चिकित्सकमाथि आक्रमण रोकिएन
१९ जेष्ठ २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
चिकित्सकमाथि आक्रमण रोकिएन

जनताको स्वास्थ्य उपचारका लागि खटिएका चिकित्सकमाथि आक्रमणका घटना बढ्दै जान थालेका छन् । पछिल्लो समय कोरोना संक्रमणका बेला जोखिम मोेलेर आफ्नो स्वास्थ्यको प्रवाह नै नगरी अग्रभागमा काम गरिरहेका चिकित्सक पनि हातपात र दुव्र्यवहारमा परेका छन् । तर ती चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको सुरक्षा निकाय भने मुकदर्शक बनेको छ ।  

नेपालं मेडिकल कलेज(एनएमसी) मा ड्युटीमा खटिएका चिकित्सकलाई हातपात गर्दा सुरक्षाकर्मीले कुनै कारबाही नगरी घटनाको रमिते बन्नुले पनि सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको छ । बिरामीको उपचारको मुत्यु भएको घटनामा एनएमसीका कार्यरत चिकित्सकलाई हातपात गरेको विषयमा दोषीलाई कारबाही गर्नका लागि पीडित चिकित्सकले निरन्तर आवाज उठाए पनि एनएमसी र प्रशासनले चासो देखाएको छैन ।  

चिकित्सकहरुले बिहीबारदेखि हातपातको छानबिन गरेर दोषीमाथि कारबाही गर्न आग्रह गर्दा पनि अस्पताल प्रशासन र प्रहरी प्रशासनले बेवास्ता गर्दै आएको आरोप लगाए । आफूहरुले जोखिम उठाएर बिरामीको सेवामा खट्दा पनि आक्रमण हुनुले काम गर्न कठिनाइ भइरहेको पीडित चिकित्सकको भनाइ छ । ‘बिरामीको मृत्युको कारण पत्ता लगाउन अटोप्सी र पोस्टमार्टम गर्न सुझाव दिँदा दिँदै आफन्तले आफूहरुमाथि एक्कासी आक्रमण गरे । अस्पताल प्रशासनले उल्टै सिसिटिभी फुटेज नै गायब बनाएर प्रमाण नस्ट गर्न लागेकाले आन्दोलनमा उत्रन बाध्य भएका हौं,’ डा. गुञ्जन खड्काले भने ।

आन्दोलनरत चिकित्सकले अस्पताल प्रशासनमा तालासमेत लगाइदिएका छन् । आफूहरुलाई सुरक्षाको प्रत्याभूति नगरी काममा नफर्कने र अस्पतालमा लगाएको ताला पनि नखोल्ने उनले बताए । अस्पतालले दोषीलाई कारबाही गर्न पहल गर्नुपर्नेमा उल्टै प्रमाण नष्ट गर्न लागेको पाइएपछि अस्पताल प्रशासनका ताला लगाइएको आन्दोलनरत चिकित्सक खड्काको भनाइ छ ।  

नेपाल चिकित्सक संघका सदस्य डा. रितेश थापाले बिरामीको आफन्तले चिकित्सकमाथि हातपात गरेको विषयमा नेपाल चिकित्सक संघले स्थलगल अनुगमन गरेको बताए । ड्युटीमा खटिएका चिकित्सकमाथि निरन्तर हातपात हुन थालेपछि आफूहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराइएको बताए । 

उनले स्वास्थ्यमन्त्री ढकाल र प्रहरी प्रशासनलाई भेटेर चिकित्सकको  सुरक्षामा संवेदनशील बन्न आग्रह गरिएको जनाए । स्वास्थ्यमन्त्री ढकालले ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाका  लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जवाफ दिएको डा .थापाले बताए ।  

थापाका अनुसार पीडित चिकित्सकले बिरामीको ट्राभल हिस्ट्री, सोध्ने र स्वास्थ्य परीक्षण गर्नका लागि तयारी गर्दा गर्दै एक्कासी आक्रमण गरेको, प्रहरी मुकदर्शक बनेको र अस्पताल प्रशासनले सिसिटिभी फुटेज गायव  बनाएको विषयमा छानबिन गर्न माग गरेका छन् ।  

नेपाल चिकित्सकको संघले दबाब दिएपछि नेपाल प्रहरीले अहिले उक्त घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ । नेपाल चिकित्स संघका महासचिव बद्री रिजालले स्वास्थ्य मन्त्रालयमा बारम्बार कुरागरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन र जोरपाटी घटनामा संलग्नलाई तुरुन्त कारबाही गर्न स्वास्थ्यमन्त्री र गृहसचिवसँग कुरा गरेपछि प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए । 

नेपाल चिकित्सक संघको दोषीलाई हिरासतमा लिई तुरुन्त कारबाही गर्नुपर्ने अडान रहेको बताउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणबिरुद्ध चिकित्स संघले कठोर कदम चाल्ने उनले स्पष्ट पारे । प्रहरी मुख्यालयको फरेन्सिक ल्याबमा सिसिटिभी फुटेज रिट्रिभ गर्ने काम भइरहेको डा. रिजालले जनाए ।  

एनएमसी जोरपाटीमा मात्र होइन हेटौडास्थित जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण कार्कीमाथि प्रहरीको उपस्थितिमा काठमाडौंको नागढुंगामा दुव्र्यवहार भएको थियो । प्रहरीकै उपस्थितिमा दुव्र्यवहार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रण लिए पनि उनीमाथि दुव्र्यवहार गर्दा मुकदर्शक बन्ने प्रहरीमाथि भने कुनै कारबाही हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सहरुलाई प्रहरी आफैंले हातपात गरेको घटनामा पनि कुनै कारबाही नगरी मिलापत्र गरेर छाडिएको थियो । त्यसयता लगातार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढिरहेको छ ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका हुने क्रम बढेपछि नेपाल चिकित्सक संघ, स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिल र गृह मन्त्रालयको प्रतिनिधिसहित र्यापिड रेस्पोन्स टिम गठन गर्न पहल भइरहेको बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यंवहार गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही गर्न नेपाल चिकित्सक संघले दबाब दिइरहेको भन्दै ड्युटीमा खटिएको प्रहरीमाथि दुव्र्यवहार गर्नेलाई सरह कारबाही हुनुपर्ने उनको भनाइ छ ।  

सरकारले उपचारको कार्यमा संलग्न स्वास्थ्यकर्मीको कार्यमा बाधा अबरोध गर्नेलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा बिरोध गर्नेलाई हुने सरहको प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरको थियो । मन्त्रिपरिषद्ले चैतमा नै गरेको उक्त निर्णय अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । निर्णय कार्यान्वयन गर्ने जिम्मा पाएका सुरक्षाकर्मी नै ड्युटीमा खटिएका चिकित्सकहरुमाथि हातपात हुँदा मुकदर्शन बन्न थालेकाले चिकित्सकहरु आक्रोशित छन् । 

अर्को समाचार
कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य
१७ कार्तिक २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य

कोरोना संक्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकामा स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य बनेकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, डिएसपी, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत दर्जनौं व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि साकेला गाउँपालिका–४ मात्तिम स्वास्थ्यचौकीमा कार्यरत अनमी अञ्जु बस्नेत कोठा फेर्न बाध्य बनेकी हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भएकी अनमी बस्नेत साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको घरमा बस्दै आएकी थिईन्।  

दसैं बिदा सकेर आइतबार कार्यक्षेत्र फर्कदै गरेको अवस्थामा धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले फोन गरेर अर्को कोठा खोजेर सर्न भनेपछि हत्तपत्त अर्को घरमा कोठाको व्यवस्था गर्नुपरेको अनमी बस्नेतले बताईन्। ‘फोन गरेर संक्रमण फैलिरहेको छ। आफ्नो व्यवस्थापन आफै गर्नु, ठाउँ खोजेर सुरक्षित बस्नु भन्नुभयो,’ अनमी बस्नेतले भनिन्, ‘उहाँहरुको बुवाआमा दिर्घरोगको औषधि खाइरहनु भएको छ, त्यही भएर पनि त्यसो भन्नु भएको होला। कोठा खोजेर बस्नु सहयोग गर्छु भन्नुभयो। उहाँहरुले त्रास मानेपछि अरुले पनि त्रास मान्यो। अकस्मात बास पाउन गार्‍हो भयो।’ 

अनमी बस्नेतका लागि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै सहयोगमा अर्को घरमा कोठाको बन्दोबस्त मिलाइएको छ। अनमी बस्नेत वर्षदिन अघिदेखि गाउँपालिकाकी उपाध्यक्ष खड्काको घरमा डेरामा बस्दैआएकी थिईन्। कोरोना संक्रमण फैलिँदा अनमीले कोठा सर्नुपरेको विषयमा जानकारी नआएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।  

धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले भने संक्रमण फैलिएको क्षेत्रबाट कार्यक्षेत्र फर्किएका कारण संक्रमणबाट बच्ने विकल्प बारे सोच्न आग्रह मात्र गरेको बताए । ‘उहाँ (अनमी) संक्रमित क्षेत्रबाट आउँदै हुनुहुन्थ्यो। घरमा प्रेसर र मुटुको औषधि सेवन गरिरहेको रोगी आमा भएकाले कसरी बच्न सकिन्छ वा के गर्दा उचित हुन्छ, विकल्प सोचौं मात्र भनेको हो,’ खड्काले भने, ‘हामीले एउटै भान्छामा खाना खाने गरेका थियौँ। यो अवस्थामा संक्रमण भित्रिन सक्छ, सजग हौं भनेको हो। अरु कुरा केही भएको होईन।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस