ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष
२८ असार २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष

कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ । यसअघि आ–आफ्नै पालिकामा कोभिड–१९ विरुद्धको कोष खडा गरेका यहाँका स्थानीय तहले अब जिल्ला तहमा खडा भएको कोषमा जनही २–२ लाख रुपैयाँ जम्मा गर्ने सहमति गरेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आइतबारको बैठकले जिल्ला तहमा खडा हुने कोष सञ्चालनको मापदण्ड तयार गर्दै सबै स्थानीय तहलाई खातामा रकम जम्मा गरिदिन अनुरोध गर्ने निर्णय गरेको छ ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जिल्ला समन्वय समितिको सभाका क्रममा यहाँका सबै स्थानीय तहहरुले जिल्ला तहमा समेत कोभिड–१९ विरुद्धको खाता सञ्चालन गर्न उपयुक्त देखिएको भन्दै स्थानीय तहका तर्फबाट सो खातामा जनही २–२ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाए अनुसार आइतबार निर्णय भएको जानकारी दिए । प्रतिबद्धता अनुसार स्थानीय तहले जिल्ला तहमा गठित कोभिड–१९ विरुद्धको कोषमा रकम जम्मा गरेमा कोषमा १८ लाख रुपैयाँ जम्मा हुने छ ।  

यहाँ एक नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । जिल्ला तहको यो कोष कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिबाट सञ्चालन हुने छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अब सबै पालिकाका नागरिकहरुको पीसीआर र आरडिटी परीक्षण, जिल्ला तहमा निर्माण भएको होल्डिङ सेन्टर तथा क्वारेन्टिन व्यवस्थापनसहितका कार्य अब यहिँ कोषमार्फत सञ्चालन हुने जानकारी दिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक तथा जिसस प्रमुख मादेन र सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी निरौलाको संयुक्त दस्तखतबाट यो कोष खाता सञ्चालन हुने भएको छ । खाता व्यवस्थापन जिल्ला प्रशासन कार्यालयका लेखा प्रमुखले गर्ने भएका छन् । 

अहिले जिल्ला सदरमुकाममा रहेको होल्डिङ सेन्टर र क्वारेन्टिनमा भारतसहितका तेस्रो मुलुकबाट आएका नागरिक रहेका छन् । उनीहरुको पीसीआर परीक्षणका क्रममा स्वाब संकलन गर्न, परीक्षणका लागि पठाउन, होल्डिङ सेन्टर र क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापन गर्न जिल्ला तहमा यो तहको कोष थिएन । परीक्षणको प्रकृया र होल्डिङ सेन्टर क्वारेन्टिन व्यवस्थापनका लागि खडा भएको कोष लाभदायी हुने प्रजिअ निरौलाले बिश्वास लिए । उनले यो प्रकृयाले पीसीआर तथा आरडिटी परीक्षणको दाएरा निकै फराकिलो बन्ने दाबी गरे ।

यहाँका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाले ४ सय थान र अरु ८ वटा गाउँपालिकाले २–२ सय थान गरी जम्मा २ हजार थान स्वाब संकलन गर्ने भाईल स्टिक खरिद गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले दिएको १ हजार २ सय थान आरडिटी पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिसंग छ । 

खरिद गरिएका र प्राप्त भएका उपकरणमार्फत परीक्षणको दाहेरा ह्वात्तै बढाउने र होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन सहज बनाउन कोष लाभप्रद हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । कोष सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकबाट आएका प्रत्येक नागरिकलाई जिल्ला सदरमुकामको होल्डिङ सेन्टरमा केन्द्रिकृत गरी पीसीआर र आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै सम्बन्धित पालिकामा पठाउने तयारी भईरहेको प्रजिअ निरौलाले जानकारी दिए ।

लोकप्रिय
अर्को समाचार
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो
११ मंसिर २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।

व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।

शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस