विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बालबालिकाको खोप प्रभावित भएपछि सबै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरूले अनिवार्य रूपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन् । कोरोना संक्रमणका कारण नियमित रूपमा लगाउनुपर्ने खोप प्रभावित भएपछि सबै सरकारी अस्पताल, स्वास्थ्यचौकी र स्थानीय तहबाट छुट्टै स्वास्थ्यकर्मी खटाई खोप सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्थानीय तहअन्र्तगत रहेका सबै स्वास्थ्य संस्थाबाट खोप सञ्चालनका लागि दुई जना स्वास्थ्यकर्मी कर्मचारी परिचालन गर्ने र स्थानीय तहले एक जना फोकल पर्सन अनिवार्य तोक्न लागिएको हो ।
मन्त्रालयले यसको कार्यान्वयनका लागि आवश्यक समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । ‘खोप तथा बालस्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहमा रहेका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा कर्मचारीहरूबाट खोप सेवा सञ्चालनका लागि दुईवटा स्वास्थ्यकर्मी र महानगरपालिका, नगरपालिका, गाउँपालिकाका स्वास्थ्य शाखाबाट बालस्वास्थ्य कार्यक्रम फोकल पर्सन तोकेर त्यसको जानकारी गराउनका लागि आवश्यक समन्वय गरिदिन अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले लेखेको पत्रमा भनिएको छ ।
सरकारको यो निर्णयसँगै अब सबै स्थानीय तह र माताहतका स्वास्थ्य संस्थाले खोपका लागि छुट्टै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू खटाउनुपर्नेछ । कोरोना संक्रमणका कारण बालबालिकाको खोप प्रभावित नहोस् भनेर यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण जोखिमका कारण गरिएको लकडाउनपछि बालबालिका, गर्भवती महिलाको खोप तथा उपचार सेवा प्रभावित भएपछि सरकारले वैशाख पहिलो साता स्वास्थ्य संस्थाबाट नियमित खोप सञ्चालन गर्न स्थानीय तह र जिल्ला समन्वय समितिलाई निर्देशन दिएको थियो । तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गएका कारण स्थानीय तह र स्वास्थ्य संस्थाहरू कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा केन्द्रित हुँदा बालस्वास्थ्य एवं खोप प्रभावित भएकाले यस कार्यका लागि छुट्टै कर्मचारी खटाउन भनिएको मन्त्रालयका एक अधिकारीले बताए ।
उनका अनुसार नवजात शिशुले पाउनुपर्ने दादुरालगायत खोप सेवा अवरुद्ध हुँदा थप महामारी देखिनसक्ने भएकाले खोप सेवालाई नियमित गर्न अनिवार्य रूपमा छुट्टै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको हो ।
फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन्।
खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो।
अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन्। 'यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ,' मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
कोरोना भाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन्।
आगामी महिनादेखि नै बालबालिकामा कोरोना भाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन्।
महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन्।
फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।