लकडाउनभरी घरभाडा नमाग्न घरधनीलाई होटल व्यवसायीको अपिल
२३ जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
लकडाउनभरी घरभाडा नमाग्न घरधनीलाई होटल व्यवसायीको अपिल

पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विषम परिस्थितिलाई बुझेर एकाध बाहेक अधिकांश घरधनीले घरभाडा नमागेको प्रति धन्यवाद सहित आभार व्यक्त गर्दछौं, र आगामी दिनमापनि लकडाउनभरी र त्यसपछि पनि व्यवसाय सहज सञ्चालन नहुञ्जेलसम्म घरभाडा नमाग्न घरधनी ज्यूहरूलाई हार्दिक अपिल गर्दछौं ।’ घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो,विज्ञप्तीमा भनिएको छ,‘तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरू सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घरको भाडा, बिजुलीको महसुल, पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन ।’  

लकडाउन भरीको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ ।

लोकप्रिय
अर्को समाचार
फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो
०१ वैशाख २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो

गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।

बाहिरबाट किनेर ल्याएका तरकारी, फलफूल, दुसंक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट समेत नधोइपखाली घरभित्र लग्दैन्थे, डराउँथे। आफन्तसँग पनि दूरी कायम गर्थे। सकभर फोन वा सामाजिक सञ्जालबाटै भेटघाट, कुराकानी गर्थे।  

लकडाउनका कारण नयाँ वर्षमा न मेला लाग्यो न रमाइलो नै भयो। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सर्वसाधारण घरभित्रै खुम्चिए।  

नयाँ वर्ष ०७८ को सुरुवातसँगै कोरोनाको पुनःआगमन भएको छ। फरक यती हो कि पहिले जस्तो डर अहिले देखिदैन। पहिलेको कोराना भन्दा अहिलेको कोरोनाको संक्रमण दर र मृत्यु क्षमता बढी भएको स्वास्थ्य विज्ञहरु बताउँछन्।  

कोरोनाको पहिलो लहर जेठको दोस्रो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो। साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो। त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको छ।

पोहोरको वर्ष लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन। अहिले लकडाउन छैन। आवतजावत खुकुलो छ। हटिया, मेला, सभा, सिनेमा हल समान्य रुपमा चलेका छन्। स्वास्थ्य सावधानी र मापदण्ड पालना गर्नेको संख्या बढ्न सकेको छैन।  

पोहोर चीनको वुहानमा देखिएको कोरोना भाइरसले डराएको थियो भने अहिले ‘यूके भेरिएन्ट’ ले त्रसित बनाएको छ। पोहोर जस्तै संक्रमण फैलिए सरकारले फेरि लकडाउन गर्ला कि भन्ने सर्वसाधारणमा अर्को त्रास छ। कारण अघिल्लो लकडाउनमा धेरै मानिसको दैनिक जीवन कष्टकर बन्यो। रोजगार गुमाएर भोकभाकै बस्न बाध्य भए। किसानको उत्पादनले बजार नपाउँदै खेतमै फाल्न बाध्य भए। अन्ततः सर्वसाधारण लकडाउनको विरोधमा उत्रिन बाध्य बने।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख जनस्वास्थ्य विज्ञ कृष्ण यादव भन्छन्,‘मानिसले व्यवहारमा परिवर्तण नल्याएसम्म लकडाउन मात्र गरेर कोरोना संक्रमणबाट निदान पाउन सकिन्न। जीवनशैली बदल्नु पर्यो। स्वास्थ्य सुरक्षा मापदण्ड पालना मात्र गरिदिए पुग्छ। मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हात धुने कामलाई जीवनपद्धति बनाउन सके कोरोनमाथि विजय प्राप्त गर्न सकिन्छ।’

उनी भन्छन्,‘मैले मात्र मापदण्ड पूरा गरिदिएर भएन यो प्रत्येक नागरिकले पालना गरिदिनुपर्छ। आफ्नो, आफ्ना परिवारको र अन्ततः सामाजको जीवन सुरक्षाका लागि नाक मुख राम्ररी छोपिनेगरी मास्क लगाउन हामी किन गाह्रो मानिरहेका छौं? उनले भने,‘मोटरसाइकल चलाउँदा जसरी हामी हेलमेट लगाउँछौं, घर बाहिर निस्किँदा मास्क लगाउने बानी बसालौं। कुनै चिज छुँदा हातलाई साबुनपानीले धाऔं र भींड नगरौं। यती गर्न केही बिग्रिंदैन। नगरे आफ्नो र सबैको ज्यान खतरामा पार्छौं।’

माघदेखि प्रदेश २ मा सक्रिय संक्रमितको संख्या घट्दै गएपनि चैतदेखि बढ्दै गएको छ। अहिले प्रदेश २ का आठवटै जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा छ।

सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार यस प्रदेशमा सक्रिय संक्रमितको संख्या १९३ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित पर्सामा ११४ जना छन्। बारमा ३९, धनुषामा १९, सिरहामा ८, महोत्तरीमा ७, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा १ छन्। प्रदेश २ मा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहोर, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्र्याइँ भएको जस्वास्थ्य विज्ञहरु बताउँछन्। सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको अनुमान छ। 'सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो,' जिल्ला स्वास्थ्य प्रमुख यादवले भने। नयाँ वर्षको अवसरमा ठाउँ ठाउँमा लाग्ने मेला, उत्सवले झन संक्रमणको भयावह अवस्था निम्त्याउँछ।  

२४ घण्टामा तीनको मृत्यु

पछिल्लो २४ घण्टामा बारा र पर्साका तीन जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मङगलबार बिहान साढे ८ बजे मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उनी आइतबार उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएका थिए। पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। एक महिनाअघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए। उनी उतैबाट संक्रमित भएर आएको अनुमान गरिएको छ।

पर्साकै कालिकामाई गाउँपालिका–२ का ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो।  

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनी चैत २४ गते भारतको हैदरावादबाट घर फर्किएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चैत २६ गते उपचारका लागि वीरगन्जको एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो। 

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति १ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो। यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ। सबैभन्दा बढी पर्सामा ५३ जना, सप्तरीमा ४१ जना, सिरहामा २५ जना, धनुषामा २५ जना, बारामा २५ जना, महोत्तरीमा १८ जना, सर्लाहीमा १४ जना, रौतहटमा १० जना र एक जना भारतीय नागरिक छन्।

मंगलबार मात्र यस प्रदेशमा ५६ जना संक्रमित थपिएका छन्। जसमा ३८ जना पर्सामा, ७ जना सिरहामा, ४ जना बारामा, २ जना सप्तरीमा, ४ जना धनुषामा, १ जना महोत्तरीमा थपिएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस