खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो । हालसम्म ७८ जनालाई क्वारेन्टिनमा राखिएकामा ६७ जना १४ दिन बसेर क्वारेन्टिनबाट घर फर्किसकेको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।
हाल गाउँपालिकाभित्रका विभिन्न स्थानको क्वारेन्टिनमा ११ जना मात्र बाँकी रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय लकडाउनमा गरिएको कडाईका कारण जिल्लाबाहिरबाट आउने स्थानीय घटेकाले गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । ९ वडा रहेको गाउँपालिकामा गत चैत यता वैदेसिक रोजगारीका सिलसिलामा विदेश पुगेका ३३ जना घर फर्किएका छन् ।
हालसम्म गाउँपालिकाका ५ जनाको पिसिआर गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, ६३ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।
एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।
एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।
एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।