कर्मचारीको तलब भत्ता भुक्तानी हुने गरी अमृत श्रेष्ठलाई तीन लाख ३५ हजार र कानुनी सल्लाहाकारका रुपमा धुर्व प्रसाद बश्याललाई मासिक २० हजारका दरले २ लाख ७० हजार बढैयाताल गाउँपालिका भुक्तानी गरेको छ। कर्मचारी भनिएका श्रेष्ठ गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठका छोरा हुन्। लुम्बिनी प्रदेश सरकारले पदाधिकारी नाममा भुक्तानी गर्ने ऐनमा व्यबस्था गरेको छैन।
स्थानीय सरकारको संचालन ऐनमा ८३(८)मा तोकिएका बाहेकका पदमा कर्मचारी पदपुर्ती गर्न नहुने उल्लेख छ। पालिकाले पदाधिकारीको मासिक पारिश्रमिक सुबिधामा १५ लाख ५७ हजार खर्च लेखेको छ। पालिकाबाट ५५ लाख १९ हजार ५ सय, अन्य सुबिधाबापत ५ लाख र पदाधिकारी बैठक भत्ताबापत दश लाख भुक्तानी भएको रेर्कडले देखाउँछ।
महालेखाको परीक्षकको प्रतिवेदनमा खाना र विविध खर्चमा आर्थिक वर्षमा ७८ लाख ४५ हजार ३ रुपैयाँ ३० पैसा खर्च भएको छ। शुरुमा गरिएको बजेट बिनियोजनमा विविध खर्च ३९ लाख ३६ हजार उल्लेख भएपनि १९ दशमलब ३१ प्रतिशत रकमान्तर गरी बजेट भन्दा ३९ लाख ९ हजार बढी खर्च भएको छ।
आन्तरिक आयको परिधिभित्र रहेर औचित्य प्रष्टाएर खर्च गर्नपर्ने ऐनमा स्पष्ट उल्लेख छ। बढैयाताल गाउँपालिकाले कानुन नबनाई अर्थ मन्त्रालयबाट स्वीकृत नलिई आर्थिक वर्षमा प्रोत्साहन भत्तास्वरुप प्रमुख प्रशासकयि अधिकृतलाई दश हजार, अधिकृत आठौं/ सातौंलाई ७ हजार ५ सय, छैटौंको ७ हजार, चौथौं/पाचौंको ६ हजार ५ सय र कासको रु. ६ हजार गरी २४ लाख ७८ हजार ३ सय ६६ रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिबेदनले पुष्टि गरेको छ।
कल्याण कोषबापत जम्मा गर्ने रकमसमेत दुरुपयोग भएको पाइएको छ। अनुगमन भत्ता कर्मचारी र पदाधिकारीको नाममा २३ लाख २९ हजार खर्च भएको देखिन्छ। गाउँपालिकाले डिपिआर गर्ने भन्दै ४६ लाख ९ हजार भुक्तानी गरेको छ। तर डिपिआरका लागि खर्च भएका खोलाको आईई रिपोर्ट र बोलपत्र आव्हान नगर्दा गाउँपालिका थप व्ययभार थपिएको छ। डिपिआर गर्ने भनेर दिईने भुक्तानी रकमको ५० प्रतिशत रकम पदाधिकारी र कर्मचारीलाई कमिशनवापत कन्सल्टेन्सी दिन पर्ने व्यवहारिक कानुन स्थानीय तहमा रहेको स्रोतको दाबी छ।
सफ्टवेयर खरिद, योजना सफ्टवेयर भएको भुक्तानी समेत महालेखाले अनिमियतता औल्याएको छ। समपुरक बजेट ५० प्रतिशत गाउँपालिकाले व्यहोर्न पर्ने स्पष्ट उल्लेख भएपनि अन्जना यादव जेभिलाई रु १ करोड भुक्तानी भएको छ। गाउँपालिकाले ५० लाख व्यहोर्न पर्नेमा अनुदानबाट भुक्तानी दिएको छ। रसिद, राजश्व दाखिला, व्यावसायिक करमा लापरबाहीले अद्यावधिक नगरेको र नगद लागत सहभागीबाट जुट्ने आयोजनालाई प्राथामिकतामा नदिएको समेत प्रतिबेदनमा उल्लेख छ। बढैयाताल गाउँपालिकाको अद्यावधिक बेरुजुको स्थिति गत वर्षसम्म १६ करोड १४ लाख रहेको बेरुजु थप भएर ०७६/७७ मा २५ करोड ८६ लाख पुगेको छ। स्थानीय तहमा ठाकुरबाबा नगरपालिकामा अनिमियततामा अघि देखिएको छ। ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल र लेखा अधिकृत युवराज अधिकारीको मिलिमतोमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा नक्कली डोर हाजिर फर्म भरेको र कन्टेजेन्सीको रकम अनियमित तरिकाले खर्च गरेको आरोप छ।
नगर प्रमुख श्रेष्ठले शिक्षा शाखाका प्रमुख रिजाललाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएर आफु अनुकुल कार्य गरिरहेको नगर प्रमुख श्रेष्ठलाई लागेको अर्को आरोप हो। ठाकुरबाबाले आर्थिक वर्ष ०७६/७७ को अडिट गरेको छैन। आर्थिक वर्ष ०७५/०७६ मा ७ करोड २५ लाख ७८ हजार बेरुजु फर्छौट हुन सकेको छैन।
जनताको करबाट जम्माको भएको रकमा अनिमियतता गरेको पाइएमा अख्तियार अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धिकरण विभागले नियन्त्रण गर्न पर्ने नेपाली काँग्रेसका युवा नेता विनु पाण्डेले बताए। ‘सर्वसाधरण खुन पसिना बगाएर तिरेको राजश्वमा ब्रह्मलुट हुनु भएन भन्ने हो,’ पाण्डेले भने, ‘जनताको घर दैलो विकास गर्न केन्द्रीय सरकारले बिनियोजन गरेको अनुदानका रकमको सही सदुपायोग गर्न सम्बन्धित निकायको ध्यान आर्कषण हुन जरुरी छ।’ स्थानीय तहमा मौलाएको अनिमियता नियन्त्रण गर्न तत्काल सम्बन्धित निकायले कारबाही गर्न शुरु गरेपछि अनिमियतता नियन्त्रणमा आउने उनको भनाइ छ।
तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कोरोना संक्रमणको त्रास कम गर्न तथा मान्छेमा हराउँदै गएको स्वास्थ्य सम्वेदनशिलतालाई पुर्नजागृत गर्न यस्तो निर्णयमा पुगेको जानकारी दिए ।
‘हामीले बुधबारबाटै एक्सन थालि सकेका छौं,’ प्रजिअ निरौलाले भने । मास्क नलगाई हिड्नेलाई जनही सय रुपैंया जरीवाना सहित भौतिक दुरी कायम गरेर हिड्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय बारे जानकारी दिन ठाउँको ठाउँ उभ्याउने सहितका जन कारबाहीलाई प्रहरीले अघि बढाउने भएको छ ।
संक्रामक रोग निवारण ऐनले गरेको व्यवस्थालाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कार्यान्वष्नमा लगेको प्रजिअ निरौलाले बताए । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले मान्छेले आफ्नो सुरक्षाका लागि आफैं सजगता अपनाउनुपर्नेमा सुरक्षा सम्वेदनशिलतालाई कुल्चन थालेको भन्दै दुखेसो पोखे । उनले जरीवाना सहितको कारबाही अघि बढाउन मातहतका सबै प्रहरी इकाईलाई निर्देशन दिई सकिएको जानकारी दिए ।
कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले अत्यावश्यक काम बाहेक कर्मचारीलाई बिदामा जान स्वीकृति नदिन सरकारी तथा गैर सरकारी निकायलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । अत्यावश्यक कामका लागि जिल्ला बाहिर गएका कर्मचारी बिदा सकिएर कार्यक्षेत्र फर्कनुपर्ने अवस्थामा समेत जिल्ला बाहिर गएका कर्मचारीले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
‘बढ्दो संक्रमण बिरुद्ध कडाइका साथ जाने गरी निर्णय भएको छ,’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले भने । प्रमुख जिल्ला अधिकारी निरौलाले अत्यावश्यक काम बाहेक सवारी पासमा कडाई गरिएको जानकारी दिए । ताप्लेजुङ प्रवेशको मुख्य मार्ग काबेलीमा रहेको हेल्थ डेक्सलाई थप कडाईका साथ जाँचपास गर्न निर्देशन दिई सकिएको समेत उनले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।