‘घरबेटीले उपचारमा खटिनेलाई दुव्र्यवहार गरे कारबाही हुन्छ’
०६ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
‘घरबेटीले उपचारमा खटिनेलाई दुव्र्यवहार गरे कारबाही हुन्छ’

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुव्र्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुव्र्यवहार हुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।  

मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुव्र्यवहार गर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको  पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो । 

‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ 

मन्त्रालयले विश्वव्यापी रूपमा फैलिएको महामारीविरुद्ध लड्न सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एकआपसमै निषेधको बाटो अपनाउनु ठिक नभएको भन्दै यस्ता खालका अवाञ्छित गतिविधि नगर्न नगराउन अनुरोधसमेत गरेको छ ।  

यसअघि एउटा स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकको नाममा एकठाउँबाट अर्काे ठाउँ प्रवेश निषेध गर्ने, उपचार गर्न नदिने, उपचार एवं सुरक्षामा खटिएकामाथि दुव्र्यवहार गरेका घटना सार्वजनिक भएका थिए । साथै कोरोना संक्रमणको बहाना बनाई उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायत भाडामा बस्नेलाई घरधनीले घर छोड्न बाध्य पारेका घटना सार्वजनिक हुन थालेपछि गृहले भाडामा बस्नेलाई घरबाट निकाल्न खोजेमा पनि घरधनीमाथि कारबाही हुने जनाएको छ ।

गत शुक्रबार बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि केही युवाले चेकिङको नाममा दुव्र्यवहार गरेका थिए । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको सर्वत्र आलोचना भएपछि सरकारले यस्ता कार्य गरे जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको हो । निर्देशक कार्कीको जाहेरीपछि दुव्र्यवहारमा संग्लन भई पक्राउ परेका उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको समय थप गरेको छ । 

अर्को समाचार
कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य
१७ कार्तिक २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य

कोरोना संक्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकामा स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य बनेकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, डिएसपी, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत दर्जनौं व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि साकेला गाउँपालिका–४ मात्तिम स्वास्थ्यचौकीमा कार्यरत अनमी अञ्जु बस्नेत कोठा फेर्न बाध्य बनेकी हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भएकी अनमी बस्नेत साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको घरमा बस्दै आएकी थिईन्।  

दसैं बिदा सकेर आइतबार कार्यक्षेत्र फर्कदै गरेको अवस्थामा धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले फोन गरेर अर्को कोठा खोजेर सर्न भनेपछि हत्तपत्त अर्को घरमा कोठाको व्यवस्था गर्नुपरेको अनमी बस्नेतले बताईन्। ‘फोन गरेर संक्रमण फैलिरहेको छ। आफ्नो व्यवस्थापन आफै गर्नु, ठाउँ खोजेर सुरक्षित बस्नु भन्नुभयो,’ अनमी बस्नेतले भनिन्, ‘उहाँहरुको बुवाआमा दिर्घरोगको औषधि खाइरहनु भएको छ, त्यही भएर पनि त्यसो भन्नु भएको होला। कोठा खोजेर बस्नु सहयोग गर्छु भन्नुभयो। उहाँहरुले त्रास मानेपछि अरुले पनि त्रास मान्यो। अकस्मात बास पाउन गार्‍हो भयो।’ 

अनमी बस्नेतका लागि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै सहयोगमा अर्को घरमा कोठाको बन्दोबस्त मिलाइएको छ। अनमी बस्नेत वर्षदिन अघिदेखि गाउँपालिकाकी उपाध्यक्ष खड्काको घरमा डेरामा बस्दैआएकी थिईन्। कोरोना संक्रमण फैलिँदा अनमीले कोठा सर्नुपरेको विषयमा जानकारी नआएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।  

धनबहादुर खड्का (गाउँपालिकाकी उपाध्यक्ष खड्काकी श्रीमान)ले भने संक्रमण फैलिएको क्षेत्रबाट कार्यक्षेत्र फर्किएका कारण संक्रमणबाट बच्ने विकल्प बारे सोच्न आग्रह मात्र गरेको बताए । ‘उहाँ (अनमी) संक्रमित क्षेत्रबाट आउँदै हुनुहुन्थ्यो। घरमा प्रेसर र मुटुको औषधि सेवन गरिरहेको रोगी आमा भएकाले कसरी बच्न सकिन्छ वा के गर्दा उचित हुन्छ, विकल्प सोचौं मात्र भनेको हो,’ खड्काले भने, ‘हामीले एउटै भान्छामा खाना खाने गरेका थियौँ। यो अवस्थामा संक्रमण भित्रिन सक्छ, सजग हौं भनेको हो। अरु कुरा केही भएको होईन।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस