मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।
बीमा समितीका अनुसार बीमा क्षेत्रमा अभिकर्ताको ठुलो भुमिका रहने भएकाले हरेक बीमा पोलिसी जारी गर्दा उनीहरुलाई केहि निश्चीत प्रतिशत रकम कमिसनको रुपमा दिनु पर्नै प्रावधान छ । जसअनुसार चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार सो अवधीमा दुई वटा कम्पनीले एक अर्ब भन्दा बढी अभिकर्ता कमिसन वितरण गरेका छन् ।
चालु आवको चैत मसान्तसम्म सबैभन्दा बढी अभिकर्ता कमिसन रकम नेपाल लाइफ इन्स्योरेन्स र सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले खर्च गरेका वित्तीय विवरणमा उल्लेख गरेका छन् । अन्य जीवन कम्पनी भन्दा व्यापार, तथा सेवा पहुँचको हिसावले अग्रिम स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सो अवधीमा दुई अर्ब १८ करोड १० लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको जनाएको छ ।
सो अवधीमा एक अर्ब रुपैयाँ भन्दा बढी अभिकर्ता कमिसन वितरण गर्नै कम्नपीमा लाइफ इन्स्योरेन्स कर्पौरेसन (नेपाल) छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म करिब एक अर्ब ८ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
त्यसैगरी, युनियन लाइफ इस्योरेन्सले ६१ करोड ५२ लाख र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५८ करोड ९० लाख रुपैैयाँ अभिकर्ता कमिसन रकम बाडेको जनाएका छन् । सोही अवधीमा एशियन लाइफ इन्स्योरेन्सले करिब ३५ करोड, मेट लाइफ इन्स्योरेन्सले ३४ करोड ४ लाख, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २३ करोड २९ लाख रुपैयाँ बिमा अभिकर्ता समिसन रकम खर्च गरेका हुन् ।
त्यसैगरी, सुर्या लाइफ इन्स्योरेन्सले २२ करोड २७ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले २१ करोड ८७ लाख, रिलायवल लाइफ इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ बिमा अभिकर्ता कमिसनवाफत खर्च गरेको जनाएका छन् ।
ज्याति लाइफ इन्स्योरेन्सले चालु आवको चैत मसान्तसम्म १८ करोड ३१ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले १७ करोड १३ लाख, आइएमई लाइफ इन्स्योरेन्सले १६ करोड ३३ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन बाडेको जनाएका छन् ।
वित्तीय विवरण अनुसार सो अवधीमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ करोड ९० लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले १५ करोड १४ लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको छन् ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले करिब १४ करोड, सानिमा लाइफ इन्स्योरेन्सले ११ करोड २७ लाख र प्रभु लाइफ इन्स्योरेन्सले नौ करोड एक लाख रुपैयाँ अभिकर्ता कमिसन बाडेको जनाएका छन् ।
सो अवधीमा सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ करोड २३ लाख रुपैयाँ बिमा अभिकर्ता कमिसनवाफत खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
बीमा समितीका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार हालसम्म जीवन बीमा कम्पनीवाट करिब पाच लाख जनाले बीमा अभिकर्ता अनुमति पत्र लिएपछि करिब एक लाख ५० हजार जना सक्रिय छन् ।
सर्वसाधारणलाई बीमा रकम नदिने कम्पनीलाई अदालतले लिखित जवाफ पेश गर्न आदेश गरेको छ। बीमा कम्पनीहरुले सर्वसाधारणलाई ‘कोभिड बीमा रकम’ दिनुपर्ने माग गर्दै नेपालगन्जका कानुन व्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरेका थिए।
अदालतका न्यायाधीश ध्रुबराज नन्दको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाई गर्दै यसमा ‘के-कसो भएको हो? निवेदकको निवेदन माग बमोजिम परमादेशको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो?’ आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत साथै राखी बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो।
उच्च सरकारी वकिल कार्यालय नेपालगन्जमार्फत लिखित जवाफ पेश गर्न आदेशमा उल्लेख छ। ‘निवेदनको प्रतिलिपी समेत साथै राखी प्रत्यर्थीहरुका नाउँमा सूचना म्याद जारी गरी लिखित जवाफ परे वा पर्ने अवधि ब्यतित भएपछि नियमानुसार पेश गर्नु,’ आदेशमा भनिएको छ। सो क्रममा निवेदक समेत रहेका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, विकास आचार्य, बसन्त गौतम र बलबहादुर चन्दले बहस गरेका थिए।
लिखित जवाफ पेश गर्न अदालतले गरेको आदेशपछि बीमा कम्पनीहरु जिम्मेवारीबाट अब पन्छिन नपाउने रिट निवेदक आचार्यले बताए। ‘बीमा कम्पनीहरुले कति जनाको कोभिड बीमा गरेका थिए, कतिलाई भुक्तानी दिए, कतिलाई रकम भुक्तानी दिन बाँकी छ, त्यसको सबै तथ्यांक अदालतमा अब पेश गर्नुपर्छ,’ उनले नागरिकसँग भने, ‘बीमा कम्पनीले अब रकम दिन सक्दैनौ भन्न पाउँदैनन्, नैतिक जिम्मेवारी उनीहरुकै हो, त्यसकारण कम्पनीले यो समस्यालाई छिटो हल गर्नुपर्छ।’
परमादेशको आदेश माग गरिएको उक्त रिटमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा समेतलाई विपक्षी बनाइएको छ। कोरोना महामारीका बेला बीमा गराएका अधिकांस सर्वसाधारणले आवश्यक कागजात पेश गर्दापनि बीमा वापतको रकम पाउन सकेका छैनन्। बीमा रकम नपाएको भनि चौतर्फी गुनासो बढिरहेका बेला कानुन व्यवसायीले सार्वजनिक सरोकारको विषयमा रिट दायर गरेका हुन्।
बीमा सम्झौता बमोजिमको प्रति ब्यक्ति एक लाख रुपैयाँ भुक्तानी माग गर्दा पनि कम्पनीहरुले नदिएको अधिकांस पीडितको गुनासो छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।