जटिल अवस्थामा बागलुङबाट पोखरा रिफर गरेकी गर्भवतीको बेनीमा सफल उपचार
०८ साउन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
जटिल अवस्थामा बागलुङबाट पोखरा रिफर गरेकी गर्भवतीको बेनीमा सफल उपचार
बागलुङ नगरपालिका–८, सिगानाकी २१ वर्षीया आरती मल्लको बेनी अस्पतालमा आकस्मिक शल्यक्रियापछि अस्पतालमा । तस्बिर : हरिकृष्ण गौतम

गम्भीर अवस्थाकी एक गर्भवती महिलालाई धौलागिरी अञ्चल अस्पताल बागलुङले पोखरा रिफर गरेपछि बाटोबाटै फर्किएर बेनी अस्पताल म्याग्दीमा सफल उपचार भएको छ । बागलुङ नगरपालिका–८, सिगानाकी २१ वर्षीया आरती मल्लको बेनी अस्पतालमा आकस्मिक शल्यक्रियामार्फत उपचार गरिएको हो । 

सुत्केरी बेथा लागेपछि सोमबार राती १२ बजे अञ्चल अस्पताल बागलुङमा पुगेकी उनको त्यहाँ सामान्य चेकजाँच समेत नगरी सिधै पोखरा रिफर गरिएको थियो । त्यसपछि ट्याक्सीमार्फत पोखरा जाने क्रममा पवर्तको मालढुङ्गा नजिकै नयाँपुल पुग्दा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको अवस्थामा म्याग्दी आएर बेनी अस्पतालमा उपचार गरिएको उनको आफन्त प्रतिभा शाहीले बताइन् ।

‘बागलुङको भन्दा राम्रो सेवा बेनीमा रहेछ,‘सेवाबाट निकै उत्साहित भयौं’ शाहीले भनिन् । म्याग्दीबाट बागलुङमा उपचार गर्न जाने गरेको अवस्थामा पछिल्लो केही वर्षयता बेनी अस्पतालमा अनुभवी चिकित्सक र बिरामीमैत्री वातावरणका कारण उपचार सम्भव देखेर मध्यरातमा फर्किएको उनले बताइन् । ‘बुहारीलाई व्यथा लागेर बागलुङ अस्पतालमा लगेपनि स्टाफनर्सले यहाँ डाक्टर नभएकाले पोखरा लैजानु भने,‘आफ्नै जिल्लामा सेवा लिन नपाएपछि मध्यरातमा छिमेकी जिल्लामा पुगेर सेवा लिइयो’ उनले भनिन् । धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले उपचार गर्न नसकिने बताउँदै पोखरा लैजानु भनेकाले जाने क्रममा बाटो बन्द भएपछि उपचारका लागि बेनी आउने जानकारी पाएपछि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको थियो । अञ्चल अस्पताल भएर पनि उपचार गनुको सट्टा अन्यत्र रिफर गर्दा बिरामी र आफन्तले सास्ती बेहोर्नु परेकोमा गुनासो सुत्केरीका आफन्तले गरेका छन् ।

मध्यरातमा उपचारका लागि बेनी अस्पताल आएकी गर्भवती महिलाको शल्यक्रियामार्फत उपचार गरी बच्चा निकालिए पनि दुवैको अवस्था सामान्य रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘सेवाका लागि छिमेकी जिल्लाबाट आउने क्रम जारी छ,‘मध्यरातमा एउटा गर्भवती महिलाको ज्यान जोगियो, परिवारका खुसीयाली छायो’ कटुवालले भने । उनका अनुसार अस्पतालको स्पेशल केयर युनिटमा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगराीमा उपचार भैरहेको छ । व्यथा लागेर सुत्केरी हुनका लागि बेनी अस्पतालमा आएकी ती महिलाको गर्भबाट बच्चाको खुट्टा निस्किसकेको अवस्थामा आएपछि तत्काल शल्यक्रियाको प्रक्रियामा गएको डा.सागर लामिछानेले बताए । ‘त्यस्तो अवस्थामा तत्कालै सफल उपचार गरियो,‘यो जटिल अवस्था थियो,‘बच्चाको खुट्टा बाहिर निस्किएको थियो’ डा. लामिछानेले भने । आकस्मिक शल्यक्रियामार्फत उपचार गरेपछि उनको छोरा जन्मिएको छ भने डेलिभरी हुन एक महिनाको समय अर्थात ३५ हप्ताको अवधिमै बच्चा जन्मिएको चिकित्सकको भनाई छ ।

उनको अहिले जन्मिएको बच्चा पहिलो हो । डा. लामिछानेसहित सिनियर अनमी रुविना थापा, एनेस्थेसिया असिस्टेन्ट सुनिता महर्जन, स्टाफनर्स सुमित्रा शाही, झरना श्रेष्ठ र हेल्पर निरा गर्बुजाको टिमले गर्भवती महिलाको आकस्मिक शल्यक्रियामार्फत सफल उपचार गरेको थियो ।  

यसअघि पनि बागलुङ जिल्लाकै एक महिलाको अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि पोखरा जाने क्रममा कास्कीको नयाँपुलमा पुग्दा पहिरोले सडक अवरुद्ध बनाएको थियो । त्यसपछि पर्वत अस्पतालमा समेत उपचार हुन नसकेपछि उनको पनि बेनी अस्पतालमा आएर आकस्मिक शल्यक्रियमार्फत उपचार गरिएको थियो । अञ्चल अस्पताल भएर पनि बागलुङमा सुत्केरी हुनका लागि आवश्यक सेवासुविधा नहुनु निकै दुःखद पक्ष भएको बिरामीको भनाइ छ ।

बेनी अस्पतालमा निक साईमन इस्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगले पछिल्लो समय म्याग्दी जिल्ला बाहिरबाट समेत प्रसुती सेवा लिन आउनेको चाप बढेको छ । अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेसन समेत गर्ने गरेकाले पोखरा रिफर गरिएका पर्वत र बागलुङ अस्पतालका बिरामी समेत बेनीमा आउने गरेका छन् । चिकित्सा क्षेत्रमा ठूला र आकस्मिक रुपमै गर्नुपर्ने शल्यक्रियाभित्र पर्ने एक्टोपिक प्रेग्नेन्सी जस्ता जटिल सेवामा समेत चिकित्सकले सफलता प्राप्त गरेका छन् । रिफर गर्ने नमिल्ने अवस्थाकामा आएका जटिल सेवा समेत दिने गरिएको छ ।

लोकप्रिय
अर्को समाचार
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना
२४ फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना

१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।

इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका– २ का ६९ बर्से दिलबहादुर बोखिम राईलाई यस्तो फैसला सुनाएको हो। दिलबहादुरसहित अन्य दुईजनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख र जेठमा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए।

घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो। त्यसपछि ०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुुष्टि गरेको थियो। गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्युक्लिक एसिड (डिएनए) विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ।

अदालतले गत १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो। फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ। घटनाका थप दुई आरोपीले भने बालिकामाथि करणी गरेको पुुष्टि नभएपछि सफाइ पाएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस