कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती
१३ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती
रोल्पा अस्पताल । तस्बिर : दिनेश/नागरिक

कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।

अस्पताल आउने बिरामीको संख्या घटे जस्तै पछिल्लो समय गर्भ जाँच गर्न आउने गर्भवतीको संख्यामा समेत उल्लेख्य कमी आउको छ । मातृ मृत्युदर र शिशु मृत्युदर बिस्तारै घट्दै गएको अवस्थामा गर्भवतीहरु नियमित जाँच गर्न आउन छोडेपछि त्यसले पार्ने नकारात्मक असरका बारेमा समयमै चासो दिनु पर्ने देखिन्छ ।  

रोल्पा अस्पतालमा गत वर्षको तुलनामा यो वर्ष लकडाउन भएको समयमा गर्भ जाँच गर्न आउनेको संख्या निकै घटेको छ । पोहर चैतमा ८५ जनाले अस्पतालमा गर्भ जाँच गराएकोमा यो वर्ष २९ जनाले मात्र जाँच गराएका छन् । त्यसैगरि गत वर्षको बैसाखमा ६९ जनाले गर्भ जाँच गराएकोमा यस पटकको बैसाखमा ४१ जनाले मात्र जाँच गरेको तथ्यांक छ ।  

अस्पतालमा हुने सुत्केरीको संख्या त्यती धेरै नघटे पनि गर्भ जाँच गराउनेको संख्या धेरै घटेको पाइएको हो । त्यसो त अस्पतालमा मात्र नभएर गाउँ गाउँमा रहेका बिभिन्न स्वास्थ्य संस्थामा पनि गर्भ जाँच र संस्थागत सुत्केरीको संख्या घटेको छ । एक महिनाको खोप पूर्ण रुपमा अवरोध भएको यहाँ अन्य नियमित बिरामी पनि स्वास्थ्य संस्था आउन छाडेका हुन् ।  

गर्भ जाँच घटे जस्तै जिल्लामा सुरक्षित गर्भपतन गर्नेहरुको संख्या पनि घट्दै गएको छ । ‘गाडि बन्द छ । रित्तै हिँड्न त गाह्रो हुन्छ झन् भारी पेट पैदल हिँडेर अस्पताल आउन गर्भवतीहरुलाई समस्या हुन्छ ।’ रोल्पा अस्पतालकी स्टाफ नर्स मिना कुवर भन्छिन् ‘कतिपय गर्भवतीले गाउँमा रहेका स्वास्थ्य संस्थामा जचाउनु भएका होला भने कतिपयले नजचाएको पनि हुन सक्छ । हामिले पनि लकडाउनको सुरुमै सकेसम्म अस्पताल नआउन सुझाएका थियौ ।’

नियमित गर्भ जाँच नगर्दा सुत्केरीको समयमा वा अन्य कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै चिकित्सकहरु सकेसम्म सुरक्षित मातृत्वका सवालमा अलि उद्वार हुनु पर्ने बताउँछन् । ‘नियमित गर्भ जाँच नगर्दा गर्भावस्थामा देखिएका खतराका लक्षणहरु देख्न सकिदैन जसले गर्दा पछि आउन सक्ने जटिलताहरु थाहा हुदैन ।’ रोल्पा अस्पताल प्रमुख धनमायाँ घर्ती भन्छिन् ‘समय मै समस्या पत्ता नलागेका कारण आमा र बच्चालाई थपिन सक्छ ।’

देश लकडाउनमा गएपछि तीनै तहका सरकार र स्वास्थ्य क्षेत्रको जिम्मा पाएका सरकारी तथा गैर सरकारी निकाय सुरक्षित मातृत्वका सवालमा करिब करिब मौन जस्तै छन् । गर्भ जाँच प्रोत्साहन गर्न भन्दै रकम समेत उपलब्ध गराउने गरेको सरकार यतिबेला आमा र बच्चाको स्वास्थ्यका मुद्धामा बोलेको छैन ।

लोकप्रिय
अर्को समाचार
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना
२४ फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना

१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।

इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका– २ का ६९ बर्से दिलबहादुर बोखिम राईलाई यस्तो फैसला सुनाएको हो। दिलबहादुरसहित अन्य दुईजनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख र जेठमा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए।

घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो। त्यसपछि ०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुुष्टि गरेको थियो। गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्युक्लिक एसिड (डिएनए) विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ।

अदालतले गत १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो। फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ। घटनाका थप दुई आरोपीले भने बालिकामाथि करणी गरेको पुुष्टि नभएपछि सफाइ पाएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस