लकडाउनमा बालबालिकासँग अभिभावक
२६ जेष्ठ २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
लकडाउनमा बालबालिकासँग अभिभावक

डा.पुष्करराज भट्ट

अहिले कोरोनाका कारण बालबालिका घरमै बस्न बाध्य छन् । उनीहरूको विद्यालय शिक्षा अवरुद्ध छ । उनीहरूले पहिले जस्तो विद्यालय जान पाएका छैनन् । विद्यालयले लिने वार्षिक परीक्षा हुन सकेको छैन । एकोहोरो महिनौंसम्म घरमा बसिरहनु पर्दा उनीहरूको मानसिकतामा गहिरो प्रभाव पर्न थालेको छ । यस अवस्थामा अब के गर्ने त ? प्रश्न गम्भीर छ । 

कोरोनाका कारण एकातिर अभिभावकवर्ग कामविहीन भएर घरमा बस्नु परेको छ । सामाजिक जीवनका हरेक क्षेत्रमा यसको गहिरो असर परेको छ । मानौं, जीवनको गति अवरुद्ध छ र मानिसमा एकोहोरो त्रास मात्र छ । कोरोनाका कारण मानिसले कसरी बाँच्ने भनेर सोच्नु परेको छ । यस अवस्थामा घरपरिवारका मूल मानिस अभिभावक भएकाले उनीहरूले यस संकटको क्षण कसरी पार गर्ने र बालबालिकालाई पनि त्यसका विरुद्ध लड्न कसरी तयार गर्ने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।  

भनिन्छ, हरेक संकटले नयाँ सम्भावना निम्त्याउँछ । यस संकटमा पनि कुनै न कुनै किसिमको सम्भावनाले हामीलाई पर्खिराखेको छ । हिजोका दिनमा अभिभावक दिनभर काममा हुन्थें र बालबालिका विद्यालयमा हुन्थे । अहिले घरपरिवारका सम्पूर्ण सदस्य घरमा बस्नुपरेको छ । घरबाहिर निस्कन पाइने अवस्था छैन। सबै अभिभावकको आर्थिक, सामाजिक, सांस्कृतिक स्तर समान छैन । हाम्रो समाजमा दैनिक आवश्यकता पूरा गर्न असहज हुनेदेखि लिएर अकूत सम्पत्ति भएका अभिभावक समेत रहेका छन् । जे जस्तो भए पनि हरेक अभिभावकले आफ्ना बालबालिकाको भविष्य राम्रो होस् भन्ने सोचेको हुन्छ ।  

आजको जीवन पहिले जस्तो छैन । हिजोका दिनमा बालबालिकाले जुन असहज अवस्थाको सामना गरेर अघि   बढ्नु परथ्यो, आजका दिनमा त्यस्तो छैन । हरेक अभिभावकले असहज अवस्था हुँदाहुँदै पनि छोराछोरीको भविष्य राम्रो होस् भन्ने चाहना राखेको हुन्छ । आफूले दुःख गरेर भए पनि आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिन उनीहरू सधैं लागिपरेका पाइन्छन् । 

यस्तो बेला एकोहोरो घरमा बसिरहनु पर्दा बालबालिकामा शारीरिक एवं मानसिक समस्या देखा पर्दछन् । उनीहरू कतिपय कुरामा अनभिज्ञ हुन्छन्, अनजान बन्छन् र भ्रमको शिकार बन्न पुग्दछन् । बालबालिकालाई राम्रो शिक्षालयमा पठाउनाले मात्र अभिभावकको कर्तव्य पूरा हुँदैन । एक असल नागरिक निर्माणको दिशामा उनीहरू कतिको लागिरहेका छन् र उनीहरूको जीवन कुन दिशामा गरिहेको छ भनेर परीक्षण कसले गर्ने र कहिले गर्ने ? भागम भागको जीवनमा पैसा मात्र फ्याँकेर व्यक्तित्व विकास होला त ? आजका अभिभावकले सोच्नुपर्ने कुरा हो ?

आफ्नो व्यक्तित्व विकास गर्ने र उनीहरूले पाएको ज्ञान र सीपलाई सकारात्मक दिशामा कसरी लग्ने भन्ने सवालमा अभिभावक चनाखो बन्नुपर्दछ । लकडाउनको कारण भएको संकटबाट कसरी बच्ने भन्ने विषयमा बालबालिका अनभिज्ञ हुन्छन् । यस्तो बेलामा सर्वप्रथम अभिभावकले बालबालिकाको मनोबल बढाउने किसिमका ज्ञान दिनुपर्छ । अभिभावकले बालबालिकालाई कोरोना के हो ? यो कस्तो किसिमका मानिसलाई लाग्छ ? यसबाट बच्न केकस्ता उपाय अपनाउनुपर्छ ? आफ्नो स्वास्थ्यप्रति सचेत बन्न के कस्ता उपाय अपनाउनुपर्छ भन्ने कुरामा स्पष्ट बनाउनुपर्छ ।  

आफ्नो सरसफाइका साथै स्वास्थ्य सम्बन्धित जानकारी र सोहीअनुसार व्यवहार गर्न लगाउनुपर्छ । स्वास्थ्य सम्बन्धित सचेतताका कारण उनीहरूको आत्मबल बढ्ने र उनीहरूले अरूलाई पनि सचेत बन्न सिकाउने गर्न सक्छन् । यस्तो बेला मानिस छिट्टै आत्तिने हुन्छ । समाजमा देखिएको संक्रमणका कुरा सुनेर उनीहरू आत्तिन पनि सक्छन् । त्यसैले विपत्तिको सामना गर्दै मानसिक रूपमा सबल बनाउन उत्प्ररित गर्न सक्नुपर्छ । यसका साथै योग एवं विभिन्न अभ्यास गराउनाले शरीर र मन दुवै स्वस्थ बन्दछ ।

पढाइको अत्यधिक बोध हुँदैन । यति हुँदाहुँदै पनि अध्ययनबाट विमुख भए भने कुनै पनि बालबालिकालाई एक उमेर अवस्थासम्म अभिभावकले मार्गनिर्देशन गर्दछन् । एक निश्चित उमेर अवस्थामा पुगेपछि उनीहरूले आफूले आफैलाई व्यवस्थित गर्नुपर्ने हुन्छन् । विगतका दिनमा आमाबाबुले घरको काम आफैं गर्ने र छोराछोरीलाई यस्ता कामबाट सकेसम्म टाढा राख्ने गर्दथे । अभिभावकले पढेलेखेर छोराछोरीले राम्रो अवस्थामा पुग्न सकुन्, वर्तमानमा आफूले भोगेको जीवनभन्दा उनीहरूको जीवन अझ राम्रो बनोस् भन्ने चाहना राख्दछन् । 

यसका लागि उनीहरू आफू जतिसुकै कष्ट उठाउन पनि तयार हुन्छन् । छोराछोरीलाई दैनिक घरव्यवहारका कामबाट अलग गर्नु उनीहरूलाई कमजोर बनाउनु हो । यस्तो खालि अवस्थामा विशेषतः उनीहरूको उमेर अवस्था हेरेर घरका ससाना काममा खटाउनुपर्छ । घरका काममा संलग्न हुँदै जाने क्रमसँगै उनीहरूमा श्रमप्रतिको आस्था उत्पन्न हुन्छ । 

भोलिका दिनका कतिपय असहज अवस्थामा उनीहरूले घरको काम सम्हाल्न पुग्दछन् । घरको सरसफाइ, भान्साको काम, आँगनबारीको कामसँग परिचित हुनाले उनीहरू जीवनको नियमित प्रक्रियाबाट अलग हुँदैनन् । बालबालिकालाई पछि बानी बसाल्न गाह्रो हुन्छ । तसर्थ अध्ययनको कामलाई पनि बोझ नहुने गरेर अघि बढाउन प्रेरित गर्नुपर्दछ ।  

अहिलेको प्रविधिको  युग हो । विशेषत  शहर बजार एवं सदरमुकामसम्म रहेका बालबालिका प्रविधिमा अभ्यस्त छन् । प्रविधिले एकातिर मानिसको ज्ञानको सीमा बढाएको छ भने अर्कोतिर यसले विभिन्न खाले विकृति पनि उत्पन्न गरेको छ । सानै उमेरदेखि मोबाइल, कम्प्युटर, टयाब्लेटमा झुन्डिनाले बालबालिकाको शारीरिक एवं मानसिक स्वास्थ्य प्रभावित हुन्छ । अभिभावक वर्गले उनीहरूलाई प्रविधिका माध्यमबाट पाइने ज्ञानगुनका कुरा, हल्का मनोरञ्जनका कुरातर्फ लाग्न प्रेरित गरे पनि प्रविधिको माध्यमबाट आएका विकृतिबाट बच्न प्रेरित गर्नुपर्दछ । प्रविधि सबैको पहुँचमा नपुग्न सक्छ तर जहाँ जसको पहुँचमा छ, तिनले त्यसको फाइदा लिन र विकृतिबाट बच्न आफ्ना कार्य थाल्नैपर्छ ।  

अहिले सूचनाका विभिन्न माध्यम छन् । पुरानो पुस्ताले जे जति सूचना पाउँथ्योे, यो पुस्ताले त्यसभन्दा पहिल्यै सूचना पाउँछ । सूचना र ज्ञान फरक कुरा हो । सूचना ज्ञान हुनसक्छ तर सबै सूचना ज्ञान नहुन सक्छ । सूचना र ज्ञानलाई कसरी ग्रहण गर्ने सवालमा छलफल हुनुपर्छ । यस्तो छलफल जुनसुकै पुस्ताका बीच पनि हुनसक्छ । 

आज पुरानो र नयाँ पुस्ता बीचमा अन्तरक्रिया नहुनाले पुस्तान्तरणको समस्या बढिरहेको छ । यसले गर्दा एकले अर्कालाई यसले के जानेको छ र भन्ने भ्रम परिरहन्छ । अहिलेको युगमा पुरानो पुस्ताले नयाँ पुस्तालाई आफूले बुझेको समाज, जीवन र संस्कृति नयाँ पुस्तालाई बताउने, असल र योग्य नागरिक बन्न चाहिने ज्ञान र सीपबारे बताउने, देशप्रति माया गर्न, आफ्ना अग्रजप्रति सम्मान गर्न र भविष्यका लागि सकारात्मक चेतना प्रदान गर्न सक्छन् । यसै गरेर नयाँ पुस्ताले बुझेको संसार, जीवन र संस्कार, ज्ञानविज्ञानका क्षेत्रमा भएका नयाँ प्रगतिका कुराका साथै जीवन र जगतलाई हेर्ने दृष्टिकोण आदिबाट पनि पुरानो पुस्ताले केही ज्ञान लिन सकेमा ज्ञानको हस्तान्तरण र सामूहिक उपयोगको कार्य सार्थक बन्दछ र यसले जीवनको नवीन मार्ग प्रशस्त गर्दछ । 

अहिलेको युगमा बालबालिकाले एकोहोरो व्याख्यान मन पराउँदैन । उनीहरूले कुनै पनि कुरालाई चित्र, विभिन्न व्यावहारिक प्रयोग र प्रविधिका माध्यमबाट बुझाउने हो भने त्यसलाई छिट्टै ग्रहण गर्न पुग्दछन् । भोलिको पुस्तालाई स्वाभिमानी, आत्मनिर्भर, श्रमप्रतिको आस्थावान् बनाउने पुरानो पुस्ता असल र संस्कारप्रेमी हुनैपर्छ । असल अभिभावकले असल संस्कारयुक्त नयाँ पुस्ता निर्माण गर्दछ । यसले गर्दा आजको दिनमा समाजमा देखिएका विकृतिबाट मुक्त भएर एक सबल राष्ट्र निर्माण कार्यमा मद्दत पुग्दछ । हामी सबै मिलेर विभिन्न खाले महामारी, प्राकृतिक विपदबाट बचेर एक स्वाधिन एवं सबल राष्ट्र निर्माणको दिशामा लाग्नुको विकल्प छैन ।  

अर्को समाचार
फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास
१३ जेष्ठ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन्।

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो।  

अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन्। 'यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ,' मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

कोरोना भाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन्।

आगामी महिनादेखि नै बालबालिकामा कोरोना भाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन्।  

महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन्।

फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस