संग्रह
भारतबाट फर्केकाहरुले भरिए स्थानीय तहका क्वारेन्टिन
भारतको विभिन्न सहरहरुबाट मजदुरी र अध्ययन गर्ने गरेकाहरुले अहिले ४/५ दिनदेखि आफ्नो घर फर्किने क्रम बढेसँगै यसले कोरोना भाइरसको जोखिम पनि बढाएको छ। कोरोना भाइरसबाट संक्रमित भएर कुनै ब्यक्ति घर पुगेमा यसले परिवार र समाजका अन्य व्यक्तिहरुमा सजिलै कोरोना भाइरस फैलाउन सकिने भएकोले अहिले भारतबाट फर्केकाहरुबाट कोरोना भाइरस फैलिने जोखिम बढाएको हो।
निजगढमा सेनिटाईजिङ टनेल
गाडीहरुको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि निजगढ नगरपालिक अन्तर्गत पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सेनिटाईजिङ टनेल सञ्चालनमा ल्याइएको छ।
मृत्युपछि पनि शव लैजान पाएनन् परिवारले
गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको विद्यालयलाइ उनकै नेतृत्वमा नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको उनका भाइ बशन्त कुँवरले बताए ।
खोटेहाङको क्वारेन्टिन रित्तिदै
खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो ।
रसुवामा तीन जनाको आरडिटी पोजेटिभ
रसुवामा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा शनिबार जाँच गरिएकामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम
चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।
जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे
कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।
भारतबाट आएकालाई अनिवार्य क्वारेन्टिन
भारतमा नेपालीहरु आउने संख्या दिन प्रतिदिन बढिरहेको छ । आइतबार साँझसम्म बैतडीमा एक हजार ७ सय ४३ जना भारतका विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकामा रहेका क्वारेन्टिनमा बसेका छन् ।
कोरोना नेगेटिभ देखिए पनि आमाछोरा डेरामा छिर्न पाएनन्
कोरोना भाइरस नेगेटिभ हुँदा पनि सर्लाहीका आमाछोराले ललितपुरको हरिसिद्दीस्थित डेरामा प्रवेश पाएका छैनन् । काठमाडौंको टेकु अस्पतालबाट दुई पटकको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएपछि हरिसिद्दीस्थित कोठामा जाँदा घरबेटीले प्रबेश नदिएको उनले गुनासो गरे ।
पीसीआरका लागि ८५ जनाको स्वाब संकलन
पीसीआर टेष्टका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ८५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ति, सम्भावित संक्रमित तथा पत्रकारको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।