संग्रह
खोप अवरुद्ध हुन नदिन छुट्टै स्वास्थ्यकर्मी खटाइने
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बालबालिकाको खोप प्रभावित भएपछि सबै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरूले अनिवार्य रूपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन् । कोरोना संक्रमणका कारण नियमित रूपमा लगाउनुपर्ने खोप प्रभावित भएपछि सबै सरकारी अस्पताल, स्वास्थ्यचौकी र स्थानीय तहबाट छुट्टै स्वास्थ्यकर्मी खटाई खोप सञ्चालन गर्न लागिएको हो ।