‘कोभिडबाट मैले बाबालाई जोगाउन नसकेपनि अरु बाबाहरु बाँचून् भनेर सहयोग गर्न आएको हुँ,’ अक्सिजन प्लान्टको लागि सहयोग रकम दिन भक्तपुर नगरपालिकामा आइपुगेका भक्तपुर–९ तौलाछेंका अनुष प्रजापतिले भने, ‘उपचारको अभावमा आफन्त गुमाउनुको पीडा निकै कष्टकर हुन्छ।’
अनुषको बुबाको हालै कोभिड संक्रमणका कारण निधन भएको हो। भक्तपुरस्थित नगरपालिकको आइसोलेसन केन्द्रमा सुरुमा उपचार गराएको र थप उपचारको लागि धुलिखेल अस्पताल लगेपनि बाबालाई जोगाउन नसकेको उनले बताए। बरखी बारेको १३ औं दिनमा आफ्नो फुपुसँग नगरपालिकामा आएका उनले घरमा भएको ३० हजार १ सय रुपैयाँले अक्सिजन प्लान्ट बनाउने नगरपालिकाको अभियानमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखे। 
अनुष र रिनाजस्तै थुपै्र नगरवासी यतिबेला भक्तपुर नगरपालिकमा सहयोग रकम दिन लाइनबद्द छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले बनाउन लागेको अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नका लागि नगरपालिकाले गरेको आह्वानलाई पूरा गर्न नगरबासी कटिवद्द देखिएका हुन्।
सहयोग रकम दिन नगरमा रहेका सहकारी, विद्यालय, विभिन्न संघसंस्थासँगै इन्जिनियर, चिकित्सक, गुठीयार, किसान, मजदुर र अन्य पेशाकर्मी पनि लागिपरेका छन्। ‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्दैन तर अक्सिजन नभएमा तुरुन्तै मर्छ,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले जीवन जोगाउने नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका छौं।’ 
नगरपालिकको अभियानमा बृद्धभत्ता लिने जेष्ठ नागरिकदेखि पेन्सन लिने कर्मचारीसमेत अगाडि आएका छन्। साना नानीहरुले खुत्रुके फुटाएर पनि सहयोग गर्न आएको भेटियो । त्यसैले सहयोग आह्वान भएको तीन साताको अवधिमा ६ करोड रुपैयाँको हाराहारीमा सहयोग उठेको नगरपालिकाले जनाएको छ।
‘उठेको रकम अक्सिजन प्लान्ट र निर्माणाधीन ख्वप अस्पतालमा अत्यावश्यक स्वास्थ्य उपकरण किन्ने कार्यमा खर्च हुनेछ,’ भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवालले भने, ‘नगरबासीले देखाएको उत्साहले हामीलाई थप आशाबादी बनाएको छ।’ नगरपालिकाले अक्सिजन प्लान्टको लागि चाहिने सामाग्री पनि ल्याइसकेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरबासीले करमात्र हैन परेको बेलामा स्वेच्छिक सहयोग पनि गर्न सक्छन् भन्ने देखाएको र यसले आफुहरुलाई थप जिम्मेबार बनाएको बताए। ‘राज्यले हामीलाई बेवास्ता गरेको समयमा नगरबासीले हेरेका छन्,’ उनले भने, ‘यति बेला नगरबासीको यो सद्भाव नै हामीहरुको लागि सवैभन्दा ठूलो सहयोग बन्न पुगेको छ।’ 
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।
जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'
अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।
'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।
'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने बताए।'
ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।