लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने
२२ असार २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।  

समितीका अनुसार हाल जीवन तथा निर्जीवन बीमा कम्पनीका करिब १० हजार जना कर्मचारी कार्यरत छन् भने लकडाउनका कारण आम्दानीका श्रोत खुम्चीदै गएपछि खर्च कटौती गर्न बीमा कम्पनीहरुले ३ सय ३० जना कर्मचारी कटौति गरेका छन् ।  

कोभिड–१९ का कारण खर्च घटाउने उदेश्यले कर्मचारी हटाउँन सूरु गरेका सबै बीमा कम्पनीलाई नयाँ व्यवस्था गरी कर्मचारी नहटाउन निर्दैशन दिएको कार्यकारी निर्देशक पौडेलले बताए ।  

नयाँ व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले खर्च कम गर्न यसअघि सञ्चालनमा आएका शाखा कार्यालय वन्द गर्न बाटो खुलेको छ । नियामक निकाय बीमा समितीले सम्पूर्ण बीमा कम्पनीलाई खर्च कम गर्न शाखा कार्यालय वन्द वा मर्ज गर्न सक्ने व्यवस्था गरेको छ । 

अहिलेको परिस्थितिमा कम्पनीलाई परेको समस्या समाधानका लागि कर्मचारी कटौति गर्नै निर्णय उचित नभएको भन्दै समितीले सबै बीमा कम्पनीलाई निर्दैशन दिएको उनले बताए ।  

जीवन तथा निर्जीवन बीमा कम्पनीले शाखा स्थानान्तरण तथा एक अर्कामा गाभ्ने योजनामा रहेका छन् । चुक्ताँ पूँजी वृद्धिको मारमा परेका बीमा कम्पनीले बन्दाबन्दी अघि एक अर्कामा गाभिएपनि हाल यसअघि सञ्चालनमा आएका शाखा कार्यालय वन्द गर्न सुरु गरेका छन् ।  

लकडाउनका कारण समस्यामा परेका कम्पनीलाई शाखा बन्द वा एक अर्कामा गाभ्न अनुमति दिएको समितिले जनाएको छ । समितीका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ३९ वटा जीवन र निर्जीवन बीमा कम्पनीमा १०  हजार २ सय ३८ जना कर्मचारी कार्यरत छन् भने सो अवधीमा शाखा कार्याालयको संख्या २ हजार ७ सय ५२ पुगेको छ ।  

समितीका अनुुसार सो अवधीसम्म जीवन बीमा कम्पनीमा ५ हजार ४ सय ४८ जना र निर्जीवजन बीमा कम्पनीमा ४ हजार ७ सय ९० जना कर्मचारी कार्यरत छन् ।  

त्यसैगरी, चालु आवको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीका शाखा कार्यालयको संख्या १ हजार ८ सय ५४ रहेको छ भने निर्जीवन बीमा कम्पनीको ८ सय ९८ शाखा कार्यालय सञ्चालनमा छन् ।  

समितीका अनुसार लकडाउन सुरु भएपछि निर्जीवन बीमा कम्पनीका १८ वटा शाखा बन्द गरी सो अवधीमा २ सय ७ जना कर्मचारी कटौती गरेका छन् ।  

सो अवधीमा सबैभन्दा बढी जनरल इन्स्योरेन्सले ६८ जना कर्मचारी कटौती गरेको छ भने नेको इन्स्योरेन्सले २३ जना, एभरेष्ट इन्स्योरेन्सले  २५ जना र प्रुरुडेन्सियल इन्स्योरेन्सले २० जना कर्मचारी कटौती गरेका छन् । सो अवधीमा आइएमई जनरल इन्स्योरेन्सले १७ जना, नेपाल इन्स्योरेन्स कम्पनीले ९ जना र सगरमाथा इन्स्योरेन्सले ७ जना कर्मचारी कटौती गरेका छन् ।  

सोे अवधीमा एनएलजी इन्स्योरेन्सले ५ जना, युनाइटेड इन्स्योरेन्सले ५ जना र लुम्बिनी जनरल इन्स्योरेन्सले ३ जना कर्मचारी कटौती गरेका छन् । समितीका अनुसार सो अधवीमा अजोड इन्स्योरेन्सले ३ जना, शिखर इन्स्योरेन्सले २ जना, हिमालयन जनरल इन्स्योरेन्सले २ जना र सिद्धार्थ इन्स्योरेन्सले १ जना कर्मचारी कटौती गरेका छन् ।  

सो अवधीमा ओरियन्टल इन्स्योरेन्सले १ जना कर्मचारी कटौती गरको समितीले जनाएको छ । त्यसैगरी, सो अवधीमा जीवन बीमा कम्पनीहरुले १ सय २३ जना कार्यरत कर्मचारी कटौती गरेका छन् ।  

समितीका अनुसार कर्मचारी कटौती गर्नैमा राष्ट्रिय बीमा संस्थानले २६ जना, आइएमई लाइफ इन्स्योरेन्सले २६ जना र सानिमा लाइफ इन्स्योरेन्सले ११ जना कर्मचारी कटौती गरेका छन् ।  

सिटिजन लाइफ इन्स्योरेन्सले ६ जना, ज्योति लाइफ इन्स्योरेन्सले ६ जना र एशियन लाइफ इन्स्योरेन्सले ५ जना कर्मचारी कटौती गरेको समितीले जनाएको छ । समितीका अनुसार सुर्या लाइफ इन्स्योरेन्सले ४ जना, महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ जना र नेपाल लाइफ इन्स्योरेन्सले ३ जना कर्मचारी कटौती गरेका छन् ।  

रिलाइन्स लाइफ इन्स्योरेन्सले ३ जना, नेशनल लाइफ इन्स्योरेन्सले २ जना, युनियन लाइफ इन्स्योरेन्सले २ जना र प्रभु लाइफ इन्स्योरेन्सले २ जना, कर्मचारी कटौती गरेको समितीले जनाएको छ ।  

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाले यसअघि सञ्चालनमा आएका अनावश्यक शाखा कार्यालय वन्द गर्न पाउँनु पर्नै भन्दै नेपाल राष्ट्र बंैकलाई सुझाव दिएको थियो । आगामी आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नितीमार्फत उक्त  समस्या सम्वोधन हुनुपर्नै माग अघि सारेपनि राष्ट्र बंैकले यस विषयमा छलफल भईरहेको जनाएको छ ।

अर्को समाचार
रकम नदिने बीमा कम्पनीलाई लिखित जवाफ पेश गर्न अदालतको आदेश
१६ कार्तिक २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
रकम नदिने बीमा कम्पनीलाई लिखित जवाफ पेश गर्न अदालतको आदेश

सर्वसाधारणलाई बीमा रकम नदिने कम्पनीलाई अदालतले लिखित जवाफ पेश गर्न आदेश गरेको छ। बीमा कम्पनीहरुले सर्वसाधारणलाई ‘कोभिड बीमा रकम’ दिनुपर्ने माग गर्दै नेपालगन्जका कानुन व्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरेका थिए।

अदालतका न्यायाधीश ध्रुबराज नन्दको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाई गर्दै यसमा ‘के-कसो भएको हो? निवेदकको निवेदन माग बमोजिम परमादेशको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो?’ आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत साथै राखी बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

उच्च सरकारी वकिल कार्यालय नेपालगन्जमार्फत लिखित जवाफ पेश गर्न आदेशमा उल्लेख छ। ‘निवेदनको प्रतिलिपी समेत साथै राखी प्रत्यर्थीहरुका नाउँमा सूचना म्याद जारी गरी लिखित जवाफ परे वा पर्ने अवधि ब्यतित भएपछि नियमानुसार पेश गर्नु,’ आदेशमा भनिएको छ। सो क्रममा निवेदक समेत रहेका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, विकास आचार्य, बसन्त गौतम र बलबहादुर चन्दले बहस गरेका थिए।

लिखित जवाफ पेश गर्न अदालतले गरेको आदेशपछि बीमा कम्पनीहरु जिम्मेवारीबाट अब पन्छिन नपाउने रिट निवेदक आचार्यले बताए। ‘बीमा कम्पनीहरुले कति जनाको कोभिड बीमा गरेका थिए, कतिलाई भुक्तानी दिए, कतिलाई रकम भुक्तानी दिन बाँकी छ, त्यसको सबै तथ्यांक अदालतमा अब पेश गर्नुपर्छ,’ उनले नागरिकसँग भने, ‘बीमा कम्पनीले अब रकम दिन सक्दैनौ भन्न पाउँदैनन्, नैतिक जिम्मेवारी उनीहरुकै हो, त्यसकारण कम्पनीले यो समस्यालाई छिटो हल गर्नुपर्छ।’

परमादेशको आदेश माग गरिएको उक्त रिटमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा समेतलाई विपक्षी बनाइएको छ। कोरोना महामारीका बेला बीमा गराएका अधिकांस सर्वसाधारणले आवश्यक कागजात पेश गर्दापनि बीमा वापतको रकम पाउन सकेका छैनन्। बीमा रकम नपाएको भनि चौतर्फी गुनासो बढिरहेका बेला कानुन व्यवसायीले सार्वजनिक सरोकारको विषयमा रिट दायर गरेका हुन्।

बीमा सम्झौता बमोजिमको प्रति ब्यक्ति एक लाख रुपैयाँ भुक्तानी माग गर्दा पनि कम्पनीहरुले नदिएको अधिकांस पीडितको गुनासो छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस