गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ। यसनिम्ति पालिकाले ५० झन्डा तयार पारिसकेको छ। झन्डामा गर्भवती महिला अंकित चित्र छापिएको छ। यसले कुन घरमा गर्भवती छन् भन्ने थाहा हुने छ।
गाउँपालिकाभित्र कोही महिला गर्भवती भएमा उनीहरूको स्वास्थ्य रेखदेखका लागि स्थानीय सरकारको ध्यान केन्द्रित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सिनियर अहेब लक्ष्मणराज शाहीले बताएका छन्। शाहीका अनुसार गत वर्ष ५० हजार बजेट विनियोजन भएको थियो। कार्यक्रम एकदुई दिनमा लागु हुने उनको भनाइ छ। वडामा रहेको स्वास्थ्यचौकीले तथ्यांक संकलनको काम अन्तिम चरणमा पुर्याइसकेको छ।
‘गर्भवती हुँदा महिलाले अनेकौं दुःख–पीडा सहन बाध्य छन्’, उनले भने, ‘जोखिम कम गर्न पनि यो कार्यक्रम सुरु गरेका हौं।’ स्वास्थ्यमा ख्याल नगर्ने, आराम नगर्ने, पोषणयुक्त खाना खानुपर्छ भन्ने चेतना कमीले बच्चा र आमाको स्वास्थ्यमा असर पर्ने गरेको उनले बताए। उनले भने, ‘यसको न्यूनीकरणका लागि पालिकाले कार्यक्रम बनाएको हो।’
कतिपय महिला गर्भवती अवस्थामा चेकजाँच नगर्ने र घरमै सुत्केरी हुने गरेको अस्पताल नर्सिङ निरीक्षण लक्ष्मी रोकायाले बताइन्। उनले भनिन्, ‘यसको अन्त्य गर्न गर्भवतीलाई पौष्टिक खानेकुरा, फलफूल खान र स्वास्थ्य संस्थामा आएर जाँच गर्नेलगायतका शिक्षा प्रदान गर्ने गरेकाले यसको प्रभावमा देखिन थालेको छ।’
गत आर्थिक वर्षभन्दा यो वर्ष पहिलोपटक जाँच गर्न आउने गर्भवतीको संख्या बढेर नौ सय ४५ पुगेको उनले बताइन्। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २० वर्षमुनिका गर्भवतीको संख्या एक सय ७४ थियो। आव २०७८/०७९ मा बढेर ११ सय १९ पुगेको छ। चालु आवमा योभन्दा अझ बढ्ने उनी बताउँछिन्।
त्यस्तै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिला संख्या कम छ। गाउँपालिकाका अनुसार आव २०७७/०७८ मा तीन सय २३ जना गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भए भने आव ०७८/०७९ मा तीन सय ६१ जना गर्भवती स्वास्थ्य संस्थामा आएका छन्। यो तथ्यांक हेर्दा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिला संख्या ३८ ले मात्र वृद्धि भएको छ; यो अपेक्षाकृत होइन।
१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।
इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका– २ का ६९ बर्से दिलबहादुर बोखिम राईलाई यस्तो फैसला सुनाएको हो। दिलबहादुरसहित अन्य दुईजनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख र जेठमा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए।
घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो। त्यसपछि ०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुुष्टि गरेको थियो। गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्युक्लिक एसिड (डिएनए) विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ।
अदालतले गत १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो। फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ। घटनाका थप दुई आरोपीले भने बालिकामाथि करणी गरेको पुुष्टि नभएपछि सफाइ पाएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।