‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी
१२ जेष्ठ २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी

सिराहा जिल्लाको लहानस्थित लहान अस्पताल (राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल) मा केही महिनादेखि काम गर्दै आएका छन्, डा.राजीव चौधरी।  

ललितपुर सानेपास्थित निक साइमनसको इन्स्टिच्युट नामक एक गैरसरकारी संस्थामार्फत् सो अस्पतालमा कार्यरत उनी अग्रपंक्ति (फ्रन्टलाइन)मा रही कोरोना सङ्क्रमितको उपचार गर्दै आइरहेका डा. राजीव नेपालमा कोभिड १९ को दोस्रो लहर सुरु भएयता सो अस्पतालमा पनि कोरोना सङ्क्रमितको चाप बढेको बताउँछन्। प्रायः  रुघाखोकी, ज्वरोले ग्रसित बिरामीहरू अस्पताल आउने गरेको बताउँदै डा. चौधरीले बिरामीको उपचारका लागि अस्पतालमा कोभिड र नन् कोभिड वार्ड र इमरजेन्सी वार्डको व्यवस्था गरेको छ।  

नेपाल सरकारबाट १५ बेडको स्वीकृति प्राप्त सो अस्पतालले भने हाल ५० बेडसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ। कोभिड वार्डमा २० बेडको कोभिड इमरजेन्सीका निम्ति २४ घण्टा अक्सिजन सेवा रहेको सो अस्पतालमा कोभिड इमरजेन्सी र कोभिड फिभर क्लिनिकमा गरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दैनिक  ५० देखि ६० बिरामीहरू आउने गरेका छन्।  

अस्पतालमा कोराना शंकास्पद बिरामीहरूका लागि आरडिटी एन्टिजेन परीक्षण समेत गर्ने सुविधा छ। आरडिटी परीक्षण गरिएकामध्ये  करिब ५० प्रतिशत बिरामीमा कोरोना सङ्क्रमण देखिने गरेको उनको अनुभव छ। कोभिड सङ्क्रमित बिरामीहरूमा साधारण लक्षण देखिए घरमै आइसोलेसन बस्न सुझाव दिने डा. राजिव श्वास फेर्न नै गाह्रो भए अस्पतालमा भर्ना हुनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार अहिले ७० देखि ८० प्रतिशत सङ्क्रमितहरू होम आइसोलेसनमा रहेका छन्। हाल यस अस्पतालमा ६ वटा बेडमा कोरोना सङ्क्रमित बिरामीहरू अक्सिजनसहित उपचारमा छन्।  

बिरामीको निःशुल्क उपचार गरिने यस अस्पतालमा चौबीसै घण्टा चिकित्सक सेवा उपलब्ध छ। उनका अनुसार कोरोनाविरुद्धका खोपले कोरोना सङ्क्रमणबाट बच्न ठूलो मद्दत गर्छ। खोपको एउटा डोज लगाएको व्यक्ति लगभग ८४ प्रतिशत सुरक्षित हुने तथा दुइटै डोज लगाएका व्यक्तिहरू लगभग  ९४ प्रतिशत सुरक्षित हुने कुरा विभिन्न अध्ययनले देखाएको छ। यद्यपी कोरोनाको खोप लगाएको व्यक्तिले पनि सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने र अनिवार्य रूपमा मास्क लगाउनुपर्ने उनले बताए।

उनका अनुसार कोरोना लागे पनि उनीहरूले सजिलै जित्न सक्छन्। यसैले प्रत्येक नेपालीले खोप लगाउन आवश्यक रहेको छ। आफ्नो दृढ आत्मबल, परिवार तथा आफन्तको सहयोग र हौसलाले पनि कोरोनालाई जित्न मद्दत पुग्ने बताउँदै सेवा गर्दै आएका डा. राजीव चौधरीसँग गरिएको संक्षिप्त कुराकानी।  

कोरोनाबाट कसरी बच्ने? 

कोरोनाविरुद्धको खोप नै एक मात्र उत्तम उपाय हो। यसका लागि सरकारले प्रत्येक नेपालीलाई यथाशीघ्र छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्दछ। तथापि कोरोनाबाट बच्न सर्बप्रथम मास्क लगाउन अति आवश्यक छ। भिडभाडमा नजाने साथै ह्यान्ड वास वा साबुनपानीले  मिचीमिची कम्तिमा २० सेकेन्ड हात धुनुपर्छ। कुनै पनि रोग लाग्नु अगाडि त्यसको रोकथाम नै सबैभन्दा महत्वपूर्ण विषय हो। यसका लागि सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी नियम कडाइका साथ पालना गर्नुपर्छ। इसका बाबजुद पनि कोरोना संक्रमण भए चिकित्सकको सल्लाहबमोजिम बस्न जरुरी छ।  

त्यस्तै पौष्टिक आहारको सेवन, फलफूल, माछामासु, गेडागुडी, अण्डा तथा झोलिलो कुराको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ। यसबाहेक ध्यान, व्यायाम गर्नुपर्छ। निद्रा र सकारात्मक सोचविचार र उच्च आत्मबलले रोगलाई सजिलै जित्न सकिन्छ। 

बिरामीको उपचारको क्रममा एक्सरे जाँच गर्दै डा. राजीब
तपाईंले भन्नुभएको सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भए के गर्ने?

चिकित्सकको सल्लाहबमोजिम स्वास्थ्य परीक्षण गराउने र उचित औषधिको सेवन गर्नुपर्छ। यदि होम आइसोलेसनमा बस्नु परे चिकित्सकसँगको प्रत्यक्ष सम्पर्कमा बस्न आवश्यक छ। यस क्रममा आफ्नो आत्मबल बलियो बनाउन र औषधिसँगै परिवार, आफन्त तथा साथीभाइको, माया, हौसला र सहयोगको पनि उत्तिकै भूमिका रहन्छ। सँगै डाक्टर, एम्बुलेन्स सेवाको नम्बर राख्नुपर्दछ र कुनै समस्या महसुस भएमा तुरुन्तै फोन गर्ने र परे अस्पताल नै पुग्नु जरुरी हुन्छ।

संक्रमण तीब्र छ, यस्तो बेलामा तपाईं कसरी काम गरिरहनु भएको छ?

तराई जस्तो गर्मी हुने ठाउँमा डाक्टरहरूलाई पिपिई लगाएर काम गर्न असाध्य गाह्रो छ। टाउकोदेखि पैतालासम्म हामी पिपिईमा हुन्छौँ तर पनि आफ्नो समस्यालाई सामान्य ठान्दै बिरामीलाई सेवा दिन लागिरेका छौं। बिरामीको ज्यान बचाउनु नै हाम्रो धर्म हो।  

दिनरात नभनी चौबीसै घण्टा बिरामीको स्वास्थ्य उपचारमा चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी बिरामीको उपचार तथा सेवामा लागिपरेका हुन्छौं।  

यस्तो समयमा अस्पतालले तपाईंहरुका लागि कस्तो व्यवस्था गरिदिएको छ?

कोभिड इमरजेन्सी तथा कोभिड वार्डमा काम गर्ने प्रत्येक चिकित्सक तथा स्वास्थ्यकर्मीले १० दिनसम्म निरन्तर काम गरेपछि अर्को १० दिनसम्म आइसोलेसनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ। नन् कोभिड वार्डमा काम गर्ने डाक्टरका लागि छुट्टै बस्ने व्यवस्था रहेको छ। प्रत्येक दिन बिहानदेखि रातिसम्मको खाना तथा नास्ताका लागि एक जना समाजसेवीले सहयोग गरिरहेको छ। यसका साथै स्वास्थ्यकर्मीहरूलाई आइसोलेसनमा बस्नका लागि उनै समाजसेवीले एक भवन समेत  उपलब्ध गराएका छन्।  

परिवारको मन कसरी बुझाउनुहुन्छ?

म लगायत अन्य सहकर्मीको घरबाट आमाबुवा तथा आफन्तहरूको  दैनिक फोन आउने गर्छ। उहाँहरूले साह्रै चिन्ता लिनुहुन्छ। माया त सबैलाई आफ्नो लाग्छ नै। तर, हामीले लिएको पेसाको धर्म भने छोड्नु हुँदैन। तर परिवार तथा आफन्तको माया र हौसलाले पनि आफूमा काम गर्ने ऊर्जा पाएको महसुस गर्छु। मेरो बुझाइ बिरामीको सेवा नै मेरो धर्म हो।

अर्को समाचार
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
०६ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ। मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।  

साथै यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्र्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ। सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ। तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस