक्ष कोरोना तीव्र गतिमा फैलिरहेकोले चाँडै उपचार अस्पतालको व्यवस्थापन नभए अवस्था भयावह हुने झाले सचेत गराएको छ । पहिचान, परीक्षण र उपचारात्मक विधिलाई छिटोभन्दा छिटो चुस्त दुरुस्त बनाउनुपर्ने सुझायौं, झाले भने,‘ ढिलाइ भए स्थिति सम्हाल्न नसकिने गरी नियन्त्रणबाहिर जान सक्नेतर्फ सचेत पनि गरायौं । जुन गतिले संक्रमण फैलिरहेको छ, हाम्रो तयारी नाजुक छ ।’

प्रदेशमा सक्रिय संक्रमितको संख्या ३५३ पुगिसक्दा कोभिड डेडिकेटेड अस्पताल तयार गर्न सकेका छैनौं झाले भने,‘बिरामी बढ्या बढयै छ । तर, कोभिड अस्पताल नै छैन ।’

अहिले नागरायणी अस्पताल वीरगन्जले सीमित आइसोलेसन कक्ष संचालन गरेकोले बिरामी थोरै भए पनि राहत पाएका छन् । ३५३ संक्रमितमध्ये ३४६ जना संक्रमित होम आइसोलेसनमा छन् । सात जना संक्रमित मात्र नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचारार्थ भर्ना छन् ।

सप्तरीमा ३ जना, सिरहामा ८ जना, धनुषामा ४० जना, महोत्तरीमा १७ जना, सर्लाहीमा ३ जना, रौतहटमा १५ जना, बारामा ४८ जना र पर्सामा २१२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमूनामा मात्रै कोरोना संक्रमण पुष्टि हुन्थ्यो । अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भैरहेको छ । निर्देशक झाकाअनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेहरूलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सिधै घरमा जान्छन्, समुदायमा जान्छन् । भारतबाट फर्किनेहरू पनि सिधैं घरमा गइरहेको छ । अहिले परीक्षण गराउन अस्पताल पुग्नेहरू प्रायः कडा लक्षण देखा परिसकेकाहरू मात्रै छन् । कति संक्रमितहरू समुदायमै संक्रमण बाँडेर बसिरहेका होलान् ठेगान छैन । झन यो भेरिएन्ट पहिलाको भन्दा तीव्र गतिमा संक्रमण सार्छ । कोरोना संक्रमण वृद्धिको दर हेर्ने भने समुदायमै संक्रमण फैलिसकेको पुष्टि हुन्छ, उनले भने । वैशाख महिनाको मध्येबाट संक्रमितको संख्या अझ धेरै हुने अनुमान छ । गत वर्षको साउन महिनामा यस प्रदेशमा संक्रमणका भयावह अवस्था थियो । वैशाखको मध्यमा साउनको झल्को दिने गरी संक्रमण बढ्ने स्वास्थ्यविज्ञहरूको प्रक्षेपन छ । पहिलो लहरको साउन महिनामा कूल संक्रमितको आधा संक्रमित यसै प्रदेशमा थियो ।  

तयारी छैन

प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढिरहँदा सरकारी तयारी भने शून्य देखिन्छ । प्रदेश सरकारले अहिलेसम्म कोभिड डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न सकेको छैन । शुक्रबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले मातहतका मन्त्रालयलाई छिटो अस्पताल र उपचारात्मक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन् ।

संक्रमणको पहिलो लहरका बेला संचालनमा ल्याइएका आइसोलेसन सेन्टरहरू संक्रमित घट्दै गएपछि बन्द भए । जिल्ला अस्पतालहरूले पनि आफ्नो आइसोलेसन सेन्टरहरू बन्द गरे ।  

संक्रमणको पहिलो लहरका बेला प्रादेशिक अस्पताल जनकपुरमा ४८ शैय्याको आइसोलेसन सेन्टर संचालन गरिएको थियो । जिल्ला अस्पताल सिरहाले चन्द्र माध्यमिक विद्यालयमा १७८ शैय्याको आइसोलेसन सेन्टर संचालन गरेको थियो । अर्को आइसोलेसन सेन्टर महेन्द्र गेनाई अस्पतालमा संचालन गरिएको थियो । जिल्ला अस्पतालका प्रमुख डा. नागेन्द्र यादवका अनुसार त्यो बेलाको आइसोलेसन व्यवस्थापन खर्च र कर्मचारीको तलबभत्ता वापतको करिब पाँच करोड रुपैयाँ बक्यौता छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको बेवास्ताले बक्यौता फछ्र्योट हुन नसकेको उनले बताए । अब पहिलाकै हालतमा आइसोलेसन सेन्टर संचालन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

छैन सतर्कता

कोरोना संक्रमण बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन । दिनहुँजसो भीडभाड बढिरहेको छ । सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन ।

सिरहा जिल्ला प्रसाशन कार्यालयले चैत ३० गत्ते सूचना जारी गर्दै छिमेकी भारत लगायत विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गएकाले नयाँ वर्षको अवसरमा आयोजना हुने मेलाहरू नगर्न आग्रह गरिएको थियो । प्रशासनले भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि नयाँ वर्षलाई स्वागत गर्न भन्दै सिरहाको लहान, लक्ष्मीपुरपत्तार, भगवानपुर, पकडियागढ, सिरहा क्षेत्रमा मेला लाग्यो । मेलामा सहभागीले न मास्कको प्रयोग गरेका थिए,न त व्यक्तिगत दूरी नै कायम गरेका थिए ।  

नाकामा बेरोक आउजाउ

प्रदेश–२ को आठवटै जिल्लाको सीमा भारतको विहार राज्यसँग जोडिएको छ । भारतीय राज्य विहारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको छ । राजधानी पटनादेखि नेपाली सीमा गाउँसम्मै संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।  

प्रदेश–२ मा पछिल्लो समय फैलिएको संक्रमणको लहरो पारिबाटै जोडिएको चिकित्सक बताउँछन् । वारिपारि सहज आउजाउका कारण सीमा जोडिएका जिल्लामा संक्रमण घट्नुको साटो बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देश विजय झा बताउँछन् । पछिल्लो समय यस प्रदेशमा समुदायमा फैलिँदै गएको संक्रमणको लहरो पनि पारिबाटै आएको उनले बताए ।  

दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिए पनि लुकीछिपी आउजाउ गर्ने नरोकिएका कारण प्रदेश–२ का सीमावर्ती पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमण स्वतः बढेर गएको छ । सीमावर्ती क्षेत्रबीच सघन आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । पर्सा, बारा, रौतहट र सर्लाहीका उद्योगहरूमा ठूलो संख्यामा भारतीय कामदार काम गर्छन् । यस प्रदेशका सबै जिल्लाका इँटा उद्योगमा भारतीय कामदार छन् ।  

पछिल्ला दिनमा वीरगन्जमा संक्रमण एकाएक बढ्नुमा वारिपारि सघन सम्पर्कलाई कारण ठानिएको छ । वीरगन्जका विभिन्न उद्योग र सुक्खा बन्दरगाहमा ठूलो संख्यामा भारतीय कामदार काम गर्दै आएका छन् । सीमा बन्द गरिए पनि उनीहरू लुकीछिपी जाने गरेको पाइएको छ । सीमामा गरिएको लापरबाहीका कारण संक्रमण समुदायमा फैलिएको स्थानीय बताउँछन् । पारिबाट संक्रमण बोकेर आएकालाई सुरक्षित व्यवस्थापन गर्न नसक्दा समुदाय जोखिममा पर्दैछ ।’  

प्रशासनले सीमामा कडाइ गरेको बताए पनि भारतीय बजार गई एक किलो चिनी खरिद गर्ने नेपालीको भीड अहिले पनि उस्तै छ । पारि जाँदासम्म भारतीय सुरक्षाकर्मी जाँच गर्ने भएकाले मास्क लगाएजस्तो गर्ने र उताबाट बिनामास्क स्वदेश आउने गरेको पाइन्छ । नाकाको हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  ‘मुख्य कुरा भारततर्फ नेपाली जाने र उतादेखि आउने कामलाई बन्द गर्नुपर्छ,’ सिरहाका जिल्ला स्वास्थ्य प्रमुख कृष्ण यादवले भने, ‘अहिले दिनहुँ संक्रमितको संख्या बढ्नुमा मानिसको लापरबाही र नाका कडाइमा कमजोरी मुख्य कारक हो ।’

लोकप्रिय
अर्को समाचार
जनकपुर र वीरगंजका अस्पतालमा वेड अभाव भएपछि सर्लाहीमा प्रदेश सरकारको आइसोलेसन वार्ड
१० जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जनकपुर र वीरगंजका अस्पतालमा वेड अभाव भएपछि सर्लाहीमा प्रदेश सरकारको आइसोलेसन वार्ड
आइसोलेसन वार्ड तयार पारिएको सर्लाही सदरमुकाम मलंगवास्थित नर्सिङ कलेज । तस्बिर : टंक/नागरिक

प्रदेश दुई सरकारले कोरोना भाइरसबाट संक्रमित राख्नका लागि सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको छ । प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल लगायत ठाउँहरुमा वार्ड अभाव भएपछि प्रदेश सरकारले सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको हो ।

प्रदेश सरकारले सदरमुकाम मलंगवास्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा नयाँ आइसोलेसन वार्ड तयार पारेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘आजै ५० बेडको आइसोलेसन वार्ड तयार भईसकेको छ’, प्रजिअ जिसीले शनिबार नागरिकसँग भने, ‘ठूलो भवन भएकाले आवश्यकता अनुसार अझै बेड संख्या थप गर्दै लैजाने तयारी छ ।’

प्रदेश सरकारका पदाधिकारी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले आइसोलेसन वार्ड तयार पारेका हुन् । उक्त आइसोलेसन वार्ड प्रदेश सरकार मातहतको जिल्ला अस्पतालले सञ्चालन गर्ने प्रजिअ जिसीले जानकारी दिए ।

पछिल्लो समय सर्लाहीमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीका ३३ जना पुगेपनि ३२ जनामात्र सम्पर्कमा आएको र एकजना अझै फेला पर्न नसकेको प्रजिअ जिसीले बताए । ३२ जना मध्ये १६ जना प्रादेशिक अस्पताल जनकपुर र १ जना वीरगंजमा उपचाररत छन् भने तीनजना काठमाडौंमै रहेका छन् । शनिबार बिहान पुष्टी भएका १३ जना मध्ये १२ जनालाई नयाँ तयार पारिएको मलंगवा स्थित आईसोलेसन वार्डमा राखिने प्रजिअ जिसीले जानकारी दिए । एकजना भने काठमाडौंमै उपचाररत रहेका छन् ।

गोडैता नगरपालिकाको क्वारेन्टिनमा रहेका १२ जनालाई शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना पोजेटिभ देखिएको हो । ती १२ जनालाई अहिले शनिबार साँझसम्म मलंगवा स्थित आईसोलेसन वार्डमा ल्याईने प्रजिअ जिसीले जानकारी दिए ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस