संग्रह
कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग
प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु अवरुद्ध हुने भएकोले यसको बिकल्प खोज्न माँग गदैैै बिरोध शुरु भएको हो ।
नर्समा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द
स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिकाका आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत उनी स्टाफ नर्सलाई अस्पताल कै आईसोलेन बेडमा उपचाररत छिन्। स्टाफ नर्स संक्रमित भएपनि अस्पतालमा सेवा सुचारू गरिएकोमा तौहिलवामा विरोध सूरू भएको थियो ।
प्रत्येक जिल्लामा कोरोना अस्पताल चाहियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का सबै जिल्लामा कोरोना विशेष अस्पताल निर्माण गर्न सरकारसँग माग गरेको छ । प्रदेश २ कोरोना भाइरस संक्रमणको अत्यन्त जोखिममा रहेको जनाउँदै नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले कोरोना नियन्त्रण तथा उपचारमा विशेष ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेका हुन् ।
वीरगन्जमा अस्पताल अपुग, नयाँ संक्रमित राख्ने ठाउँ समेत छैन
सर्वसधारणलाई उपचार प्रदान गर्ने मुख्य आधार रहेको यहाँको नारायणी अस्पताल अहिले कोरोना संक्रमितहरुबाट भरिएर त्यहाँ नयाँ संक्रमित राख्ने ठाउँ अब छैन । यसले गर्दा गैरकारोनाका आम बिरामीले उपचार पाउने ठाउँ वीरगन्जमा नहुनाका साथै कोरोनाका संक्रमितलाई पनि त्यो ठाउँ अपुग भएर समस्या ज्युँका त्युँ छ ।
सँगै बजेट आएको बाग्लुङमा आइसियु बन्यो, गोरखामा टुङ्गो छैन
दोस्रो पटक वैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन् । ती फर्मको प्राविधिक र आर्थिक मूल्याङ्कन हुन बाँकी छ ।
पाँच सातामा सात जनाको मृत्यु
नारायणी अस्पताललाई कोभिड–१९ विशेष अस्पताल बनाइँदा त्यहाँ सञ्चालित डाइलासिस सेवा बन्द भएपछि नेसनल मेडिकल कलेजमा सारिएका, डाइलाइसिस उपचार लिइरहेका ४० मिर्गौला रोगीमध्ये सात जनाको मृत्यु भएको छ । पीडित पक्षले यी मृत्युका घटना नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको गम्भीर लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।
कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती
कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।
कोरोना संक्रमितलाई अस्पतालबाट फिर्ता लग्न दबाब
पोखरिया नगरपालिकाबाट बिहीबार यहाँ ल्याइएका ४ जना कोरोना संक्रमितको उपचार खर्चको भार आफुले उठाउन नसक्ने भनी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले पोखरियाका नगरप्रमुख दिपनारायण रौनियारलाई टेलीफोन गरेर आफ्नो बिरामीलाई फिर्ता लैजान भनेका हुन्।
माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए
बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ ।
पत्रकारको उपचारमा ५० प्रतिशत छुट
सुनसरी जिल्लाका पत्रकारहरूको नोबेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।