उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने । गत शुक्रबार बिहानको करिब ११ बजेको थियो । मकै गोड्दै गरेको कोदालो हत्तपत्त थन्काएर उनी श्रीमानसँग माईती घरमा जाने तयारीमा लागिन् ।
दिदिको घर पनि बसाहा नै भएकाले मृतक आमाको दाहसंस्कारका लागि सुना श्रीमान, दिदि, भिनाजु र अर्का एक आफन्तसँग माईती घर खोटाङतर्फ हिँडिन् । लकडाउनका कारण सवारी साधन चल्ने अवस्था थिएन । बाटोमा सोधपुछ गर्नेलाई समस्या दर्शाउदै पाँच जनाको समूह रातसाँझ उदयपुर र खोटाङको सिमानामा पर्ने सुकोसीस्थित बंशिलाघाट पुगे । बंशिलाघाट पुग्दा रातको आठ बजिसकेको थियो ।
तर, जथाभावी जिल्ला प्रवेश गर्ने स्थानीयबाट कोरोना भाइरस (कोभिड–१९) भित्रिने त्रासमा बंशिलाघाट पुलको खोटाङतर्फ तारबार लगाइएको थियो । काँडे तार पन्छाउन सक्ने अवस्था थिएन । साथमा भएको एनसेल नम्बरबाट आफन्तलाई फोन गर्न खोज्दा फोनमा नेटवर्क थिएन । उनीहरुले पुलबाट फर्केर उदयपुरतर्फकै बस्तीमा बास बस्ने र बिहान नाका पार गर्ने योजना बनाए । तर, कोरोना भाइरसको त्रासका कारण उनीहरुले कहीँ पनि बास पाएनन् ।
उनीहरुको साथमा टर्च पनि थिएन । एक घरमा अगुल्टो मागे । अगुल्टो समेत टाढाबाट डराउँदै दिएको मृतक रत्नकुमारीका कान्छो ज्वाई रासधनले बताए । बास नपाएपछि पाँच जनाको समह जंगलमै रात काट्न बाध्य बने । राती ११ बजेसम्म हिँडेपछि जंगलमा आगो बालेर रात काट्नु परेको उनले बताए । ‘पुलमा पन्छाउनै नसकिने काँडे तारको बार लगाइएको रहेछ, फर्केर बास बस्ने सल्लाह गर्यौं, तर कहीँ पनि बास पाइएन,’ रासधनले भने, ‘अगुल्टो माग्दा समेत घरधनीले डराउँदै परबाट दियो । बास नपाएपछि जंगलमै बास भयो ।’
रत्नकुमारीको दुई छोरीको उदयपुर बसाहामा बिवाह भइसकेको थियो । श्रीमान पूर्णबहादुरको दशकअघि मृत्यु भएपछि एक्लै बस्दै आएकी उनी जेठ ९ गते बिहान घरैमा मृत फेला परेकी थिईन् । तर, मर्दा र पर्दा नजिकको भनिने छोरी ज्वाईले समेत लकडाउनका कारण उनको शव भेट्न पाएनन् ।
गाउँमा रत्नकुमारीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लैजाने, त्यो बेलासम्म बसाहाबाट छोरी ज्वाई पनि आइपुग्ने र दाहसंस्कार गर्ने तयारी गरिएको थियो तर, पुलमा लगाइएको तारजालीले बाटो छेकिँदा उनीहरु चिप्रिङ पुग्न सकेनन् ।
हिँडेको दिन बंशिलाघाट पार गर्न नपाएपछि र भोलीपल्ट शव दाहसंस्कार गर्न पुग्ने अवस्था नभएपछि रत्नकुमारीका छोरी ज्वाई बसाहा (घर) फर्के । दाहसंस्कारमा आउन नपाए पनि जेठ १८ गते हुने मृत्युकार्यमा चिप्रिङ पुग्ने तयारी गरिएको रासधनले बताए । ‘दाहसंस्कारमा बाटैबाट फर्कनु पर्यो । अन्तिम मृत्यु संस्कारमा जाने तयारी गरेका छौँ,’ उनले भने, ‘अहिले वडाबाट पास बनाउने काम गरिरहेका छौँ ।’
रत्कुमारीको जेठ १० गते पोष्टमार्टम गरेर सोही दिन गाउँमै दाहसंस्कार गरिएको थियो । उनको हत्या गरेको आशंकामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई प्रहरीले पक्राउ गरेको छ । एकल महिलाको राती १० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए ।
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।
एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।
एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।
एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।