संग्रह
अस्थायी कोरोना अस्पतालमा बेड अभाव
कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।
भारतमा एकैदिन २९ हजार बढी सङ्क्रमित
भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।
भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्।
भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित
सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारे।
महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु
कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ। यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९ सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।
भारतमा एकैदिन एक लाख २७ हजार कोरोना सङ्क्रमित
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन्।
वीरगञ्जमा कोरोना सङ्क्रमित एक युवकको मृत्यु
कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमा भरपेट खाना
भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ। अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ।
‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी
कोरोना लागे पनि उनीहरूले सजिलै जित्न सक्छन्। यसैले प्रत्येक नेपालीले खोप लगाउन आवश्यक रहेको छ। आफ्नो दृढ आत्मबल, परिवार तथा आफन्तको सहयोग र हौसलाले पनि कोरोनालाई जित्न मद्दत पुग्ने बताउँदै सेवा गर्दै आएका डा. राजिव चौधरीसँग गरिएको संक्षिप्त कुराकानी।