कोरोनाको तेस्रो लहरः पेरिसमा एक महिने लकडाउन
०६ चैत्र २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोनाको तेस्रो लहरः पेरिसमा एक महिने लकडाउन

फ्रान्समा कोरोना भाइरसको 'तेस्रो लहर' का कारण राजधानी पेरिसमा फेरि एक महिना लकडाउन गरिएको छ। पेरिससँगै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन सुरु गर्ने भएको हो।  

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले याे लकडाउन पहिलेको जस्तो कडा नहुने बताएका छन्। फ्रान्समा गत २४ घन्टामा थप ३५ हजार मानिसलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रधानमन्त्री कैस्टेक्सले देशमा कोरोना भाइरसको 'तेस्रो लहर' तीव्र गतिमा फैलने सक्ने बताएका छन्।

लोकप्रिय
अर्को समाचार
आशा र निराशाको दोसाँधमा जनता
१० भदौ २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
आशा र निराशाको दोसाँधमा जनता

झन्डै दुई वर्षदेखि कोरोना महामारीबाट आक्रान्त छौँ हामी।शारीरिक र मानसिक पीडा भोग्दैछौ। कति आर्थिक क्षति बेहोर्‍यौँ, त्यसको हिसाबकिताब हुनै बाँकी छ र अझै कति क्षति हुन्छ, त्यो भन्न सकिने स्थिति छैन। कोरोनाको पहिलो र दोस्रो लहरबाटै धेरै मानवीय तथा आर्थिक क्षति भइसक्यो।कोरोना भाइरस संक्रमणलाई न्यून गर्न भन्दै लकडाउन अथवा निषेधाज्ञा जारी गर्दा आर्थिक क्रियाकलाप गम्भीर रूपमा प्रभावित भएका छन्। आर्थिक क्रियाकलाप प्रभावित हुँदा त्यसको असर नागरिकको चुलोदेखि राज्यको ढुकुटीसम्म परेको छ। यसै पनि रेमिट्यान्समा निर्भर देशको अर्थतन्त्र थप परनिर्भर बन्दैछ। तर, कोरोनाको प्रभावबाट वैदेशिक रोजगारी पनि अछुतो नरहँदा रेमिट्यान्स समेत प्रभावित भइरहेको छ। यो स्थितिले देशको अर्थतन्त्र नै जोखिममा पर्ने र नागरिकको जीवन थप कष्टकर हुने सम्भावना बढ्दै गएको छ।

नेपाली उखान छ– जिउ रहे घिउ खाऊँला। त्यसैले अहिलेको परिस्थितिमा कमाउनुभन्दा जिउन पाउनुलाई प्राथमिकता दिन आवश्यक छ। अहिलेसम्मको निष्कर्षमा कोरोनाबाट बच्ने र बचाउने मूल उपाय भनेको खोप नै हो।कोरोनाविरुद्धको खोपको अनुसन्धान र उत्पादनमा विश्वको ध्यानकेन्द्रित छ। सबै नागरिकलाई खोप दिनसके कोरोनाका कारण हुने मृत्युदर कम गर्न सकिन्छ कि भनेर विश्वभरिका सबै देश लागिपरेका छन्। खोप उत्पादन गर्ने देश उत्पादनमा केन्द्रित छन् भने अरू देश खोप पाउन लालायित छन्। खोप उत्पादन गर्ने विकसित देशले अरू अविकसित र गरिब देशलाई निःशुल्क र सशुल्क खोप उपलब्ध गराएर मानवीय सहयोग पनि गर्दै छन्। त्यसैले विश्वभरिका मानिसमा कोरोनाबाट बच्ने आशा जागेको छ।

विश्वभर कोरोनाविरुद्धको खोपको विकास र उत्पादन भए पनि नयाँ प्रजातिका कोरोनाको उत्पत्तिले गर्दा उपचार, रोकथाम र नियन्त्रणमा थप चुनौती थपिँदै गएको अवस्था अर्कोतिर छ। औषधि तथा खोप निर्माणमा समेत चुनौती थपिएको छ। कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन र बाँच्नका लागि संघर्षरत विश्वभरका मानिस नयाँ–नयाँ प्रजातिका भाइरसको उत्पत्ति र कोरोनाको सम्भावित नयाँ लहरले भयभीत छन्। कतैकतै कोरोनाको तेस्रो लहर सुरु नै भइसकेको छ भने कतै सुरु हुने क्रममा छ। यस्तो अवस्थामा आफ्ना सबै नागरिकलाई खोप दिएर सुरक्षित हुनुको प्रत्याभूति दिन विश्वका सबै देश लागिपर्नु स्वाभाविक हो ।

विश्व प्रवृत्तिलाई पछ्याउँदै नेपालमा पनि सबै नागरिकलाई खोप दिने लक्ष्य र उद्देश्यसहित सरकार अघि बढेको जिम्मेवार व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति आइरहेका छन्। यतिखेर सरकारको प्राथमिकता नै खोपमा केन्द्रित भएको देखिन्छ। यसो त वर्तमान सरकारले जसरी खोपलाई पहिलो प्राथमिकतामा राखेको भनेको छ, अघिल्लो सरकारले पनि यस्तै भनेको थियो। पहिलो प्राथमिकता दिइए पनि खोप पर्याप्त मात्रामा आउन सकेको छैन र सबै सर्वसाधारण जनताले पाउन सकेका छैनन्।

खोपमा राजनीति घुसेको छ। खोपमा पहुँच र शक्तिको खेल सुरु भएको छ। पहुँच हुनेले खोप पाएका छन्।तर आम जनतासम्म खोप पुगेको छैन। आम जनता खालि आशैआशामा बाँच्न विवश छन्। 

खोप लगाएका व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण नभएको होइन। खोप लगाएका व्यक्तिमा भाइरस संक्रमण भए पनि त्यति गम्भीर असर नपार्ने र मृत्युको सम्भावना अत्यन्तै कम हुने पाइएको छ।तसर्थ खोपले बाँच्ने आशा जगाएको छ। पर्याप्त खोप नआउनु र खोपका आकांक्षी सबै जनताले खोप नपाउनु दुर्भाग्य हो। खोपले आशा जगाए पनि सरकारले निराश पार्दा जनता आशा र निराशाको दोसाँधमा छन्।

कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी जोखिममा पर्ने भनिए पनि त्यो जोखिमबाट बालबालिकालाई जोगाउन सरकारबाट अहिलेसम्म कुनै प्रभावकारी प्रयत्न भएको देखिँदैन। बालबालिकाका लागि आवश्यक पर्न सक्ने छुट्टै कोभिड अस्पताल, आइसोलेसन सेन्टर, भेन्टिलेटर, अक्सिजन र अत्यावश्यक औषधिको जोहो गर्ने काम अहिलेसम्म हुन सकेको छैन। १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको ६० लाख मात्रा खोप ल्याउने दाबी सरकारले गरे पनि त्यसका लागि निकै समय लाग्ने भएकाले कोरोनाको सम्भावित तेस्रो लहरबाट बालबालिकालाई कसरी जोगाउने भन्ने प्रारम्भिक प्रयत्न अझै हुन सकेको छैन।

मान्छेले कोरोनाप्रति हेलचेक्र्याइँ गर्नाले अथवा स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्दा अहिले फेरि संक्रमण दर उकालो लाग्न थालेको छ। यसले पुनः कोरोना महामारीको खतरा बढेको संकेत गरेको छ। सरकारले कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य मापदण्ड लागू गरे पनि त्यसको पालनामा मान्छेले केही हदसम्म हेलचेक्र्याइँ अथवा खेलाँची गरेकै हुन्। स्वास्थ्य मापदण्डको पालनामा हदैसम्मको बेवास्ता गरेकै हुन्। त्यो बेवास्ताभित्र मान्छेका आफ्नै बाध्यता पनि लुकेका छन्। वास्तवमा मान्छेका आ–आफ्ना बाध्यताले नै कोरोना संक्रमणको भयलाई भुलेर आ–आफ्नो काम, पेसा र व्यवसायमा फर्केका हुन्छन्। विशेषगरी न्यून आय भएका नागरिक कोरोना कहरबाट बढी प्रभावित छन्। कोरोनालाई बढी बेवास्ता गर्ने वर्ग पनि तिनै हुन्। तिनको बाध्यतालाई बुझेर तिनलाई राहत र आर्थिक सहयोग प्रदान गर्न सरकार चुकेको छ। निषेधाज्ञाका बेला पनि नियमित तलब आउने सरकारी कर्मचारीले दैनिक आर्यआर्जन गरी जीवननिर्वाह गर्ने मान्छेको समस्या बुझ्ने प्रयास नगरेकाले कोरोनालाई बेवास्ता गर्दै जनता आयआर्जनको अवसर खोज्दै सडक र भीडमा मिसिन पुगेका हुन्।यसले गर्दा कोरोना संक्रमणको जोखिम थप बढेको हो।

कोरोना संक्रमणको दर बढ्दै गर्दा सतर्कता अपनाउन विज्ञको सुझाव छ। सतर्कताले मात्रै कोरोना संक्रमणबाट पूर्ण रूपमा सुरक्षित रहन सकिन्न।कोरोनाबाट सुरक्षित रहन र कोरोना संक्रमणलाई नियन्त्रण गर्न आवश्यक उपायको अवलम्बन जरुरी हुन्छ। सबै जनतालाई खोप लगाउनु नै कोरोनाबाट सुरक्षित रहने पहिलो र आधारभूत उपाय हो।कोरोना संक्रमण दरलाई नियन्त्रण गर्ने उपाय भनेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गर्ने–गराउने बाध्यात्मक अवस्था हो। यति हुँदाहुँदै पनि संक्रमण भइहाले उपचारका लागि आवश्यक कोभिड अस्पताल, औषधि, भेन्टिलेटर, आइसोलेन सेन्टर र अक्सिजनको पर्याप्त व्यवस्थामा सरकार जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। यस्तो व्यवस्थाका लागि सरकारलाई सघाउन स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवी संघसंस्था र जनता स्वयंको पनि भूमिका अपेक्षित हुन्छ।

सबैले आ–आफ्नो तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने हो भने कोरोनाबाट सुरक्षित रहन सकिन्छ। सरकारले लागू गर्ने बाध्यात्मक नियम कानुनले भन्दा व्यक्तिको अनुशासन, आत्मसंयम र सावधानीले कोरोनाबाट सुरक्षित रहन र कोरोनालाई परास्त गर्न मद्दत पुग्छ ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस