ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ। प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को पक्षले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ। दुईपार्टी एक हुनु अघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो।
माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसंग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो। प्रदेश सांसद समेत रहेका नेकपा एमालेको जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहेकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए। साम्सोहाङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटीको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा र उपसचिवमा मंगलसिंह केदेम रहेका थिए।
नेकपा रहँदा ओली समूहले तोक्मे नजिक शान्ति टोलस्थित ग्लोबल आइएमई बैंक रहेको घरको तलमाथि पार्टी कार्यालय स्थापना गरेको थियो। अहिले ओली समूहले त्यहिँ नेकपा एमालेको बोर्ड राखेको छ। साम्सोहाङले भने नेकपा एमालेको पार्टी कार्यालय रहेकै ठाउँमा एमाले पार्टी कार्यालय स्थापना र सञ्चालन हुने बताए।
नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।
बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।
केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।