संग्रह
मृत्युपछि पनि शव लैजान पाएनन् परिवारले
गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको विद्यालयलाइ उनकै नेतृत्वमा नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको उनका भाइ बशन्त कुँवरले बताए ।
आफ्नैबाट त्रसिँदैछन् स्थानीय, राति पुर्याइन्छ क्वारेन्टिनमा
मसुरियाका दिनेश जोशी बिहीबार भारतको हरिद्वारबाट फर्कदै थिए । उनलाई उनका दाजुले मोबाइलमा फोन गरेर सम्झाउँदै थिए,‘घर नआउनू, त्यतैबाट नगरपालिकाले बनाएको क्वारेन्टिनमा जानू ।’ उनले दाजुको आदेशमा चित्त दुखाउँदै भने,‘यत्रो समयमा परदेशबाट फर्कदै छु, घर नपुगेर सिधै क्वारेन्टिनमा जानू भन्नु भयो, ठीकै छ त्यसै गरौला ।’ बिहीबार बिहानै सीमानाका गौरीफन्टा पुगेका उनसँगै गौरीगंगाका सबैलाई नगरपालिकाले बेलुकी टिप्पर लिएर सबैलाई गोलमटोल गर्दै लादेर लग्यो ।
कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती
कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।
कोरोना कहर : ‘आमाको शव समेत भेट्न पाइएन’
उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने ।
पहाड उक्लिदै कोरोना संक्रमण
स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र २९ वर्षिय ती युवामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशका सातजनामा संक्रमण पुष्टि भएको छ ।
कोराेना कहर : अबको बाटो
एकातिर दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी गुजारा गर्ने तथा कृषि पेशामा आवद्ध कृषकहरू मर्कामा रहेका छन् भने अर्कोतिर कृषकको मेहनतले उब्जेका उत्पादनले बजार पाएको छैन्। त्यसैगरी शहर केन्द्रित वर्गले पैसा नै तिरेर पनि उक्त उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अवस्था छैन ।
कोरोना कहर : फेरि भरिए रोल्पाका क्वारेन्टिन
कोरोना त्रासका कारण घर फर्किनेहरु बढेपछि केहि दिन यता रोल्पाका क्वारेन्टिनहरु फेरि भरिन थालेका छन् । अघिल्लो साता करिब करिब खाली भएका यहाँका क्वारेन्टिनहरुमा देश भित्र र भारतबाट आएकाहरुलाई राख्न थालेपछि पुनः भरिएका हुन् ।
‘बजेटले कोरोना महामारीलाई सम्बोधन गर्न सकेन’
बजेटले कोरोना महामारीलाई समेट्न नसकेको र क्षमताभन्दा बढी बजेट ल्याएकाले कार्यान्वयनमा चुनौती रहेको प्रतिपक्षी सांसदले आरोप लगाएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आर्थिक वर्ष २०७७/७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आइतबार सुरु भएको छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।
कोरोनाको चपेटामा कपिलवस्तु : एक महिना नबित्दै ४०२ जनामा संक्रमण
गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ सय २ जा पुगेको छ । एम महिना बित्न नपाउदै कपिलवस्तुमा कोरोना संक्रमितको संख्याले ४ सयको आकडा पार गरेको छ । वैशाखको दौश्रो साता देखि भारतमा लकडाउनको स्वारुप परिवर्तन गरिए पछि भारतमा रहेका नेपाली मजदुरहरू धमाधम नेपाल फर्किन थाले ।
कोरोना कहर: अलमलमा रोल्पा
रोल्पामा तीन दिनअघि पहिलो पटक ३ जनामा कोरोना संक्रमण देखिएको छ । परीक्षण नै नभएका कारण संक्रमित भए नभएको तथ्य बाहिर नआएको हो ।