देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय
२३ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय

देशभरका जम्मा ६ दशमलब ५७ प्रतिशत अस्पतालसँग मात्र आफ्नै अक्सिजन प्लान्ट रहेको तथ्य सार्वजनिक भएको छ।

कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँग मात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विभिन्न मन्त्रालयले उपलब्ध गराएको विवरणले अक्सिजन प्लान्टको दयनीय अवस्था रहेको चित्रण गरेको छ।

सरकारलाई बुझाएको विवरण अनुसार ती अस्पतालहरुमा १९ हजार ८ सय ८२ बेड, १ हजार ७ सय १४ आईसियु, ६ सय ९२ भेन्टिलेटर रहेको पनि जनाएको छ।

त्यस्तै अक्सिजन प्लान्टबाट दैनिक २ हजार ५ सय ४९ अक्सिजन सिलिण्डर भर्न सकिने अवस्था रहेको, तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि ६ हजार २ सय ८८ वटा सिलिण्डरको संख्या प्रयोगमा रहेको र सामान्यत : दैनिक १ हजार ४ सय ११ दशमलब ५ लिटर अक्सिजन खपत भइरहेको जनाएको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्कालै खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ पहल गरिरहेको उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले चीन सरकारले अनुदानस्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनीयाँ मुद्रा) को स्वास्थ्य सामग्री एवं उपकरण सहायता ल्हासा आइपुगेको जनाउँदै ढाकास्थित बेक्सिमको फार्मामार्फत् आई.एफ. आई. सी. र नेपाल बंगलादेश बैंकले नेपालमा कोभिड १९ बाट संक्रमितहरुको उपचारार्थ (१०० एमजीका ५ हजार भाइल इन्जेक्सन) रेम्डेसिभरको निः शुल्क उपलब्ध गराउन समेत पहल गरिरहेको छ।

लोकप्रिय
अर्को समाचार
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
२६ असार २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।  

'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।

'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने  बताए।'  

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्‍यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस