भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताको ओइरो लागेको छ। पहिलो पटक एकै दिन ३० लाख रुपैयाँभन्दा बढी सहयोग उठेकोमा मंगलबार पुनः दर्जनौं संघसंस्थाले लाखौं सहयोग गरेका छन्।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा मंगलबार सहयोग गर्नेमा विभिन्न व्यक्ति र संस्था रहेको नगरपरपालिकाले जनाएको छ।
मंगलबार सहयोग गर्नेमा श्री भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था दुई लाख, श्री डायमन्ड बचत तथा ऋण सहकारी संस्था ५० हजार, श्री हरिगोपाल साँयजु १० हजार, श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था एक लाख ११ हजार रहेको नगरपालिकाले जनाएको छ।
यस्तै मंगलबार नै श्री श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७२ हजार ६ सय ५०, श्री एसबिएस इन्भेस्टमेन्ट कम्पनीले एक लाख ११ हजार एक सय ११, श्री समय बचत तथा ऋण सहकारी संस्थाले एक लाख १५ हजार, श्री बागीश्वरी कलेजले चार लाख, श्री बागीश्वरी माध्यमिक विद्यालय भनपाले ६ लाख रुपैयाँ सहयो गरेको जनाएको छ।
यसैगरी श्री प्रेमगोपाल कर्माचार्यले एक लाख, श्री आरम्भ नेपालले २५ हजार, श्री निओ फ्युजन स्कुल अफ कम्प्युटरले पाँच हजार पाँच सय ५५, श्री न्हुः इन्टरप्राइजेजले एक हजार एक सय ११, श्री कमलविनायक बचत तथा ऋण सहकारी संस्थाले एक लाख, श्री दीक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठापन नेपालले एक लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।
सो रकम मंगलबार दाताहरूले नगरपालिकाको कार्यालय व्यासी भक्तपुर पुगेर उपप्रमुख रजनी जोशीलाई चेक हस्तान्तरण गरेको जनाएको छ। यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सहयोगका लागि आह्वान गरेका थिए।
आगामी दिनमा उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि अनुरोध गरिएको छ।
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।
जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'
अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।
'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।
'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने बताए।'
ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।