चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा र २० निर्जिवन बीमा कम्पनीले चालु आवको ११ महिनाको अवधीमा उक्त बीमाशुल्क रकम संकलन गरेको बीमा समितिले जनाएको छ ।
समितीका अनुसार सो अवधीमा जीवन बीमा कम्पनीले ६९ अर्ब ८० रुपैयाँ र २० वटा निर्जिवन बीमा कम्पनीले करिब २२ अर्ब ३७ रुपैयाँ बीमाशुल्क रकम आर्जन गरेका छन् । चालु आवको जेठ मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्यारेन्सले गरेको छ । कम्पनीले सो अवधीमा २० अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले करिब १० अर्ब ७२ करोड, नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले करिब ६ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सोही अवधीमा युनियन लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ र एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।
समितिका अनुसार चालु आवको जेठ मसान्तसम्म प्राइम लाइफले २ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ३७ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
रिलायबल लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ३२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।
त्यसैगरी, रिलायन्स लाइफले १ अर्ब ४ करोड रुपैयाँ, आईएमई लाइफले ९८ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने सानिमा लाइफले ६६ करोड रुपैयाँ, प्रभु लाइफले ५८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।
समितिका अनुसार सो अवधीमा निर्जिवन बीमा कम्पनीले चालु आवको ११ महिनाको अवधीमा करिब २२ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधीमा सबैभन्दा धेरै बीमाशुल्क कम्पनी शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
समितिका अनुसार एनलजी इन्स्योरेन्सले १ अर्ब ५१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ४५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधीमा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको समितीले जनाएको छ ।
पु्रडेन्सियल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको भने ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ र अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
समितिका अनुसार नेशनल इन्स्योरेन्सले ७० करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधीमा सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।
सर्वसाधारणलाई बीमा रकम नदिने कम्पनीलाई अदालतले लिखित जवाफ पेश गर्न आदेश गरेको छ। बीमा कम्पनीहरुले सर्वसाधारणलाई ‘कोभिड बीमा रकम’ दिनुपर्ने माग गर्दै नेपालगन्जका कानुन व्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरेका थिए।
अदालतका न्यायाधीश ध्रुबराज नन्दको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाई गर्दै यसमा ‘के-कसो भएको हो? निवेदकको निवेदन माग बमोजिम परमादेशको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो?’ आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत साथै राखी बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो।
उच्च सरकारी वकिल कार्यालय नेपालगन्जमार्फत लिखित जवाफ पेश गर्न आदेशमा उल्लेख छ। ‘निवेदनको प्रतिलिपी समेत साथै राखी प्रत्यर्थीहरुका नाउँमा सूचना म्याद जारी गरी लिखित जवाफ परे वा पर्ने अवधि ब्यतित भएपछि नियमानुसार पेश गर्नु,’ आदेशमा भनिएको छ। सो क्रममा निवेदक समेत रहेका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, विकास आचार्य, बसन्त गौतम र बलबहादुर चन्दले बहस गरेका थिए।
लिखित जवाफ पेश गर्न अदालतले गरेको आदेशपछि बीमा कम्पनीहरु जिम्मेवारीबाट अब पन्छिन नपाउने रिट निवेदक आचार्यले बताए। ‘बीमा कम्पनीहरुले कति जनाको कोभिड बीमा गरेका थिए, कतिलाई भुक्तानी दिए, कतिलाई रकम भुक्तानी दिन बाँकी छ, त्यसको सबै तथ्यांक अदालतमा अब पेश गर्नुपर्छ,’ उनले नागरिकसँग भने, ‘बीमा कम्पनीले अब रकम दिन सक्दैनौ भन्न पाउँदैनन्, नैतिक जिम्मेवारी उनीहरुकै हो, त्यसकारण कम्पनीले यो समस्यालाई छिटो हल गर्नुपर्छ।’
परमादेशको आदेश माग गरिएको उक्त रिटमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा समेतलाई विपक्षी बनाइएको छ। कोरोना महामारीका बेला बीमा गराएका अधिकांस सर्वसाधारणले आवश्यक कागजात पेश गर्दापनि बीमा वापतको रकम पाउन सकेका छैनन्। बीमा रकम नपाएको भनि चौतर्फी गुनासो बढिरहेका बेला कानुन व्यवसायीले सार्वजनिक सरोकारको विषयमा रिट दायर गरेका हुन्।
बीमा सम्झौता बमोजिमको प्रति ब्यक्ति एक लाख रुपैयाँ भुक्तानी माग गर्दा पनि कम्पनीहरुले नदिएको अधिकांस पीडितको गुनासो छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।