संग्रह
वडाअध्यक्षको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।
माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए
बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ ।
लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने
जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
करदातालाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने
तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।
बढैयाताल गाउँपालिकामा व्यापक आर्थिक अनिमियतता
आर्थिक वर्षमा प्रोत्साहन भत्तास्वरुप प्रमुख प्रशासकयि अधिकृतलाई दश हजार, अधिकृत आठौं/ सातौंलाई ७ हजार ५ सय, छैटौंको ७ हजार, चौथौं/पाचौंको ६ हजार ५ सय र कासको रु. ६ हजार गरी २४ लाख ७८ हजार ३ सय ६६ रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिबेदनले पुष्टि गरेको छ।