किनकि ममी–बाबाहरु बाँच्नुपर्छ
०१ असार २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किनकि ममी–बाबाहरु बाँच्नुपर्छ
बरखी बारेको १३ औं दिनमा आफ्नो फुपुसँग नगरपालिकामा आएका अनुष प्रजापति नगरप्रमूखलाई सहयोग रकम हस्तान्तरण गर्दे । कोभिडका कारण पिता गुमाएका उनले घरमा भएको ३० हजार १ सय रुपैयाँले अक्सिजन प्लान्ट बनाउने नगरपालिकाको अभियानमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखे

  ‘कोभिडबाट मैले बाबालाई जोगाउन नसकेपनि अरु बाबाहरु बाँचून् भनेर सहयोग गर्न आएको हुँ,’ अक्सिजन प्लान्टको लागि सहयोग रकम दिन भक्तपुर नगरपालिकामा आइपुगेका भक्तपुर–९ तौलाछेंका अनुष प्रजापतिले भने, ‘उपचारको अभावमा आफन्त गुमाउनुको पीडा निकै कष्टकर हुन्छ।’  

अनुषको बुबाको हालै कोभिड संक्रमणका कारण निधन भएको हो। भक्तपुरस्थित नगरपालिकको आइसोलेसन केन्द्रमा सुरुमा उपचार गराएको र  थप उपचारको लागि धुलिखेल अस्पताल लगेपनि बाबालाई जोगाउन नसकेको उनले बताए। बरखी बारेको १३ औं दिनमा आफ्नो फुपुसँग नगरपालिकामा आएका उनले घरमा भएको ३० हजार १ सय रुपैयाँले अक्सिजन प्लान्ट बनाउने नगरपालिकाको अभियानमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखे।  

उनकै जस्तै पीडा बोकेर आएकी थिइन्, भक्तपुर दरबारक्षेत्रकी  रिना श्रेष्ठ। कोभिडका कारण आमा गंगालक्ष्मी बैद्यलाई गुमाएकी उनले अरु आमाहरुको जीवन जोगियोस् भनेर  १ लाख ११ हजार १ सय ११ सहयोग गरेको जनाइन्। ‘हामीले आफ्नो ममीलाई जोगाउन सकेनौ,’ रिनाले  भनिन्, ‘अरु ममीहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गर्न आयौं।’  

अनुष र रिनाजस्तै थुपै्र नगरवासी यतिबेला भक्तपुर नगरपालिकमा सहयोग रकम दिन लाइनबद्द छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले बनाउन लागेको अक्सिजन  प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नका लागि नगरपालिकाले गरेको  आह्वानलाई  पूरा गर्न नगरबासी कटिवद्द देखिएका हुन्।  

सहयोग रकम दिन नगरमा रहेका सहकारी, विद्यालय, विभिन्न संघसंस्थासँगै इन्जिनियर, चिकित्सक, गुठीयार, किसान, मजदुर र अन्य पेशाकर्मी पनि लागिपरेका छन्। ‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्दैन तर अक्सिजन नभएमा तुरुन्तै मर्छ,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले जीवन जोगाउने नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका छौं।’  

 

नगरपालिकको अभियानमा बृद्धभत्ता लिने जेष्ठ नागरिकदेखि पेन्सन लिने कर्मचारीसमेत अगाडि आएका छन्। साना नानीहरुले खुत्रुके फुटाएर पनि सहयोग गर्न आएको भेटियो । त्यसैले सहयोग आह्वान भएको तीन  साताको अवधिमा  ६ करोड  रुपैयाँको हाराहारीमा सहयोग उठेको नगरपालिकाले जनाएको छ।  

‘उठेको रकम अक्सिजन प्लान्ट र निर्माणाधीन ख्वप अस्पतालमा अत्यावश्यक  स्वास्थ्य उपकरण किन्ने कार्यमा खर्च हुनेछ,’ भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवालले भने, ‘नगरबासीले देखाएको उत्साहले हामीलाई थप आशाबादी बनाएको छ।’ नगरपालिकाले अक्सिजन प्लान्टको लागि चाहिने सामाग्री पनि ल्याइसकेको छ ।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरबासीले करमात्र हैन परेको बेलामा स्वेच्छिक सहयोग पनि गर्न सक्छन् भन्ने देखाएको र यसले आफुहरुलाई थप जिम्मेबार बनाएको बताए। ‘राज्यले हामीलाई बेवास्ता गरेको समयमा नगरबासीले हेरेका छन्,’ उनले भने, ‘यति बेला नगरबासीको यो सद्भाव नै हामीहरुको लागि सवैभन्दा ठूलो सहयोग बन्न पुगेको छ।’ 

लोकप्रिय
अर्को समाचार
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
२६ असार २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।  

'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।

'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने  बताए।'  

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्‍यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस